Sajhamanch Archive

चन्द्रगढी फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on चन्द्रगढी फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश.

भद्रपुर । ट्राइब्रेकरमा सुर्यनगर फुटबल क्लव भद्रपुरलाई पराजित गर्दै चन्द्रगढी फुटबल क्लब झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्धारा आयोजित खेलमा सुर्यनगरलाई ट्राइब्रेकरमा तीनको विरुद्ध चार गोल गर्दै चन्द्रगढी क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रपुर माविको खेल मैदानमा आज भएको […]

नेपाल श्रीलंकासँग स्तब्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल श्रीलंकासँग स्तब्ध.

काठमाडौं । १३औं साग अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा श्रीलंका यू-२३ सँग नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरमा ४ विकेट गुमाएर भेट्टायो । एक समय श्रीलंकालाई नियन्त्रणमा राख्न सफल नेपाल फिल्डिङमा चुक्दा हार्न पुर्‍यो । कप्तान ज्ञानेन्द्र मल्ल क्याच मिस हुनुलाई नेपालको खराब दिन […]

उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण.

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा कराते र तेक्वान्दोमा उत्कृष्ट प्रर्दशन गरेको नेपालले उसुमा पनि उत्कृष्ट सुरुवात गरेको छ । आज (मंगलबार) उसुतर्फको पहिलो प्रतिस्पर्धा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएकी छिन् । सुस्मिताले थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । यो […]

मेस्सीले छैटौंपटक जिते बालोन डी’ओर अवार्ड

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मेस्सीले छैटौंपटक जिते बालोन डी’ओर अवार्ड.

काठमाडौं । बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्। मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पारे। मेसीले यसअघि सन् २००९, १०, ११, १२ […]

भीमनगर फुटबल क्लब क्वाटरफाइनलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भीमनगर फुटबल क्लब क्वाटरफाइनलमा.

भद्रपुर । भीमनगर फुटबल क्लब भद्रपुर ट्राइब्रेकरमा संर्घषपूर्ण जित निकाल्दै झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ख्रिष्टमस २०१९ र नववर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित सोमबार भएको खेलमा राजगढ फुटबल क्लवलाई ट्राइब्रेकरमा ३ को विरुद्ध पाँच गोल गर्दै भीमनगर क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रपुर माविको खेल […]

१३ औं साग: चञ्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on १३ औं साग: चञ्चलाले दिलाइन् नेपाललाई पहिलो पदक.

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग० नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन्। उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन्। उनी पाकिस्तानकी साहिदासँग पराजित भइन्। उनले २४।६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५।२८ अंक हात पार्न सफल भइन्।

देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी.

नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद ९साग०मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो । यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । […]

दशरथ रंगशाला सञ्चालनमा, १३औं सागको भब्य उद्घाटन

Published: in खेलकुद by . Leave a Comment on दशरथ रंगशाला सञ्चालनमा, १३औं सागको भब्य उद्घाटन.

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरेकी हुन् । तीन घण्टाभन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर […]

सागको उद्घाटन आज

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on सागको उद्घाटन आज.

दक्षिण एसियाली खेलकुद ९साग०को उद्घाटन आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने उद्घाटन साँझ पाँच बजे हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं संस्करणको उद्घाटन गर्नेछिन । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् । तीन घण्टा २४ मिनेट लामो रहने उद्घाटन समारोहमा नेपालको हिमाल, […]

मेची रङ्गशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने

Published: in खेलकुद by . Leave a Comment on मेची रङ्गशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने.

भद्रपुर। झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । भद्रपुर १० स्थित आदर्श क्रिकेट एकाडेमीले जिल्लामा छरिएर रहेका क्रिकेट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उद्देश्य राखेर यही मङ्सिर १८ गतेदेखि २४ गतेसम्म जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता गर्न लागेका हुन । एकेडेमीले बिहीबार चन्द्रगढीको दैलो थकाली किचनमा आयोजना गरेको पत्रकार […]