Sajhamanch Archive

भारतविरुद्ध ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजका लागि बंगालदेशको टोली घोषणा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भारतविरुद्ध ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजका लागि बंगालदेशको टोली घोषणा.

भारतविरुद्ध हुने तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजका लागि बंगालदेशको टिम घोषणा गरिएको छ । लेफ्ट आर्म स्पिनर अराफात सनी र तीव्र गतिका बलर अल अमीनलाई टिममा बोलाइएको छ ।यस्तै रुबेल हुसेनलाई भने टिममा राखिएको छैन् । ट्वेन्टी ट्वेन्टीमा शाकिब अल हसनले कप्तानी गर्नेछन् । बंगलादेश टिमका मुख्य चयनकर्ता मिन्हाजुल अबेदीनले अल अमीन अहिले उत्कृष्ट […]

क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न आईसीसीको टोली नेपाल आउने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न आईसीसीको टोली नेपाल आउने.

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली नोभेम्बर पहिलो साता काठमाडौं आउने भएको छ । क्यानको निलम्बन प्रक्रिया सुरु भएको बेला हुन लागेको आईसीसी टोलीको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । निलम्बन फिर्ताको औपचारिक प्रक्रिया टुंग्याउन क्यानले आग्रह गरेपछि आईसीसीको टोली नेपाल आउन लागेको हो । […]

यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध.

काठमाडौं । टी-२० विश्वकप छनोटको मुखैमा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडीहरु अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् । आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो । २०२० मा अष्ट्रेलियामा […]

नेपाल जोर्डनसँग पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल जोर्डनसँग पराजित.

काठमाडौं । सन् २०२२ कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भयो । घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक–एक गोल गरे। जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले […]

दर्शक, विदेशी पत्रकार, प्रत्यक्ष प्रशारण र गाेल नभएकाे गाेप्य खेल

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on दर्शक, विदेशी पत्रकार, प्रत्यक्ष प्रशारण र गाेल नभएकाे गाेप्य खेल.

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत मंगलबार २ देशबीच खेल भयो । तर यो खेल कुन समयमा भयो, कसरी भयो त्यो कसैलाई थाहा भएन, यो खेलको न त प्रत्यक्ष प्रशारण थियो, नत विदेशी पत्रकार नै उपस्थित थिए, अझ भनौँ मैदानमा एक जना पनि दर्शक उपस्थित थिएनन् । यो खेल हो दक्षिण कोरिया […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा.

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन्। ुमैले क्रिकेटको कप्तान […]

नेपालले आज जोर्डनसँग खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपालले आज जोर्डनसँग खेल्दै.

काठमडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल सुरु हुनेछ । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा रोक्ने लक्ष्यमा […]

सन्दीपको टोली बार्बाडोजले हात पार्‍यो सीपीएल उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सन्दीपको टोली बार्बाडोजले हात पार्‍यो सीपीएल उपाधि.

ट्रिनिड्राड । क्याराबिन प्रिमियर लिग (सीपीएल) को यस सिजनको उपाधि नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले हात पारेको छ । शनिबार राति (नेपाली समय आइतबार बिहान) भएको खेलमा बार्बाडोजले गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै उपाधि हात पारेको हो । ट्रिनिड्राडको ब्रेन लारा रंगशालामा भएको खेलमा बार्बाडोजले टस टस जितेर पहिले ब्याटिङ […]

चेक रिपब्लिकले हरायो इङ्ल्याण्डलाई, रोनाल्डोले पुर्‍याए ७ सय गोल

Published: in खेलकुद by . Leave a Comment on चेक रिपब्लिकले हरायो इङ्ल्याण्डलाई, रोनाल्डोले पुर्‍याए ७ सय गोल.

काठमाडौं । युरोकप फुटबल छनोटको खेलमा चेक रिपब्लिकले इङल्याण्डलाई २–१ गोलले हराएको छ । शुक्रबार राति चेक रिपब्लिकमा भएको समूह ‘ए’ को खेलमा घरेलु टोलीलाई विजयी गराउन ज्याकोब ब्राबेक र जेनेक ओन्द्रासेकले एक–एक गोल गरे । इङल्यान्डका ह्यारी केनले खेलको पाँचौं मिनेटमै पेनाल्टीमार्फत् पहिलो गोल गरे पनि अग्रता जोगाउन नसक्दा टोलीले युरोकप छनोटमा पहिलो हारको […]

सान मारिनोको पोष्टमा बेल्जियमको नौ गोल, युरोकपमा छनौट

Published: in खेलकुद by . Leave a Comment on सान मारिनोको पोष्टमा बेल्जियमको नौ गोल, युरोकपमा छनौट.

काठमाडौं  । सान मारिनोको पोष्टमा नौं गोल गर्दै बेल्जियम अर्को वर्ष हुने युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ९–० को विशाल गोल अन्तरमा पराजित गरेको छ । जितसँगै समूह ‘आई’ मा रहेको बेल्जियमले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको रुसको १८ अंक […]