Sajhamanch Archive

नादेज्दा कप फुटबल : नेपाल घरेलु टोली किर्गिस्तानसँग खेल्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नादेज्दा कप फुटबल : नेपाल घरेलु टोली किर्गिस्तानसँग खेल्दै.

१३ औँ दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा नादेज्दा कप फुटबलका लागि किर्गिस्तान पुगेको नेपाली महिला राष्ट्रिय टोलीले आइतबार उद्घाटन खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । किर्गिस्तानको काराकोलस्थित रंगशालामा नेपाल र किर्गिस्तानको खेल दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको किर्गिस्तान वरीयताविहीन छ । तर १०१ औं वरीयतामा रहेको नेपालमाथि […]

२० करोड लगानीमा दुई रंगशाला बन्दै

Published: in अर्थतन्त्र, खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on २० करोड लगानीमा दुई रंगशाला बन्दै.

सिन्धुली । सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका […]

असोज ११ देखि झापामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on असोज ११ देखि झापामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप.

बिर्तामोड । झापाको बिर्तामोडमा आगामी असोज ११ गतेदेखि हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । बिर्तामोडको जायोन स्पोर्टस क्लवको आयोजनामा बिर्ताबजारस्थित डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ । बडादशैंको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिएका छन् […]

नेपालको पोष्टमा कुवेतको सात गोल

Published: in खेलकुद by . Leave a Comment on नेपालको पोष्टमा कुवेतको सात गोल.

विश्वकप समुहचरणको छनोट खेलमा नेपाल कुवेतसँग फराकिलो अन्तरले पराजित भएको छ । सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको हो । कुवेतसँग कमजोर देखिएको नेपालले पहिलो १५ मिनेट भित्र दुई गोल खाएको थियो । नेपालमाथि सानदार जित निकालेको कुवेतकालागि युसुफ नासेरले दुई र फेद अल […]

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तिव्र

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तिव्र.

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । बिर्तामोडको जायोन स्पोर्टस् क्लवको आयोजनामा आगामी असोज ११ गते बाट १८ गतेसम्म डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ । विजयादशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त […]

विश्वकप फुटबलको छनौट : आज कुवेतलाई रोक्ने नेपालको यस्तो छ रणनीति

Published: in खेलकुद by . Leave a Comment on विश्वकप फुटबलको छनौट : आज कुवेतलाई रोक्ने नेपालको यस्तो छ रणनीति.

काठमाडौं । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिष्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार आज राति पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दै छ । फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिष्पर्धा गर्न लागेको हो । पहिलो […]

कतारमा हुने आगामी फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on कतारमा हुने आगामी फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक.

एजेन्सी । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ । कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो । कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक […]

नेपाली महिला फुटबल टिमलाई विदाई

Published: in खेलकुद by . Leave a Comment on नेपाली महिला फुटबल टिमलाई विदाई.

काठमाडौं । कीर्गिस्तानमा हुने नदेजहदा कप खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज  महिला टिमलाई विदाई गरेको हो । प्रतियोगितामा आयोजक कीर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान छन् । भदौ २० देखि २७ गतेसम्म हुने प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ । […]

फेडेरर यूएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिए

Published: in खेलकुद by . Leave a Comment on फेडेरर यूएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिए.

स्विस खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् । बुधबार बिहान भएको खेलमा फेडरर ग्रिगोर डिमित्रोभसँग ३–२ को सेटमा पराजित भए । न्युयोर्कमा भएको निकै प्रतिस्पर्धात्मक सेटमा फेडेरर पाँच सेटमा पराजित भए । त्यसो त फेडररले २ पटकको अग्रता जोगाउन सकेन । फेडेरर ६–३, ४–६ र ६–३ को सेटमा पराजित भए । पहिलो […]

वेष्ट इन्डिजविरुद्धको टेष्ट भारतद्वारा क्लिनस्विप

Published: in खेलकुद by . Leave a Comment on वेष्ट इन्डिजविरुद्धको टेष्ट भारतद्वारा क्लिनस्विप.

एजेन्सी । भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला क्लिनस्विप गरेको छ । सोमबार राति सम्पन्न दोस्रो टेष्ट क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गरेसँगै सिरिज क्लिनस्विप गरेको हो । ४६८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले आफ्नो दोस्रो पारीमा २१० रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले सहज जित निकालेको […]