Sajhamanch Archive

शिवसताक्षीले उचाल्यो प्रदेश स्तरीय उपमेयर कपको उपाधि

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षीले उचाल्यो प्रदेश स्तरीय उपमेयर कपको उपाधि.

शिवसताक्षी । शिवसताक्षीमा जारी प्रदेश नं. १ स्तरीय उपमेयर कपको उपाधि शिवसताक्षी महिला फुटबल क्लब शिवसताक्षीले उचालेको छ । पारिजात महिला फुटबल क्लब अर्जुनधारालाई सडन डेथमा हराउँदै शिवसताक्षी महिला फुटबलले उपाधि उचाल्न सफल भएको हो । प्रतियोगितामा २÷२ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धेकेल्लिएको थियो । तर टा«इाबेकर पनि ३÷३ गोल बराबरी भएपछि अन्तिम निर्णयका […]

वेष्ट इन्डिजविरुद्धको तीन टी–२० क्रिकेट सिरीज भारतद्वारा क्लिन स्विप

Published: in खेलकुद by . Leave a Comment on वेष्ट इन्डिजविरुद्धको तीन टी–२० क्रिकेट सिरीज भारतद्वारा क्लिन स्विप.

वेष्ट इन्डिज विरुद्धको तीन टी–२० क्रिकेट खेलको सिरीज भारतले क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारत सात विकेटले विजयी भयो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । खराब सुरुवात गरेको वेष्ट इन्डिजले चार रनमा नै पहिलो विकेट […]

पारिजात महिला फुटबल क्लब उपमेयर कपको फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पारिजात महिला फुटबल क्लब उपमेयर कपको फाइनलमा प्रवेश.

शिवसताक्षी । शिवसताक्षीमा जारी प्रदेश नं. १ स्तरीय उपमेयर कप नकाउट फुटबल प्रतियोगितामा पारिजात महिला फुटबल क्लब अर्जुनधारा फाइनलमा प्रवेश गरेको छ । सुरुङ्गा फुटबल क्लब कनकाईलाई ३ –० गोल अन्तरले हराउँदै पारिजात महिला फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । पारिजातको तर्फबाट जर्सी नं. १५ की सुस्मिता लेप्चाले हेट्रिक गरेकी थिइन् । उनले खेलको […]

वेष्टइण्डिजविरुद्धको टी–२०सिरिज क्लिन स्वीप गर्ने दाउमा भारत

Published: in खेलकुद by . Leave a Comment on वेष्टइण्डिजविरुद्धको टी–२०सिरिज क्लिन स्वीप गर्ने दाउमा भारत.

भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० आज हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने खेलमा भारत तेस्रो टी–२० जित्दै सिरिज क्लिन स्वीप गर्ने अभियानमा हुने छ । विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो खेल ४ विकेट तथा दोस्रो खेल डीएल मेथड अनुसार २२ रनले जितेको थियो । भारतले अहिलेसम्म विदेशी […]

प्रदेश नं. १ स्तरीय उपमेयर कपको फाइलनमा पुग्यो सतासीधाम स्पोर्टिङ्ग क्लब

Published: in खेलकुद by . Leave a Comment on प्रदेश नं. १ स्तरीय उपमेयर कपको फाइलनमा पुग्यो सतासीधाम स्पोर्टिङ्ग क्लब.

शिवसताक्षी । शिवसताक्षीमा जारी प्रदेश नं. १ स्तरीय उपमेयर कप नकाउट फुटबल प्रतियोगितामा सतासीधाम स्पोर्टिङ्ग क्लब झिलझिले फाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा जमुना आलेमगरले खेलको ३७ औं मिनेटमा लगाएको गोल निर्णायक बनिदिदा सतासी स्पोर्टिङ्ग क्लबले फाइनलको यात्रा तय गरेको हो । जायन महिला क्लब विर्तामोडलाई १– ० ले हराउँदै सतासीधामले आफ्नो स्थान सुरक्षित […]

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण

Published: in खेलकुद by . Leave a Comment on मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण.

बारा । मलेसियाको राजधानी क्वालम्पुर सम्पन्न इन्टरनेशनल तेक्वान्दो च्याम्पियन प्रतियोगितामा नेपालले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक प्राप्त गरेको छ। क्वालम्पुरको जुएरा मैदानमा साउन १७ देखि सुरु भएको प्रतियोगिताअन्तर्गत गिरोगीतर्फ रीमा खत्री (३६ केजी)ले स्वर्ण पदक हात पारिन्। त्यस्तै, आयुष ढुङ्गेल (३८ केजी)ले गिरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ रजत प्राप्त गरेका छन्। हेमकला जिरेल […]

मेचीनगरमा ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताः १२ वटा जेसीजलाई पछाडी पार्दै चारआली जेसीज प्रथम

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on मेचीनगरमा ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताः १२ वटा जेसीजलाई पछाडी पार्दै चारआली जेसीज प्रथम.

मेचीनगर । मेचीनगरमा शनिबार पहिलो पटक सम्पन्न ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताको उपाधि चारआली जेसीजले जितेको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै यसलाई सफल रुप सम्पन्न गर्ने उद्देश्यले झापाको मेचीनगर —११ स्थित कालिका सामुदायिक बन क्षेत्रमा रहेको कालिका सिमसारमा आयोजित ‘अन्तर जेसीज बोट रेस’प्रतियोगितामा सहभागि दुई लेडी जेसीजसहित १२ […]

शिवसताक्षीमा जारी उपमेयर कपः जोयन स्पोर्टिङ्ग क्लब विर्तामोड र सुरुङ्गा फुटबल क्लब कनकाई सेमीफाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा जारी उपमेयर कपः जोयन स्पोर्टिङ्ग क्लब विर्तामोड र सुरुङ्गा फुटबल क्लब कनकाई सेमीफाइनलमा प्रवेश.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेश नं. १ स्तरीय उपमयेर कप महिला फुटबल प्रतियोगिताको शनिबारको खेलमा जोयन स्पोर्टिङ्ग क्लब विर्तामोड सेमी फाइनमा प्रवेश गरेको छ । रोयल क्लब दमकलाई २–० ले हराउँदै जोयन क्लब विर्तामोड सेमी फाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हापको १५ औं मिनेटमा जोयन क्लबको तर्फबाट जर्सी नं. १० की इमा […]

भारत र वेस्ट इण्डिजबीचको पहिलो टी-२० आज

Published: in खेलकुद by . Leave a Comment on भारत र वेस्ट इण्डिजबीचको पहिलो टी-२० आज.

भारत र वेस्ट इण्डिजबीचको पहिलो टी-२० आज हुँदैछ । विश्वकपपछिको पहिलो सिरिज खेल्न लागेका भारत र वेस्ट इण्डिजबीचको टी-२० राति सवा ८ बजेपछि सुरु हुनेछ । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा आज शिखर धवनले पुनरागमन गर्ने भएका छन् । विश्वकपमा घाइते भएपछि बीचमै प्रतियोगिता छोडेका धवनले यो सिरिजबाट कमब्याक गर्न लागेका हुन् । यसैगरी […]

मेस्सीमाथि तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मेस्सीमाथि तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध.

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए । फलस्वरुप उनी तीन महिनाको प्रतिबन्धमा परेका हुन् । दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ । तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले […]