Sajhamanch Archive

उपमेयर कप नकाउट फुटबल प्रतियोगिताः रोयल फुटबल क्लब र सुरुङ्गा फुटबल क्लब विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on उपमेयर कप नकाउट फुटबल प्रतियोगिताः रोयल फुटबल क्लब र सुरुङ्गा फुटबल क्लब विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेश स्तरीय उपमेयर कपको शुक्रबारको खेलमा रोयल फुटबल क्लब दमक क्वाटर फाइनलमा प्रवेश गरेको छ। झापा महिला फुटबल क्लबलाई २–० ले पछि पार्दै रोयल क्लब दमक क्वाटर फाइनलमा प्रवेश गरेको हो । रोयल क्लबका तर्फबाट मञ्जु राई र सपना मगरले १÷१ गोल गरेका थिए । म्यान अफ दी म्याच रोयल […]

पारिजातलाई वाकओभर, सेमीफाइलनमा आफ्नो स्थान सुरक्षित

Published: in खेलकुद by . Leave a Comment on पारिजातलाई वाकओभर, सेमीफाइलनमा आफ्नो स्थान सुरक्षित.

झापा । शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगितामा विहीबार पारिजात महिला फुटबल क्लब अर्जुनधाराले वाकओभर पाएको छ । वाकओभरसँगै पारिजातले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिहीबार हुने भनिएको मोरङको उर्लाबारीको टिम अनुपस्थित भएपछि पारिजातले वाकओभर पाएको हो । वाकओभर पाएपछि पारिजातले शिवसताक्षी महिला फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । […]

मेचीनगरमा पहिलो पटक ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिता हुने

Published: in खेलकुद by . Leave a Comment on मेचीनगरमा पहिलो पटक ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिता हुने.

मेचीनगर । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै यसलाई सफल रुप सम्पन्न गर्न झापाको मेचीनगरमा पहिलो पटक ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिता हुने भएको छ । यसलाई आयोजकले १ नम्बर प्रदेशकै पहिलो प्रतियोगिता हुने दावी गरेको छ । आयोजक धुलावारी जेसीजले विहीबार धुलावारीमा पत्रकार सम्मेलन गरी शनिबार हुने प्रतियोगिताको तयारी पुरा […]

बंगलादेशविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाद्वारा क्लिनस्वीप

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाद्वारा क्लिनस्वीप.

एजेन्सी । बंगलादेशविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले क्लिनस्वीप गरेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा श्रीलंका १२२ रनले विजयी भएसँगै ३–० ले सिरिज जितेको हो । घरेलु टोली श्रीलंकाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले सर्वाधिक ८७ रन […]

प्रथम शिवसताक्षी उपमेयर कपको उद्घाटन खेलमा झापाको विजयी सुरुवात

Published: in खेलकुद by . Leave a Comment on प्रथम शिवसताक्षी उपमेयर कपको उद्घाटन खेलमा झापाको विजयी सुरुवात.

शिवसताक्षी । झापाको शिवसताक्षीमा बुधबारदेखि सुरु भएको प्रदेश नम्बर १ प्रथम शिवसताक्षी उप मेयर कप महिला फुटबल खेलको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ्ग क्लव झापाले जीत हात पारेको छ । झापाले  इलामको  चुलाचुली महिला फुटबल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै जीत हात पारको हो । जीतका लागि मिना राईले २ गोल गरेकी थिइन् भने मुना […]

बलात्कार आरोपमा नेयमारले पाए छुटकारा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कार आरोपमा नेयमारले पाए छुटकारा.

एजेन्सी । ब्राजिलियन फुटबलर नेयमारको बलात्कारको आरोपमाथि अनुसन्धान गरिरहेको प्रहरीले फाइल बन्द गरेको छ । साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावका कारण मद्धा अघि बढाउन नसक्ने जानकारी दिएको हो । ब्राजिलियन मोडल नाइला ट्रिनडाडेले पेरिसको एक होटलमा आफूमाथि आक्रमण गरेको भन्ने आरोप लगाएपछि अनुसन्धान सुरु गरिएको थियो । नेयमारमाथि यो गएको मे महिनामा बलात्कारको आरोप […]

शिवसताक्षीमा उपमेयर महिला फुटबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा उपमेयर महिला फुटबल प्रतियोगिता हुने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रदेश नं. १ स्तरीय उपमेर कप हुने भएको छ । शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेश स्तरीय नकाउट महिला फुटबल प्रतियोगिता हुने भएको हो । यही श्रावण १५ गतेदेखि २२ गतेसम्म हुने नकाउट फुटबल प्रतियोगितामा प्रदेश नंं १ का १० टिमले सहभागिता जनाउने खेलकुद विकास समितिमा अध्यक्ष फूर्वा लामाले जानकारी […]

बंगलादेशविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई.

काठमाडौं । श्रीलंकाले बंगलादेशविरुद्ध घरेलु मैदानमा खेलिरहेको अन्तरराष्ट्रिय तीन एकदिवसीय सिरिज कब्जा गरेको छ । साढे तीन वर्ष अर्थात् ४४ महिनाको लामो प्रतीक्षापछि श्रीलंकाले आफ्नै मैदानमा एकदिवसीय सिरिज जितेको हो । आइतबार बंगलादेशमाथि श्रीलंकाले ७ विकेटको जित दर्ता गर्यो । जितसँगै श्रीलंकाले तीन एकदिवसीय सिरिजमा २–० को अग्रता बनाउँदै जित निश्चित गरेको हो । कोलम्बोस्थित […]

क्रिकेट रंंगशाला निर्माणका लागि रकम उठ्ने क्रम जारी

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट रंंगशाला निर्माणका लागि रकम उठ्ने क्रम जारी.

चितवन । चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले तीव्रता पाएको छ । आइतवार मात्रै जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् । भरतपुर महानगरपालिका नगर कार्यपालिकाका सदस्यहरुको एक महिनाको तलव र कर्मचारीहरुको तीन दिनको पारिश्रमिक गरी जम्मा भएको ५० लाख रकमको चेक […]

नेपालको विश्वकप यात्रा टुंगियो

Published: in खेलकुद by . Leave a Comment on नेपालको विश्वकप यात्रा टुंगियो.

काठमाडौं । आईसीसी टीट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग नमिठो पराजय भोगेको छ । आइतवार सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो । हारसँगै नेपालको विश्वकप यात्रा टुंगिएको छ । प्रतियोगिताको विजेताले आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी(ट्वान्टी विश्वकप खेल्न पाउनेछ । […]