Sajhamanch Archive

मेची भन्सार कार्यालयले राजस्व संकलनमा बार्षिक लक्ष्य पुरा गर्न सकेन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सार कार्यालयले राजस्व संकलनमा बार्षिक लक्ष्य पुरा गर्न सकेन.

मेचीनगर । अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ मा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा १५ प्रतिशत कम राजस्व असुली गरेको छ । भन्सार अधिकारीहरुका अनुसार लक्षित राजस्व संकलन नहुनुको मुख्यः कारण भारतको कोलकत्ताबाट यो नाकाहँुदैं भित्रने कोइला, क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेय पदार्थमा […]

‘खेलकुदमा नपत्याएको नेतृत्वले काम गरेर देखायो’

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘खेलकुदमा नपत्याएको नेतृत्वले काम गरेर देखायो’.

बिर्तामोड । झापा जिल्ला खेलकुद विकास समितिले आजदेखि बिर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु गरेको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले सोको जानकारी गराउन तथा काता र कुमुतेजस्ता प्राविधिक प्रदर्शनीहरुलाई समयानुकूल बनाउन टेक्निकल सेमिनार गरिएको उपाध्यक्ष प्रशान्त भण्डारीले बताएका छन् । आज साउन ३ गतेदेखि ५ गतेसम्म सञ्चालित समर क्याम्पमा ब्राउन बेल्ट […]

विश्वकपमा हारेपछि विराट र रोहितको छुट्टी रद्द, वेस्ट इन्डीज जाने

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वकपमा हारेपछि विराट र रोहितको छुट्टी रद्द, वेस्ट इन्डीज जाने.

काठमाडौं । आईसीसी विश्वकपको सेमीफाइनलबाट भारत बाहिरिएपछि वेस्ट इन्डीज भ्रमणमा धेरै खेलाडीलाई आराम दिइने कुरा उठेको थियो ।तर अहिले आरामका लागि छुट्टी नदिइने कुरा आएको छ । कप्तान विराट कोहली तथा अन्य खेलाडी आफैंले शृंखलामा उपलब्ध हुने संकेत दिएका छन् । विकेटकीपर महेन्द्र सिंह धोनीलाई चाहिँ अबको दुई महिना आराम दिइनेछ । हार्दिक पाण्ड्या चाहिँ […]

मुख्यमन्त्री कप लिग प्रतियोगिताको च्याम्पियन टिमलाई सम्मान

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मुख्यमन्त्री कप लिग प्रतियोगिताको च्याम्पियन टिमलाई सम्मान.

बिर्तामोड । मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको सैनिक युथ क्लबका खेलाडीलाई बिर्तामोड नगरपालिका वडा नं. १० ले सम्मान गरेको छ । उपाधिसँगै सैनिक युथ क्बलले पाँच लाख रुपैयाँ नगद र शिल्ड प्राप्त गरेको थियो । वडा कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच फुटबलको क्षेत्रमा प्रदेश नं. १ कै उत्कृष्ट भएर उपाधि […]

झापाको सैनिक बन्यो मुख्यमन्त्री कप च्याम्पियन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापाको सैनिक बन्यो मुख्यमन्त्री कप च्याम्पियन.

धरान । सैनिक युथ क्लब, झापा मंगलबार सम्पन्न मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको विजेता बनेको छ । उपाधि जित्ने क्रममा झापाले फाइनलमा बेलबारी एफसी, मोरङलाई २-१ ले हरायो । सैनिक युथ क्लब झापाका रेजिन माझीले खेल सुरु भएको १ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलमा पछि परेका बेलबारी एफसी […]

पहिलो हाफमा झापालाई १ गोलको अग्रता

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on पहिलो हाफमा झापालाई १ गोलको अग्रता.

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ सकिँदा सैनिक युथ क्लब झापाले अग्रता लिएको छ । विपक्षी बेलबारी एफसी मोरङविरुद्ध झापाले १–० गोलले अग्रता लिएको हो । झापाका लागि रेजिन माझीले खेलको २ मिनेटमै गोल गरेर अग्रता दिलाएका हुन् । फाइनल विजेता टिमले नगद ५ लाख पाउनेछ । […]

स्टार फुटबल खेलाडीहरूको बुढ्यौली अवतार

Published: in खेलकुद, विविधा by . Leave a Comment on स्टार फुटबल खेलाडीहरूको बुढ्यौली अवतार.

एजेन्सी । पछिल्लो समय अनुहारलाई खुम्च्याएर बुढ्यौली अवतार देखाउने एप्सले चर्चा पाएको छ । तस्बिरलाई साँच्चै नै बुढो जस्तो देखाउने ‘फेसएप’मार्फत् फोटो सम्पादन गर्ने कार्यले चर्चा पाएको हो । जुन, अहिले भाइरल बनिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि केही फुटबल खेलाडीका तस्बिरहरूलाई बुढ्यौलीमा कस्ता देखिँदा रहेछन् भने सार्वजनिक गरिरहेका छन् । हामीले अहिले देख्दै आएका चर्चित […]

इंग्ल्याण्ड र न्यूजिल्याण्डमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on इंग्ल्याण्ड र न्यूजिल्याण्डमा कसले मार्ला बाजी.

लण्डन । आईसीसी एकदिवशीय विश्वकपको उपाधिका लागि आयोजक इंग्ल्याण्ड र पछिल्लो संस्करणको उपविजेता न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप फाइनल क्रिकेटको घर भनेर चिनिने लन्डनको लर्डस् मैदानमा नेपाली समयअनुसार दिउँसोको सवा ३ बजेदेखि सुरु हुनेछ । २७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ । फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन […]

मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज.

दोस्रो टी – २० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए […]

रोमाञ्चक खेलमा नेपालद्वारा मलेसिया ६ रनले पराजित

Published: in खेलकुद by . Leave a Comment on रोमाञ्चक खेलमा नेपालद्वारा मलेसिया ६ रनले पराजित.

काठमाडौं । ब्याट्सम्यानहरूको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मलेशियाविरुद्ध भएको अन्तर्राष्ट्रिय टी-२० शृङ्खला छ रनले जितेको छ। मलेशियाको किनरारा मैदानमा पहिलो ब्याटिङ गर्दै नेपालले १७३ रनको लक्ष्य आयोजक टोलीलाई दिएको थियो। तर मलेसिया १६७ रनमै समेटिन पुग्यो। यो जितसँगै नेपालले मलेसियाविरुद्ध खेलिएका दुवै टी २० खेल जित्दै शृङ्खला क्लीन स्वीप गर्ने इतिहास पनि रचेको छ। शनिवार […]