काठमाडौं । मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो । पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको […]
काठमाडौं । ब्राजिल र मेक्सिको विश्वकपमा पहिलो पटक सन् १९५० मा भेट भएका थिए। त्यो खेलमा ब्राजिलले मेक्सिकोलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि ब्राजिल र मेक्सिकोको भेट चार वर्षपछि अर्थात् सन् १९५४ मा भयो। त्यसमा पनि ब्राजिल ५–० गोल अन्तरले नै विजय भएकाे थियाे। सन् १९६२ को विश्वकपमा पनि ब्राजिलले नै२–० ले नै […]
स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले बचाएका थिए । रुस र स्पेनबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा रुसले स्पेनलाई स्तब्ध पारेको छ। रुसका किपरले स्पेनका दुई पेनाल्टी रोकेका थिए। खेल अतिरिक्त समयमा पनि गोल […]
उरुग्वेले नकआउट चरणमा पोर्चुगललाई पराजित गरेको छ। उरुग्वेले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गरेको हो। उरुग्वेका लागि दुवै गोल काभानीले गरेका हुन्। खेलको म्यान अफ द म्याच काभानीले खेलको सातौँ मिनेटमा गोल गरेका थिए। उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरे। पोर्चुगलका लागि पेपेले गोल गरेका थिए। उनले ५५ओँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका […]
विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको छ। २–१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ। फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले […]
सधैंभरि राजनीतिक खेलमैदानमा दौड्ने नेपालका नेताहरूलाई पनि विश्वकपको ज्वरोले छोएको छ । राजनीतिक भेटघाटदेखि राज्यको नीति बनाउने तथा संसद्मा जनताका कुरा उठाउनसम्म समय दिनुपर्ने बाध्यता पनि छ । व्यस्त दैनिकीबाट समय निकालेर विश्वकपका कुनै न कुनै खेल हेर्ने फुर्सद निकालेकै छन् नेपाली नेताहरूले । अधिकांश नेताले बाल्यकालमा फुटबल खेलेको बताए पनि राजनीतिमा लागेपछि राजनैतिक खेलले […]
काठमाडौँ । सन् २०१४ को विश्वकप फुटबलको फाइनल, सन् २०१५ र ०१६ मा कोपा अमेरिकाको फाइनल । यसरी पछिल्ला ४ वर्ष अर्जेन्टिनाले तीनवटा फाइनल खेल्यो । उपाधि जित्न नसकेपनि यस्तो दुर्लभ प्रदर्शनलाई राम्रै मान्नुपर्छ । फेरि सबै फाइनलमा अर्जेन्टिनाले अत्यन्तै प्रतिस्पर्धात्मक खेल देखाएको थियो । त्यसैले अर्जेन्टिनी टोलीमा खास परिवर्तन भएन । सन् २०१० को […]
काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सकिएका छन्। ३२ देश छनोट भएर रुस पुगेका थिए जसलाई फिफाले ८ समूहमा विभाजन गरेको थियो। प्रत्येक समूहबाट दुई-दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन्। यसपालीको विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी भने अर्को चरणका लागि छनोट हुन सकेन। ग्रुप एफमा रहेको जर्मनी समूह […]
काठमाडौं । विश्वकप फुटबल २०१८ को समूह एचबाट नकआउट चरणमा जाने दुई देशको टुंगो लागेको छ। समूह एचको अन्तिम खेलमा विजय हाँसिल गर्दै कोलम्बिया र अन्तिम खेलमा पराजित भएर पनि जापान नकआउट चरणमा प्रवेश गरेका छन्। कोलम्बिया समूह विजेता र जापान उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेका हुन्। बिहीबार भएको खेलमा कोलम्बियाले सेनेगललाई शून्यका विरुद्ध […]
सेन्ट पिटर्सबर्ग । निकै राहत महसुस गरिरहेका लियोनल मेसीले मंगलबार नाइजेरियासँग त्यो स्थिति भोग्नुपर्ने आस नगरेको बताएका छन् । तर आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा सधैं विश्वस्त रहेका थिए । समूह ‘डी’ बाट क्रोएसियाभन्दा मुनि उपविजेता बनेर नकआउट चरण पुग्नेक्रममा दक्षिण अमेरिकी टोलीले नाइजेरियामाथि २–१ को सनसनीपूर्ण जित हात पार्दा […]