Sajhamanch Archive

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक.

काठमाडौं । प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२०२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।

स्वदेश फर्कियो राष्ट्रिय फुटबल टोली

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on स्वदेश फर्कियो राष्ट्रिय फुटबल टोली.

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलहरु सकाएर नेपाली टोली स्वदेश फर्किएको छ । छनोटबाट बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेतमा नै बसेका छन् । उनले केही समयको विदा मागेर कुवेत […]

भारतीय कम्पनीसँग क्यानलाई नै असर पर्ने सम्झौता

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भारतीय कम्पनीसँग क्यानलाई नै असर पर्ने सम्झौता.

काठमाडौं । नेपाली क्रिकेटमा ठूलो कम्पनीको लगानी भित्रिनु खुसीको कुरा हो । तर, लगानीकर्तालाई नै सम्पूर्ण क्रिकेटको जिम्मेवारी दिँदा यसले कुन किसिमको सन्देश जान्छ भन्ने हो । यतिबेला नेपाली क्रिकेट भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स प्रा।लि।’ को हातमा भएको जनाउँछ । क्यानले एसथ्रीलाई सम्पूर्ण कमर्सियल राइट्स बेचेको छ । क्यानले नेपाल टी–ट्वान्टी लिगको घोषणासभामा एसथ्रीलाई […]

विश्वकप फुटबल २०२२ः कुन समूहमा कुन टिम

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकप फुटबल २०२२ः कुन समूहमा कुन टिम.

काठमाडौं । सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यतिबेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यसपटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकाले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै देशमो टुंगो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा […]

अर्जुनधारामा खेल मैदान निर्माणः प्रक्रिया विपरित बजेट निकासा

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, समाज by . Leave a Comment on अर्जुनधारामा खेल मैदान निर्माणः प्रक्रिया विपरित बजेट निकासा.

झापा । अर्जुनधारा नगरपालिका–७ मा समाज उद्धार कल्याण संघको स्वामित्वमा रहेको जमिनमा प्रक्रियाभन्दा बाहिर रहेर सङ्घीय सरकार तथा स्थानीय सरकारले लगानी गरेको खुलेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट एक स्थानीय तह एक खेल ग्राम नीति अन्तर्गत रहेर खेलकुद स्टेडियम निर्माणका लागि सरकारले नै प्रक्रियाभन्दा बाहिर गएर करोडभन्दा बढी रकम लगानी गरेको हो […]

अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयीः श्रृङ्खला अस्ट्रेलियालाई

Published: in खेलकुद by . Leave a Comment on अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयीः श्रृङ्खला अस्ट्रेलियालाई.

काठमाण्डौ । अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हरायो । जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहे । पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन […]

संगम फुटबल क्लब फाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on संगम फुटबल क्लब फाइनलमा प्रवेश.

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा संगम फुटबल क्लब प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा क्लासिक वारियर्सलाई १ –० गोल अन्तरले पराजित गर्दै संगम फाइनल प्रवेश गरेको हो । योसंगै उसले नगद ३० हजार समेत सुरक्षित गरेको छ । अत्यन्तै रोमाञ्चक बनेको […]

विश्व कप क्रिकेट लिग टुः नेपाल र ओमान खेल्दै

Published: in खेलकुद by . Leave a Comment on विश्व कप क्रिकेट लिग टुः नेपाल र ओमान खेल्दै.

काठमाण्डौ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ । नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ । नेपालले […]

झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपको सम्मान

Published: in खेलकुद, मुख्य समाचार, समाज by . Leave a Comment on झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपको सम्मान.

बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ […]

ह्याप्पी क्लब उपाधि नजिक

Published: in खेलकुद by . Leave a Comment on ह्याप्पी क्लब उपाधि नजिक.

मेचीनगर । ह्याप्पी क्लब झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लिगको शिर्ष स्थानमा रहदै ह्याप्पी उपाधि नजिक पुगेको हो । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार भएको खेलमा लिगको शिर्ष स्थानमा ह्याप्पी क्लबले दोस्रो स्थानमा रहेको क्लासिक वारियर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो […]