Sajhamanch Archive

नेपालले आज अभ्यास खेल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपालले आज अभ्यास खेल खेल्दै.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राती ९ः१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ । […]

केएफटिसी सिटी लिग यु–१४ फुटबलः ह्याप्पी क्लब विजयी

Published: in खेलकुद, लोकप्रिय by . Leave a Comment on केएफटिसी सिटी लिग यु–१४ फुटबलः ह्याप्पी क्लब विजयी.

मेचीनगर। काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ । आज भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले समान एकरएक गोल गर्दै बराबरी खेलेका छन्। खेलमा क्लासिकको […]

इटाली र अर्जेन्टिना आज भिड्दै

Published: in खेलकुद by . Leave a Comment on इटाली र अर्जेन्टिना आज भिड्दै.

झापा । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको उपाधि जित्ने योजनामा […]

झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा

Published: in खेलकुद by . Leave a Comment on झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा.

बिर्तामोड । झापा फुटबल क्लब एक खेल खेल्न बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । लिगअन्तर्गत सोमबार भएको १२ औँ चरणको खेलमा वीरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले एक खेलअगावै ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ३१ अंक जोडेको छ । […]

प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी

Published: in खेलकुद by . Leave a Comment on प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी.

मेचीनगर। काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १(० गोल अन्तरले पराजित गर्दै संगमले लिगमा विजयी सुरूवात गरेको हो । संगमको तर्फबाट खेलको ५० औं मिनेटमा ओसविन मगरले गोल गरे । उनले गरेको गोल नै टिमको जितका लागि […]

आईपीएलको फाइनल आजः उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

Published: in खेलकुद by . Leave a Comment on आईपीएलको फाइनल आजः उपाधिका लागि गुजरात र राजस्थान खेल्दै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन्। उपाधि भिडन्त भारतको नरेन्द्र मोदी स्टेडियम अहदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात नवप्रवेशी टोली हो। उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो। राजस्थान भने यसअघि सन् २००८ मा […]

मेचीनगरम प्रथम केएफटिसी सिटी लिग यु–१ ४” फुटबल प्रतियोगिताका सुरु, ह्याप्पी क्लब विजयी

Published: in खेलकुद by . Leave a Comment on मेचीनगरम प्रथम केएफटिसी सिटी लिग यु–१ ४” फुटबल प्रतियोगिताका सुरु, ह्याप्पी क्लब विजयी.

झापा । मेचीनगरमा आजदेखि सुरु भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको उद्घाटन खेल माक्ला सिकवारियर्सलाई १–० गोल अन्तरले पराजितगर्दै ह्याप्पी क्लबले लिगमा सुखद् सुरूवात गरेको हो । टिमलाई अग्रता दिलाउने क्रममा ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हापको १५ औमिनेटमा गोल […]

च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै.

काठमाण्डाै । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ […]

बंगलादेशिविरुद्ध श्रीलंकाको १–० ले जिते

Published: in खेलकुद by . Leave a Comment on बंगलादेशिविरुद्ध श्रीलंकाको १–० ले जिते.

काठमाडौं । घरेलु टोली बंगलादेशलाई पाँचौ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले दुई टेष्टको श्रृखंला १–० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृखंला आफ्नो कब्जामा पारेका हो । पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो । दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो इनिङ १६९ रनमा […]

मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त

Published: in खेलकुद by . Leave a Comment on मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त.

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको जानकारी […]