Sajhamanch Archive

मिल्स गोल्डकपः साइनो स्पोर्टिङ क्लब सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on मिल्स गोल्डकपः साइनो स्पोर्टिङ क्लब सेमिफाइनलमा.

विराटनगर । ‘सडन डेथ’ बाट जित निकाल्दै साइनो स्पोर्टिङ क्लब विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै साइनो सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको […]

दमक गोल्डकपः मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ विजयी

Published: in खेलकुद by . Leave a Comment on दमक गोल्डकपः मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ विजयी.

दमक । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र […]

पपुवान्युगिनीविरुद्धका दुई खेलः नजिते पनि रोमाञ्चक

Published: in खेलकुद, मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on पपुवान्युगिनीविरुद्धका दुई खेलः नजिते पनि रोमाञ्चक.

नेपालले दुई दिनको अन्तरालमा घरेलु मैदानमा खेलेको दुईवटा एक दिवशीय खेलमा पराजय भोगेको छ। भोलिबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–२० खेल्न आएको पपुवान्युगिनी (पिएनजी) विरुद्ध खेलिएको दुवै खेलमा नेपालको प्रदर्शन सन्तोषजनक त रह्यो, तर दुवै खेलमा नेपालले जित्न भने सकेन। नेपालले नजिते पनि यी दुवै खेलमा केही विशेषताहरू भने पक्कै रहेका थिए। दुवै खेल ‘हाइस्कोरिङ […]

मैत्रीपूर्ण फुटबलमा नेपालले आज थाइल्यान्डको चोनबरी क्लबसँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on मैत्रीपूर्ण फुटबलमा नेपालले आज थाइल्यान्डको चोनबरी क्लबसँग खेल्दै.

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज थाइल्यान्डको क्लब चोनबरी एफसीसँग खेल्दैछ । नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड पुगेको हो । एसियन […]

मिल्स गोल्डकपः दमक एकाडेमी सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on मिल्स गोल्डकपः दमक एकाडेमी सेमिफाइनलमा.

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ ढकलिएको थियो । दमकले नतिजाका लागि […]

गोर्खा ब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on गोर्खा ब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको अन्तिम चारमा प्रवेश.

दमक । गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । एक÷एक गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा […]

शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः ट्राइबेकरमा उपाधि चुम्दै जदाह भेट्रान क्लब मोरङ्ग

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः ट्राइबेकरमा उपाधि चुम्दै जदाह भेट्रान क्लब मोरङ्ग.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको उपाधि जदाह भेट्रान क्लब मोरङ्गले हात पारेको छ । धरान भेट्रान क्लब सुनसरीलाई ट्राइबेरमा ४–३ गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लबले उपाधि हात पारेको हो । खेलको पहिलो हाफको ५ औं मिनेटमा धरानका लागि राज सुनुवारले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । […]

दीपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २७९ लक्ष्य

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on दीपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २७९ लक्ष्य.

काठमाडौं । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ । दीपेन्द्रसिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ । नेपालका लागि दीपेन्द्रले १०५ रन बनाए । यस्तै देव खनालले ७२ रन […]

धनुषकाण खेलको खेलाडी उत्पादनका लागि प्रशिक्षण शुरू

Published: (Updated: ) in खेलकुद, समाज by . Leave a Comment on धनुषकाण खेलको खेलाडी उत्पादनका लागि प्रशिक्षण शुरू.

भद्रपुर । सशक्त रूपमा खेलाडी उत्पादन गर्ने उद्देश्यले झापामा आजदेखि धनुकाण खेलको प्रशिक्षण शुरू भएको छ । नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङको पहलमा झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ तीन दिने प्रशिक्षण प्रारम्भ गरेको हो । पौराणिक कालदेखि खेलिदै आएको यस खेलको संगठन निर्माण भए पनि झापामा खेलाडी उत्पादनका लागि आवश्यक […]

दमक गोल्ड कपः मनाङमस्र्याङ्दी अन्तिम चारमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on दमक गोल्ड कपः मनाङमस्र्याङ्दी अन्तिम चारमा प्रवेश.

दमक । मनाङमस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल […]