Sajhamanch Archive

आइसिसी विश्कप लिग–२ः युएईसँग नेपालको फराकिलो हार

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on आइसिसी विश्कप लिग–२ः युएईसँग नेपालको फराकिलो हार.

काठमाडौ, आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ । नेपालले घरेलु टोली युएईसँग ९९ रनको फराकिलो हार बेहोरेको हो । २०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ओभर सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । ६५ बलको सामना गरेका […]

दोस्रो कर्णवहादुर स्मृति भेट्रान कपः दमक–लखनपुर भेट्रान क्लब सेमीमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on दोस्रो कर्णवहादुर स्मृति भेट्रान कपः दमक–लखनपुर भेट्रान क्लब सेमीमा प्रवेश.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णवहादुर स्मृति अन्तराष्ट्रिय कपमा अन्तर्गत सोमबारको खेलमा दमक–लखनपुर भेट्रान विजयी भएको छ । दमक–लखनपुर भेट्रान क्लबले चाराली भेट्रान क्लबलाई ३–० गोल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । विजेता टिमकालागि विकास राईले पहिलो हाफ ६ मिनेटमा र २० मिनेटमा गोल गरेका गरेका थिए । दोस्रो हाफको ४७ औं […]

शिवसताक्षीमा भेट्रान कपः भारतीय युनाइटेड सुकिया दार्जेलिङलाई हराउँदै जदाह भेट्रान क्लब विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा भेट्रान कपः भारतीय युनाइटेड सुकिया दार्जेलिङलाई हराउँदै जदाह भेट्रान क्लब विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा जदाह भेट्रान क्लब मोरङ्ग विजयी भएको छ । आइतबार भएको खेलमा भारतिय युनाइटेड सुकिया दार्जेलिङ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै जदाह क्लब विजयी भएको हो । खेलको पहिलो हाफको १४ औं मिनेटमा जदाह क्लब मोरङ्गका जर्सी नं. १२ का खेलाडी दिपेन राईले […]

चेल्सी सहज जीत निकाल्दै एफए कपको सेमिफाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on चेल्सी सहज जीत निकाल्दै एफए कपको सेमिफाइनलमा.

एजेन्सी, प्रिमियर लिग क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनल खेलमा च्याम्पियनसिप क्लब मिडल्सबर्गलाई २–० ले हराउँदै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो । रिभरसाइड स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जियाचले १–१ गोल गरे । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० अघि बढाएका […]

प्रदेश १ सरकारद्वारा भलिबल खेलाडीको विदाई

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on प्रदेश १ सरकारद्वारा भलिबल खेलाडीको विदाई.

विराटनगर । धनगढीमा यही चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट विदाई गरेका हुन् । खेलाडीहरुलाई खेल […]

शिवसताक्षीमा भेट्रान कप सुरुः धरान भेट्रान क्लबको विजयी सुरुवात

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षीमा भेट्रान कप सुरुः धरान भेट्रान क्लबको विजयी सुरुवात.

शिवसताक्षी । झापाको दूधेमा दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति भेट्रान कप फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा धरान भेट्रान फुटवल क्लवले विजयी सुरुवात गरेको छ । धरान भेट्रान क्लबले विर्तामोड भेट्रानलाई ४— १ को फराकिलो गोल अन्तरले पाखा लगाउदै प्रतियोगिताको सेमीफाइनलमा प्रवेस गरेको हो । खेलको पहिलो हाफको १६ औ मिनेटमा […]

फुटबल खेलाडी एञ्जिला सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ बन्ने

Published: in खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, by . Leave a Comment on फुटबल खेलाडी एञ्जिला सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ बन्ने.

काठमाडौ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कला, संस्कृति, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताएका छन् । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बाफो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ को घोषणासभामा बोल्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् । नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएको प्रति खुसी व्यक्त गर्दै मन्त्री […]

अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीको पोल्टामा

Published: in खेलकुद by . Leave a Comment on अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीको पोल्टामा.

कमल । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ ।  एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै टेम्केले नगद २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र समेत प्राप्त गरेको छ । उपविजेता एपीएफ पकलीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो […]

यूएईसँग नेपाल ४८ रनले पराजित

Published: in खेलकुद, by . Leave a Comment on यूएईसँग नेपाल ४८ रनले पराजित.

काठमाडौ, विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेल नेपा यूएईसँग ४८ रनले पराजित भएको छ। यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमै समेटियो। ब्याट्सम्यानहरुको फितलो प्रदर्शनका कारण नेपालले त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा हार ब्यहोरेको हो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे। ६० बलमा उनले ४ चौका […]

आइसिसी विश्वकप लिग -२ क्रिकेटमा यूएईले दियो नेपाललाई १६९ रनको मध्यम लक्ष्य

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on आइसिसी विश्वकप लिग -२ क्रिकेटमा यूएईले दियो नेपाललाई १६९ रनको मध्यम लक्ष्य.

काठमाडौ, आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आयोजक युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन बनायो । युएईका लागि रोहन मुस्ताफा र चन्दन ग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ […]