Sajhamanch Archive

कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि हुने.

कमल । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । फागुन २५ गते देखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल […]

अन्तरपालिका स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु, शिवसताक्षी र अर्जुनधारा विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on अन्तरपालिका स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु, शिवसताक्षी र अर्जुनधारा विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा आजबाट अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिका प्रमुुख चन्द्रकुमार सेर्माले गरेका हुन् । शिवसताक्षी नगरपालिकाको निर्माणधिन दूधे रंगशालामा अन्तर पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा शिवसताक्षी र अर्जुनधारा विजयी भएका छन् । उद्घाटनका दुई खेल मध्ये पहिलो खेलमा बाह्रदशी […]

टी-२० विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानको सामना गर्दै नेपाल

Published: in खेलकुद, by . Leave a Comment on टी-२० विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानको सामना गर्दै नेपाल.

काठमाडौ, आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । खेल अल अमरेत क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपरान्ह पौने चार बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्ने सोचमा छ । ओमान पनि […]

नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो

Published: in खेलकुद, by . Leave a Comment on नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो.

काठमाडौँ, नेपाल आईसीसी टी-२० वरीयतामा दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान खस्किएर १५औँ स्थानमा छ । यसअघि नेपाल १३औँ स्थानमा थियो । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेलको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरीयता खस्किएको हो । वरीयतामा नेपाल पछिल्ले दुई […]

सन् २०२२ को टी–२० विश्वकपमा खेल्ने नेपालको चाहाना अधुरै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सन् २०२२ को टी–२० विश्वकपमा खेल्ने नेपालको चाहाना अधुरै.

झापा । सन् २०२२ को अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य आजबाट सकिएको छ । आज युएई विरुद्धको खेलमा ६८ रनले पराजित भएसँग नेपाल असफल भएको हो । १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सकेको थियो । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा […]

नेपाललाई यूएईले दियो १७६ रनको लक्ष्य

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाललाई यूएईले दियो १७६ रनको लक्ष्य.

काठमाडौं– टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा जारी खेलमा यूएईबाट नेपालले १७६ रनको लक्ष्य पाएको छ। ११ ओभरमै सय रन पूरा गरेको यूएईले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको हो। उसले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो। यूएईको ब्याटिङमा भृत्य अरविन्द नायक रहे। उनले नै कमजोर […]

पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान’ पदक

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान’ पदक.

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो “मेधावी योगदान” पदक प्राप्त गरेका छन् । सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा पूर्व प्रधानमन्त्री ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त […]

नेपाल खेलकुद महासंघ (नेकोस)को प्रदेश अधिवेशन धमाधम

Published: in खेलकुद, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल खेलकुद महासंघ (नेकोस)को प्रदेश अधिवेशन धमाधम.

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले सबै प्रदेश कमिटीका अधिवेशनहरु धमाधम आयोजना गरिरहेको छ । गत माघ २३ गते महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित भएको नेकोस केन्द्रीय कमिटीले फागुन ७ गतदेखि अधिवेशन सुरु गरेको हो । प्रजातन्त्र दिवसको दिन काठमाडौंमा उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन गरी यसलाई अभियानकै रुपमा फागुन २१ गते सम्पन्न गर्न लागिरहेको […]

विश्वकपमा छनोटका लागि आज नेपालको यूएईसँग निर्णायक खेल

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विश्वकपमा छनोटका लागि आज नेपालको यूएईसँग निर्णायक खेल.

काठमाडौ, आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ। आजको खेलमा जीत हात पारेको अवस्थामा नेपालले आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउनेछ। ग्लोबल क्वालिफायर एबमे समूह बीमा रहेको नेपाल विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ए को उपविजेताको हैसियतमा यूएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो। प्रतियोगिता सुरु हुनुभन्दा […]

नेपाल टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on नेपाल टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा.

काठमाडौं- नेपाल आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ। सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो। नेपालले ३ खेलमा ३ जीतसहित ६ अंक जोड्यो। नेपालको जीतमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले […]