Sajhamanch Archive

तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा

Published: in खेलकुद by . Leave a Comment on तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा.

बिर्तामोड । उत्कृष्ट खेल पस्किँदै मोरङको पथरी शनिश्चरे महिला एफसी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मोरङले विदेशी टोली भारत कालिम्पुङको श्री फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २६ औँ मिनेटमा मोरङकी […]

नेपाली महिला भलिबल टोली फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाली महिला भलिबल टोली फाइनलमा.

काठमाडौं । नेपाली महिला भलिबल टोलीले आइतबार उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३, २५–१४ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट एक समय २३–२३ […]

तमु ल्होसार गोल्डकपः टाइब्रेकरमा रोयल स्पोर्टिङ क्लब दमक विजयी

Published: in खेलकुद by . Leave a Comment on तमु ल्होसार गोल्डकपः टाइब्रेकरमा रोयल स्पोर्टिङ क्लब दमक विजयी.

बिर्तामोड । आयोजक बिर्तामोड फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पाहुना टोली रोयल स्पोर्टिङ क्लब दमक तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलको टाइब्रेकरमा दमक ४–२ ले विजयी भयो । खेल अवधिभर दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो हाफमा दुई […]

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जीत, बंगलादेश सोझो सेटमा पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जीत, बंगलादेश सोझो सेटमा पराजित.

काठमाडौं, एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि जीत हात पारेको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो स्टमा पराजित गरेको हो। नेपालले बंगलादेशविरुद्ध २५-५, २५-१५, २५-१७ को सहज जीत निकालेको हो । बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा […]

उपाधिका लागि झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुर शनिबार भिड्दै

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on उपाधिका लागि झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुर शनिबार भिड्दै.

झापा । झापा गाउँपालिका वडा नं. ६ शरणामतीमा भइरहेको दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुरबीच प्रतिष्पर्धा हुने भएको छ । आयोजक झापा गाउँपालिकाले उपाधि दाबेदार बिर्तामोड नगरपालिकालाई पराजित गरेपछि फाइनलमा झापा गाउँपालिका र आमचोक भिड्ने निश्चित भएको हो । झापाले अन्तिम सेमिफाइलनमा बिर्तामोडलाई सोझो सेटमा पराजित गरेको […]

सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जीत, माल्दिभ्स सोझो सेटमा पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जीत, माल्दिभ्स सोझो सेटमा पराजित.

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा शुक्रबार नेपालले महिलातर्फ माल्दिभ्सलाई ३-० को साझो सेटमा पराजित गरेको हो । नेपालले खेल २५-११, २५-९ र २५-५ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ […]

सेन्ट्रल जोन भलिबल : दुई सेट गुमाए पनि नेपालको सुखद् सुरुआत

Published: in खेलकुद, by . Leave a Comment on सेन्ट्रल जोन भलिबल : दुई सेट गुमाए पनि नेपालको सुखद् सुरुआत.

काठमाडौं– बंगलादेशको राजधानी ढाकामा आज (बिहीबार) बाट सेन्ट्रल जोन भलिबल प्रतियोगिता सुरु भएको छ। आजै सम्पन्न पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ। पहिलो दुई सेट गुमाएको नेपालले पुनरागमन जीत निकालेको हो। नेपालले पहिलो सेटमा १९ अंक जोड्दा श्रीलंकाले २५ अंक पूरा गरेको थियो। दोस्रो सेटमा नेपालले २१ अंक बनाउँदै गर्दा श्रीलंका जीत निकाल्न […]

दुई दिन पछि सर्यो तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता

Published: in खेलकुद by . Leave a Comment on दुई दिन पछि सर्यो तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता.

बिर्तामोड । आज (पुस ८ गते)देखि हुने भनिएको तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले यही पुस १० गतेबाट सञ्चालन गरिने भएको छ । आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङका अनुसार उद्घाटनको दिन आयोजक र भारत कालिम्पोङको श्री फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो दिन मोरङ पथरी शनिश्चरे महिला फुटबल […]

करोडका नमूना बस्तीबाट हौसिएका धुर्मुस-सुन्तली अर्बको योजनामा यसरी चुके

Published: in खेलकुद, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on करोडका नमूना बस्तीबाट हौसिएका धुर्मुस-सुन्तली अर्बको योजनामा यसरी चुके.

काठमाडौं– हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्दा ताली मात्र होइन, गाली पनि पाएका थिए। गालीको स्वर सानो थियो। उनीहरूले चितवनको भरतपुरमा २०७५ माघ १६ देखि रंगशाला निर्माणको कामै सुरु गरे। त्यति बेला कतिपयले अरुसँग ‘चन्दा’ जुटाएर समाजसेवा नहुने तर्क गरेका थिए। कतिपयले […]

आमचोक, भद्रपुर र झापा विजयी

Published: in खेलकुद by . Leave a Comment on आमचोक, भद्रपुर र झापा विजयी.

शरणामती । झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आज सम्पन्न खेलमा आमचोक गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् । आमचोकले पहिलो खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई २५–१७, २५–१३ र २५–१५ ले पराजित गरेको हो । सो खेलको म्यान अफ दि म्याच आमचोकका रोमन बस्नेत भए । त्यस्तै दोश्रो खेलमा […]