Sajhamanch Archive

शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू.

फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न केही मात्रामा फलाम मिसिएको हुन्छ । तर प्रायःजसो फलाम शरीरमा रहेको रातो रक्तकोषमा पाइन्छ । राता रक्तकोषहरूले हाम्रो फोक्सोबाट शरीरभरि अक्सिजन ढुवानी गर्छ । पोषकतत्वबाट ऊर्जा उत्पादन गर्न शरीरमा फलामको भूमिका […]

झाडापखलामा जलवियोजनको जोखिम

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on झाडापखलामा जलवियोजनको जोखिम.

वर्षायाम छ । खानेकुरा चाडै सड्ने, गल्ने, संक्रमित हुने जोखिम रहन्छ । झिंगा, साङ्लाले समेत खानेकुरा दुषित बनाइदिन्छ । पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ । यसले गर्दा पेड गडबड हुने वा झाडापखला लाग्नसक्छ । झाडापखला लाग्दैमा डराउनुपर्ने भन्ने हुँदैन । आरम, सरसफाई, पोषिलो खानपान, पर्याप्त पानीको सेवन आदिबाट सजिलै निको हुन्छ । तर, हप्तादिन […]

हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो.

बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ ? यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ ।’ ‘ब्रिटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको अध्ययन उपयोगी […]

थाहा पाइराखौं : केराको बोक्रालाई यसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ

Published: in टिप्स/जानकारी by . Leave a Comment on थाहा पाइराखौं : केराको बोक्रालाई यसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ.

सम्भवतः केरा संसारभरि नै सबैको लागि प्रिय फल हो । यो फल खानमा मीठो मात्रै हैन, यसमा प्रशस्त मात्रामा भिटामीन, क्यालोरी र शरीरका लागि आवश्यक तत्वहरु हुने गर्छन् । यस अर्थमा केरा मानिसको लागि उपयोगी फलहरुमध्येमा पर्छन् । केरा मात्रै हैन, केराको बोक्रा पनि उत्तिकै उपयोगी हुने गर्छ । केराको बोक्रा विशेष गरेर फूलहरुको लागि […]

व्रतमा किन खाइन्छ सिधे नुन ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on व्रतमा किन खाइन्छ सिधे नुन ?.

धार्मिक आस्था राख्नेहरुका लागि पवित्र महिना, साउन । यस महिनामा भगवान शिवको पूजा आराधना गरिन्छ । शरीर र मनलाई शुद्ध गरेर ब्रत बस्ने, मनलाई भक्ती–भजनमा लगाउने, दान दिने गरिन्छ । साउनको महिनामा व्रत बस्दा आफ्नो कामना पुरा हुने धार्मिक विश्वास छ । त्यसो त वर्षायामको यो समयमा व्रत बस्नु शारीरिक हिसाबले उत्तिकै फाइदाजनक पनि छ […]

कुशलतापूर्वक गरिएको कामले दुःखी बनाउँदैन

Published: in टिप्स/जानकारी by . Leave a Comment on कुशलतापूर्वक गरिएको कामले दुःखी बनाउँदैन.

हामी केही न केही काम गरिरहेका छौं । तर, उक्त कामबाट अपेक्षाकृत नतिजा हासिल भइरहेको हुँदैन । व्यापार–व्यवसाय गरिरहेका हुन्छौं, सोचेजस्तो प्रतिफल मिलिरहेको हुँदैन । खेतीपाती गर्छौं, सोचेजस्तो अन्न–उब्जनी भइरहेको हुँदैन । कलाकारिता गरिरहेका हुन्छौं, सोचेजस्तो सफलता मिलिरहेको हुँदैन । केही न केही त गरिरहेकै हुन्छौं तर त्यसबाट सन्तुष्ट प्राप्त गरिरहेका हुँदैनौं । त्यही कारण […]

के हुन् योगको आठ अंग ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on के हुन् योगको आठ अंग ?.

महर्षि पतन्जली योग अनुशासकको रुपमा मानिन्छ । उनले योगसूत्रको रचना गरेका थिए । योगसूत्रमा चित्तलाई एकाग्र गरेर ईश्वरमा लीन हुने विधान छ । पतन्जलीका अनुसार चित्तको वृत्तिलाई चञ्चल हुनबाट रोक्नु नै योग हो । अर्थात मनलाई स्थिर र शान्त राख्नु नै योग हो । ‘चित्तवृत्ति निरोध’ लाई योग मानेर यम, नियम, आसन आदिलाई योगको मूल […]

चिकित्सकको कस्तो व्यवहारले रोगीको मनोबल घट्छ ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on चिकित्सकको कस्तो व्यवहारले रोगीको मनोबल घट्छ ?.

‘तिमीहरुमध्ये को सबैभन्दा राम्रो डाक्टर बन्न चाहन्छौं ?’ चिकित्साशास्त्रका अधिकांश विद्यार्थी गर्वसाथ हात उठाउँछन् । प्रोफेसरले एक विद्यार्थीलाई इंगित गर्दै सोध्छन्, ‘तिमीलाई लाग्छ, के तिमी राम्रो डाक्टर बन्नेछौं ?’ युवती उठ्दै फुर्तिसाथ भन्छिन्, ‘यस सर ।’ ‘किन तिमीलाई त्यस्तो लाग्छ कि तिमी असल डाक्टर बन्नेछौं ?’ चिकित्साशास्त्र पढिरहेकी युवती भन्छिन्, ‘किनभने मलाई बिरामीहरुप्रति लगाव छ […]

जीवनभर स्वस्थ्य रहनका लागि ५ उपाय

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on जीवनभर स्वस्थ्य रहनका लागि ५ उपाय.

स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता नलागेका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने र […]

रुघाखोकीमा घरेलु औषधि

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on रुघाखोकीमा घरेलु औषधि.

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, […]