वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ । यो सम्बन्धमा दुई पक्षबीचको समझदारी मात्र पर्याप्त हुँदैन, यसले एकअर्काबीचको प्रेम, अपनत्व एवं विशेष किसिमको भावनात्मक सूत्रको अपेक्षा गर्छ । कतिपय अवस्थामा सबै कुरा हुँदाहुँदै पनि केही त्यस्ता कुराहरूको कारण सम्बन्धमा समस्या सिर्जना हुनसक्छ, सम्बन्ध जसोतसो चलाइए पनि त्यो जीवन्त हुदैन । कतै आफ्नी श्रीमती आफूसँग दिक्क भैसकेकी पो […]
स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं/हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् । यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी जीवन बाँच्न सक्छौं । अर्थात अनुशासित जीवनशैली अपनाएर जवान, तन्दुरुस्त र स्वस्थ रहन सकिन्छ । यसका लागि अनियन्त्रित खानपान त्याग्नेदेखि सन्तुलित दिनचर्या अपनाउनेसम्मको कुरामा हामी […]
बच्चाहरु खानाप्रति उस्तो रुची देखाउँदैनन् । यहि कुरा नै अभिभावकको लागि टाउको दुखाईको विषय बन्ने गर्छ । त्यसैले कतिले त बच्चालाई जबरजस्ती खानेकुरा कोचिरहेका पनि हुन्छन् । आखिर बच्चालाई किन खानेकुरामा अरुची भएको हो ? किन उनीहरुलाई भोक नलागेको होला ? यसमा बच्चाको गल्ती छैन, स्वंम अभिभावककै कमजोरीको नतिजा हो यो । अर्थात अभिभावककै कारण […]
सम्बन्ध-विज्ञहरु भन्छन्, ‘बुवाआमाले बनाउने दोस्रो सम्बन्धलाई स्विकार्न त्यती सजिलो हुँदैन । किनभने त्यो सम्बन्ध कुनै पुरानो सम्बन्धलाई बिस्थापित गर्नका लागि आएको हुन्छ । कुनैपनि बच्चालाई आफ्नो पुरानो याद र भावनालाई मेटेर नयाँ सम्बन्ध जोड्न निकै गाह्रो हुन्छ ।’ हामी जन्मदेखि जसको सामिप्यतामा हुर्कन्छौं, उनीहरुसँग खास भावनात्मक लगाव हुन्छ । शारीरिक, भावनात्मक रुपले एकाकार भएका हुन्छौं […]
हामी जीवनमा सफलता हासिल गर्ने आकंक्षा राख्छौं । केही गर्न खोज्छौं । यसरी कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नका लागि हामीले यस्तो साथीहरुको सर्कल तयार गर्नुपर्छ, जसले हामीसँग सहयोग र समर्थनको हातेमालो गरोस् । हामी कुनै पेशा गर्छौं, त्यसमा थप उन्नती गर्न पनि हामीलाई साथी चाहिन्छ । हामी कुनै व्ययसाय वा उद्यम गर्न चाहन्छौं, त्यसका लागि […]
त्यसो त दम्पतीबीचको झगडा उनीहरुमा मात्र सीमित हुँदैन, यसले बालबच्चा र समग्र परिवारमा पनि असर गर्छ । झगडा गरिरहने आमाबुवाका सन्तान क्रोधित मात्र हुँदैनन्, हीनताबोधले ग्रस्त हुन्छन् । श्रीमान्–श्रीमतीबीच किन झगडा हुन्छ ? यसका एकमात्र कारण हुँदैन । अनेक कारणले दम्पतीबीच खटपट आइरहन्छ । ठिक यसैगरी झगडाको पनि प्यार्टन हुन्छ । दम्पतीबीच हुने झगडा कुन […]
प्रत्येक सम्बन्धमा एक समय यस्तो आउँछ जब तपाईंको साथीले तपाईंलाई आपत्तिजनक लाग्ने व्यवहारहरू गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा तपाईंमा चोट पुगेको हुन सक्छ या तपाईंको व्यवहारले तपाईंको साथीलाई चोट पुर्याइरहेको हुन सक्छ । धेरै चोटि तपाईं यी चीजहरूलाई बेवास्ता गर्न सक्नुहुन्छ वा यी कुराहरू तपाईंले मतलब नगरिरहेको हुन सक्नुहुन्छ । हुनसक्छ तपाईं भित्रैदेखि धेरै […]
कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् । एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ । मनोवैज्ञानिकहरू यस […]
स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ । निद्रा गहिरो हुनुपर्छ । गहिरो निन्द्रा पाउन मानसिक र शारीरिक रुपमा तन्दुरुस्त […]
पति पत्नीमध्ये कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच यस किसिमको बहस चलिरहेको हुन्छ । स्वभाविक हो, हरेकले आफुले बढी माया गर्ने बताउँछन् । यति हुँदाहुँदै पनि उनीहरुबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । झैझगडा हुन्छ । बैमनश्यता हुन्छ । दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले […]