काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै एमालेले बैठक बस्न नदिने अडान लिएपछि बैठक ढिला सुरु भएको हो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र […]
विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। मंगलबार (आज) दिउँसो बस्ने पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकबाट माओवादीले औपचारिक निर्णय गर्दैछ। ‘हामी आज सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्दैछौं,’ माओवादीका एक नेताले भने ‘अब दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गरी तयारी गर्नेछौं। ती नेताका अनुसार प्रदेशमा […]
झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो । मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्यमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु […]
झापा । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्ने गरी रुख विरुवा रोप्न आग्रह गरिएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको हो । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताएकी […]
काठमाडौं । नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए । लम्पसारवादविरुद्ध एमाले उभिने भन्दै उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं […]
शिवसताक्षी । झापाको त्रिधामले चिनिने शिवसताक्षी नगरपालिकामा पछिल्लो समय विद्यालयको भौतिक सुधार र शिक्षाको गुणस्तरका लागि धेरै कामहरु भएको पाइएको छ । शिक्षाका लागि पहिलो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले काम गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य जिल्ला र छिमेकी पालिकाहरुको विद्यार्र्थीहरुलाई पनि शिक्षा आर्जन गर्ने थलो बनाएको शिवसताक्षीमा ३५ वटा सामुदायिक […]
भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप […]
काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारी र केशव दुलालले भुटानीसँगै नेपाली नागरिकलाई पनि अमेरिका पठाउनेबारे आफूलाई जानकारी गराएको स्वीकारेका छन् । सरकारले नीति र कानुन नै बनाएर लाने काम गर्छ भने आफूलाई केही भन्नु छैन भन्दै त्यसबेला आफूले दुःख पाएर लामो समयदेखि बसेका शरणार्थीसँग कुनै पनि रकम लिन […]
धरमपुर (शिवसताक्षी) । झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १ धरमपुरमा पर्ने तेतिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको आज शनिबार उद्घाटन गरिएको छ । तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को सीमानमा पर्ने (हाल शिवसताक्षी नगरपालिका वडा नम्बर १) मा रहेको तेलिया खोलामा निर्माण सम्पन्न भएको ट्रस पूलको वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ […]