शिवसताक्षी । अविरल बर्षाका कारण शिवसताक्षीका दक्षिणी भेगका शिवगञ्ज, पाँचगाछी लगायतका स्थानहरु डुवानमा परेका छन् । स्थानीय सतासी खोलाको भङगालो गाउँमा पसेपछि शिवगञ्जका अधिकांश क्षेत्रहरु डुवानमा परेका छन् । सतासी खोलाको बाढी गाउँ पसेपछि शिवगञ्जमा रहेको प्राथमिक स्थास्थ्य केन्द्र समेत डुबानमा परेको छ । बाढीका कारण दूधे शिवगञ्ज सडकलाई समेत भत्काउन सुरु गरेको शिवसताक्षी नगरपालिकाले […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा महिला अधिकार र विद्यमान कानून सम्बन्धी दुई दिने कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिबारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानूनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो । हल्दिबारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विद्यार्थीको सहभागितामा कार्यशाला शुरु भएको हो । […]
झापा । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनामा १६ अर्ब रुपैयाँ बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ । देशका दुई तिहाइभन्दा बढी नागरिक कृषिमा आश्रित रहेका र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूलको आयातमा अर्बौँ रुपैयाँ बाहिरिरहेको छ । चालु आवको […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र […]
झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत साहारा नेपाल, ह्याविट्याट फर ह्युमानिटी र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा ६०३ वटा आवास निर्माण भएका छन् । सो गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा ११३, २०२१ मा ११५ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको छ । तीमध्ये […]
झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश १ को आयोजनामा आज झापाका अभियन्तासँग सहकारी क्षेत्रका समस्याका बारेमा अन्तरक्रिया गर्दै जानकारी आदान प्रदान गरिएको छ । मन्त्रालयले झापाको बिर्तामोडमा आयोजना गरेको ‘झापा जिल्लाका सहकारी संघ–संस्था तथा सहकारी अभियानसँगको अन्तरक्रिया’ मार्फत् जिल्लामा सहकारी संस्थाहरुको समस्याका बारेमा जानकारी लिएको हो । झापा जिल्ला सहकारी संघ […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले लागु औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आज आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको सन्दर्भमा विराटनगरमा आयोजित प्रभातफेरी कार्यक्रममा मन्त्री कार्कीले लागु पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताएका हुन् । […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् । पार्टी […]
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो । विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले […]
मेचीनगर । मेचीनगरमा हात्तीको दीर्घकालिन समस्याको समाधानका लागि झापाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलाई सहभागी गराउँदै मेचीनगरका जनप्रतिनिधिहरुले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गराएका छन् । हिजो शनिबार प्रतिनिधिसभाका सदस्य राम कार्की, प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली र राधा थापा, प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगरप्रमुख […]