Sajhamanch Archive

‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो’ : स्थायी कमिटी सदस्य खरेल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो’ : स्थायी कमिटी सदस्य खरेल.

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले ओली नेतृत्वको सरकारले एसपीपी सम्बन्धमा २०१९ मा कार्यदल नै बनाएको जानकारी गराउँदै कुटनीतिक दृष्टिले कार्यदल बनाउनु भनेकै अस्वीकार गर्नु हो भन्ने प्रष्ट्याएका छन् । एमाले नेता खरेलले आज झापामा पत्रकारहरुसँग कुराकानी गर्दै भनेका छन् ‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो, यस्तो सम्झौताले जनताको […]

प्रदेश सरकारले लियो आदिवासी रंगशाला निर्माणको दायित्व

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश सरकारले लियो आदिवासी रंगशाला निर्माणको दायित्व.

झापा । झापाको कमल गाउँपालिका–५ मा अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला निर्माणको दायित्व प्रदेश सरकारले लिएको छ । केन्द्र सरकारले २०६७ सालमा निर्माण थालनी गरे पनि बीचमा अलपत्र छाडेको थियो । आर्थिक वर्ष २०७९/ २०८० को बजेट भाषणका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अब प्रदेश सरकारले आदिवासी रंगशाला निर्माण गर्ने उद्घोष गरे […]

शिवसताक्षी नगरपालिकामा मेयर स्मार्ट विद्यालय सुधार कार्यक्रम लागु हुने,

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा मेयर स्मार्ट विद्यालय सुधार कार्यक्रम लागु हुने,.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकमा मेयर स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागु हुने भएको छ । आज बसेको बोर्ड बैठकले मेयर स्र्माट विद्यालय सुधार योजनाका लागि ७५ लाख बजेट छुट्याएको छ । नगर भित्रका विद्यालयको अतिरिक्त सुधारका गरी कक्षा कोठा डेकोरेसन विद्यार्थीलाई कक्षा कोठा सुविधा सम्पन्न बनाउनका लागि उक्त बजेट छुट्याएको हो । बारुण यन्त्र खरिदका लागि […]

बिर्तामोड नगरलाई २० वर्षमा कस्तो बनाउने सम्बन्धी गोष्ठी

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरलाई २० वर्षमा कस्तो बनाउने सम्बन्धी गोष्ठी.

बिर्तामोड । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना दीर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकीकरण सम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि सुरुभएको गोष्ठी तीन दिनसम्म चल्नेछ । गोष्ठीमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता छ । गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अबको २० […]

विश्वकप फुटबल २०२२ः कुन समूहमा कुन टिम

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकप फुटबल २०२२ः कुन समूहमा कुन टिम.

काठमाडौं । सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यतिबेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यसपटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकाले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै देशमो टुंगो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा […]

‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन’ : मन्त्री कोइरालाले

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन’ : मन्त्री कोइरालाले.

काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । ‘१६ वर्षमा नागरिकता पाउँछ, […]

अर्जुनधारामा खेल मैदान निर्माणः प्रक्रिया विपरित बजेट निकासा

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, समाज by . Leave a Comment on अर्जुनधारामा खेल मैदान निर्माणः प्रक्रिया विपरित बजेट निकासा.

झापा । अर्जुनधारा नगरपालिका–७ मा समाज उद्धार कल्याण संघको स्वामित्वमा रहेको जमिनमा प्रक्रियाभन्दा बाहिर रहेर सङ्घीय सरकार तथा स्थानीय सरकारले लगानी गरेको खुलेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट एक स्थानीय तह एक खेल ग्राम नीति अन्तर्गत रहेर खेलकुद स्टेडियम निर्माणका लागि सरकारले नै प्रक्रियाभन्दा बाहिर गएर करोडभन्दा बढी रकम लगानी गरेको हो […]

मेचीनगर नगरपालिकामा विषयगत समितिहरु गठन

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगर नगरपालिकामा विषयगत समितिहरु गठन.

मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण वैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयगत र अन्य समितिहरु गठन गरेको हो । वैठकले सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजकमा माया प्याकुरेल, सामाजिक विकास समिति संयोजकमा हृदय राजबंशी र पूर्वाधार विकास […]

आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने.

काठमाडौं । रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको […]

आज विश्व रक्तदाता दिवस

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आज विश्व रक्तदाता दिवस.

झापा । विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ । विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) […]