Sajhamanch Archive

सांसदलाई षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमय : एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on सांसदलाई षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमय : एमाले अध्यक्ष ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गरिएको भन्ने जानकारी आएको छ, यदि यसो भएको हो भने रहस्यपूर्ण भएको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी […]

कांग्रेसको कोटामा नियुक्त तीन मन्त्रीले लिए शपथ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको कोटामा नियुक्त तीन मन्त्रीले लिए शपथ.

काठमाडौं । नेपाली काँग्रेसको कोटामा परेका तीनजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शीतल निवासमा आयोजित सपथ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीलाई शपथ गराएका हुन् । नेपाली काँग्रेसका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू बुधबार मन्त्री नियुक्त भएका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुन […]

झापा कांग्रेसको जिल्ला समितिमा थपिए सय हाराहारी सदस्य

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on झापा कांग्रेसको जिल्ला समितिमा थपिए सय हाराहारी सदस्य.

झापा। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्य समिति विस्तार गरेको जनाइएको छ । विस्तारित कार्य समितिका मनोनित सदस्यहरुमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, पर्शुराम ढुङ्गाना, […]

प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव.

यो उतिबेलाको कुरा हो, जतिबेला मैले कक्षा १२ सम्मको औपचारिक अध्ययन पूरा गरेकी थिएँ । मेरो घर इलाममा अब कहाँ पढ्ने भन्ने विषयमा छलफल हुन थालेको थियो । काका काठमाडौँ तिरैै छ उतै पढ्छे भन्ने सल्लाह हजुरबुवा, हजुरआमा र ममीबाट आयो । तर, ड्याडीले चाहिँ एउटा स्कुटर किन्दिन्छु घरैबाट इलामको मरब क्याम्पस पढ्छे भन्ने कुरा […]

भद्रपुर झापा गोल्डकप अझै ब्यवस्थित

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकप अझै ब्यवस्थित.

भद्रपुर । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो । साविक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण […]

यूएईलाई हराउँदै एसिया कपमा पुग्यो नेपाल, अब भारत र पाकिस्तानसँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on यूएईलाई हराउँदै एसिया कपमा पुग्यो नेपाल, अब भारत र पाकिस्तानसँग खेल्ने.

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार […]

तोपगाछी धरमपुर मैत्री समाजद्वारा १८ थान ह्विलचियर वितरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on तोपगाछी धरमपुर मैत्री समाजद्वारा १८ थान ह्विलचियर वितरण.

कमल । तोपगाछी धरमपुर मैत्री समाज काठमाडौले कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर प्रदान गरेको छ । अमेरिकाको टेक्सास राज्यमा रहेको सामाजिक संस्था अनकनको प्रायोजनामा कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी मैत्री समाजले ह्विलचियर वितरण गरेको हो । दुईवटै पालिकाका हरेक वडाका १–१ जनालाई लक्षित गरी १८ वटा […]

सहकारी अभियान बचाउन झापामा ‘कोअपरेटिभ एलायन्स’को निर्माण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारी अभियान बचाउन झापामा ‘कोअपरेटिभ एलायन्स’को निर्माण.

झापा । ‘एउटा बिराउने शाखा पिराउने’ उक्ति जस्तै एउटा कुनै प्रारम्भिक सहकारी संस्थाबाट भएको गल्ती कमजोरीले सिङ्गो सहकारी अभियानलाई नै बदनाम गराउन हुँदैन भन्ने ‘थीम’मा केन्द्रित हुँदै तोकिएका सूचाङ्कहरु ठिक भएका झापाका सहकारी संस्थाहरु एकतृत हुन थालेका छन् । सहकारी विरुद्धको षड्यन्त्र र खेलबाडलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका प्रारम्भिक सहकारी संस्थाहरु एकत्रित […]

दोमुखा सडक निर्माणमा तिब्रता

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दोमुखा सडक निर्माणमा तिब्रता.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडकको कामलाई तिब्रता दिएको छ । आज निर्माणधिन सडकको शिवसताक्षी नगरपालिकाले बाटोको फिल्ड डेन्सीटी टेष्ट गरेको छ । नगरपालिकाका प्राविधिकहरुले उक्त सडकको ८ स्थानमा फिल्ड डेन्सीटी टेष्ट गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्राविधिकहरुका अनुसार टेष्टको रिर्पोट भोली आएपछि बाटोको थप काम अघि बढ्ने छ । उक्त बाटोमा […]

झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण.

भद्रपुर । झापा क्षेत्र नम्बर १ र ३ को समृद्धिसँग गाँसिएका कतिपय अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र काँग्रेस नेता तथा झापा ३ का पूर्व सांसद कृष्णप्रसाद सिटौलाको […]