झापा । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत ईश्वरीराज पौडेलसँग झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले चिया निर्यातमा देखिएका समस्याका बारेमा आज छलफल गरेका छन् । महावाणिज्य दूतावासकै विशेष पहलमा मेची भन्सार कार्यालयको समन्ववय र नेपाल चिया उत्पादक संघको व्यवस्थापनमा भन्सारकै सभाहलमा आयोजनजा गरिएको कार्यक्रममा नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती […]
भद्रपुर । चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भद्रपुर १० को २० औ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला मार्फत वार्षिक साधारणसभा सम्पन्न गरेको हो । भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम […]
शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ । मेची नगरपालिकालाई ४–३ गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि जितेको हो । उपाधि जीतेसँगै शिवसताक्षीले नगद ६५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । त्यस्तै उपविजेता बनेको मेची नगर नगरपालिकाले ४० हजारमा चित्त बुझाउनु पर्यो । खेलको […]
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गरेका छन् । गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन शुक्रबार गोरखा आएका उनले अब विकास निर्माणसँगै सरकारको अन्य कामले तिव्रता पाउने आश्वासन दिएका छन् । ‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’ उनले […]
झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो । त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालू रहेका बेला सदन बाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री लगायत सरकार संसदप्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदन बाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु […]
काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ)लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि […]
भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर वृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने बाटोको पश्चिमतर्फ करिब सयवटा अशोका र धूपीका विरुवा रोपण गरिएको हो । स्वस्थ नागरिक, समृद्ध समाजको परिकल्पना भन्ने नारासहित आयोजित […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वस्थ बहसमा उत्रिन भनेका हुन् । ‘युवामय उपचुनाव !’ भन्दै ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे । ‘वैशाख १० गते […]
मोरङ । चैत १७ गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तरगत आज बिहीबार सञ्चालित सामाजिक विषयको परीक्षामा मोरङका तीनवटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र सुन्दरहरैंचाबाट १९९ जना नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका हुन् । उनका अनुसार ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित श्री सरस्वती […]