Sajhamanch Archive

नेकपा स्थायी कमिटी बैठक आज सकिँदै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक आज सकिँदै.

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरिने भएको छ। राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव छलफलका आधारमा आज पारित गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। […]

आज बर्षकै छोटो दिन, आजको दिन कति घण्टाको हुन्छ ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आज बर्षकै छोटो दिन, आजको दिन कति घण्टाको हुन्छ ?.

काठमाडौं  । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको […]

संघीय निजामति ऐन पारित नहुँदा प्रदेश लोकसेवा आयोगलाई काम गर्न समस्या

Published: in मुख्य समाचार by . Leave a Comment on संघीय निजामति ऐन पारित नहुँदा प्रदेश लोकसेवा आयोगलाई काम गर्न समस्या.

जनकपुर । प्रदेश नम्बर २ को प्रदेश लोकसेवा आयोगले पूर्णता पाएपनि संघीय निजामति ऐन पारित हुन नसक्दा काम गर्न समस्या देखिएको छ । संघीय निजामति ऐन संघीय संसदमा विषयगत छलफलको क्रममा रहेको छ । ऐन पारित भएपछि मात्रै कर्मचारीहरुको जिम्मेवारी, काम र कर्तव्य तथा सेवासुविधाबारे स्पष्ट हुनेछ । प्रदेश नम्बर २ लोकसेवा आयोगका प्रवक्ता गंगेश […]

पर्यटनमन्त्री भट्टराईद्वारा विमानस्थलको आकश्मिक अनुगमन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटनमन्त्री भट्टराईद्वारा विमानस्थलको आकश्मिक अनुगमन.

काडमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री शुक्रवार साँझ विमानस्थल पुगेका उनको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल गएका थिए […]

कर्णाली साकोसको २०औँ वार्षिकोत्सव तथा शिवगञ्जमा १९औं शाखा सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, सहकारी by . Leave a Comment on कर्णाली साकोसको २०औँ वार्षिकोत्सव तथा शिवगञ्जमा १९औं शाखा सञ्चालन.

शिवसताक्षी । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औँ वार्षिकोत्सव आज शिवगञ्जमा सम्पन्न गरेको छ । संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सम्मान गर्नुका साथै बाल विकासमा अध्ययन गर्ने ३५ जना बालबालिकाहरुलाई लत्ता कपडा र शैक्षिक सामाग्री प्रदान गरेको छ । संस्थाले आजदेखि शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा १९औं […]

झापाबाट जाग्दै नेवि संघ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाबाट जाग्दै नेवि संघ.

बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । झापाको बिर्तामोडमा आयोजित विरोध र्याली तथा कोणसभाका बीच नक्सा सार्वजनिक गरिएको हो । प्रमुख अतिथिका रुपमा नक्सा सार्वजनिक गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो स्वास्थ्य खराव भए पनि देशको स्वास्थ्य नविगार्न प्रधानमन्त्री केपी ओलीलाई […]

संघीय लिम्बुवान मञ्चको निर्णयः प्रदेश १ को नाम लिम्बुवान–किरात–खम्बुवान

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on संघीय लिम्बुवान मञ्चको निर्णयः प्रदेश १ को नाम लिम्बुवान–किरात–खम्बुवान.

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन शुरु गर्ने बताएको छ । गत मंसीर २९ र ३० गते सुनसरीको धरानमा सम्पन्न बैठकले प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन दबाब दिनका लागि सशक्त आन्दोलन थाल्ने निर्णय गरेको महासचिव अशोक चेम्जोङले जनाएका […]

संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता.

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी […]

बिर्तामोडमा बसको ठक्करबाट एकजनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा बसको ठक्करबाट एकजनाको मृत्यु.

बिर्तामोड। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान यात्रुवाहक बसको ठक्करबाट इलाम घर भई कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेलको मृत्यु भएको हो । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख […]

मिडिया नकारात्मक विषय खोज्ने होडबाजीमा : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मिडिया नकारात्मक विषय खोज्ने होडबाजीमा : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् । उनले समाजमा भएका नकरात्कम वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपार्टीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिए । ‘समाजमा अहिलसम्म पनि असाध्यै नकरात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ,’ नेपाल […]