धनुषा । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करीब चार सय मिटर दूरीमा शक्तिशाली बम बिष्फोट हुँदा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका […]
भद्रपुर । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको आर्थिक बृद्धि तीब्र गतिमा बढिरहेको बताएका छन् । मेची बहुमुखी क्याम्पस भद्रपुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन तथा महिला छात्राबास एवम् मानविकी भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् । सन् २०२२ भित्र गरिबीको रेखामुनी रहेका १७ प्रतिशत नागरिकको आर्थिक बृद्धि शतप्रतिशत […]
बिर्तामोड । समाजमा अझै पनि विभिन्नखाले विभेद कायमै रहेकोमा बिर्तामोडमा आज आयोजित एक छलफलका सहभागीबीच एकमत रहेको पाइएको छ । सबैखाले विभेद र उत्पीडनमा परेकाहरुको समस्यालाई सबैको साझा समस्याको रुपमा उजागर गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । सहभागी वक्ताहरुले सबैखाले विभेदको अन्त्य गरी सामाजिक न्यायसहितको समृद्ध समाज निर्माणमा अग्रसर हुन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । […]
दमक । सहकारी ऐन २०७४ जारी गरिएको तीन वर्षभित्र एक सदस्य एक सहकारी कार्यान्वयनमा ल्याउनु पर्ने बाध्यात्मक व्यवस्थालाई आत्मसाथ गर्दै सहकारी–सहकारी बीचको एकीकरणलाई तीब्रता दिन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले आव्हान गरेकी छन् । झापाको दमकमा मेची सहकारी संस्था लिमिटेड र जलपादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्पन्न एकीकरणको आज औपचारिक घोषणा गर्न […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम भव्यतका साथ मनाइएको छ । शिवसताक्षीको दूधे खेल मैदानमा स्थानीय किराँत याक्थुङ चुम्लङ शिवसताक्षीको आयोजनामा चासोक तङनाम मनाइएको हो । संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश संसाद झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रत्येक वर्ष मंसिर पूर्णिमाको […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । बिर्तामोड खानेपानीमा नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा नेकपाको तर्फबाट ज्ञानुराम प्रसाई र कांग्रेसबाट जलकुमार गुरुङको नेतृत्वमा दुई प्यानल निर्वाचनमा होमिएको हो । हामीले यो समाचार तयार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् । यस्तै सरकारका तर्फबाट रजत पदक जित्नेलाई […]
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतिगोगिता (साग) फुटबलमा नेपालले स्वर्ण पदक जित्दै फेरि च्याम्पियन बनेको छ । मंगलबार दशरथ रङ्गशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जीत निकाल्दै स्वर्णमा कब्जा जमाएको हो । नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए । […]
काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाई स्नातकोत्तर तहमा पनि गरिने जानकारी गराएकी छन् । भूमि प्रशिक्षण केन्द्रले नापनक्सा सम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन विषयमा आज मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी […]
बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही बुधबार हुने निर्वाचनमा उपभोक्ताको मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु घर दैलोमा पुगिरहेका छन् । टोलटोलमा मत माग्न गएका अलग अलग समूह र उम्मेदवारहरुको भेटघाटले मंसीरको चिसोमा पनि बिर्तामोड नगरीलाई तताएको छ । बिर्तामोड खानेपानीको पहुँच क्षेत्रभर उम्मेदवारसहितको समूह पुगेर आफ्नो पक्षमा मतदान गर्न उपभोक्तालाई […]