Sajhamanch Archive

छात्रको युनिफर्ममा भादगाउँले टोपीः लिटलस्टारको स्तुत्य कार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on छात्रको युनिफर्ममा भादगाउँले टोपीः लिटलस्टारको स्तुत्य कार्य.

बुद्धशान्ति । टोपी पहिरिनु नेपालीको गौरव हो अनि नेपालीको शान पनि । टोपीलाई राष्ट्रिय पोशाकको एक अंश र एकताको प्रतीक अनि सांस्कृतिक सम्पदा पनि मानिन्छ । टोपीले पुरुष मान्छेको व्यक्तित्व पनि बढाउँछ । टोपीका पनि विभिन्न प्रकार र नामकरण गरिएको पाइन्छ । माक्कले टोपी, तेह्रथुमे ढाकाटोपी, छत्रे टोपी, पाल्पाली ढाकाटोपी, बिर्खे टोपी, कानेटोपी, भादगाउँले टोपी […]

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नवनियुक्त मन्त्रीहरूले लिए शपथ.

काठमाडौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन्। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा रामेश्वर […]

मन्त्री भट्टराईको निर्देशन: काम नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्री भट्टराईको निर्देशन: काम नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू.

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको नियमित आन्तरिक बैठक बुधबार बिहान नेपाल पर्यटन बोर्ड कार्यालय भृकुटीमण्डपमा बसेको छ। उक्त बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विभागको कामप्रति कडा तीव्र असन्तुष्टि जनाएका छन् मन्त्रालय मातहतका विभागहरुले सन्तोषजनक काम नगरेको भन्दै उनले कडा टिप्पणी गरेका हुन्। बैठकमा मातहतका कार्यालय प्रमुखहरुलाई सम्बोधन […]

मन्त्रीको नाम बोकेर प्रधानमन्त्री शितलनिवासमा, आजै शपथ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रीको नाम बोकेर प्रधानमन्त्री शितलनिवासमा, आजै शपथ.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसगँको छलफलपछि प्रधानमन्त्री ओली केहिबेर अघि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ गराउने तयारी भएकाले त्यसैको प्रक्रिया मिलाउन प्रधानमन्त्री शितलनिवास जानकारी दिएका हुन्। हट्ने र नयाँ […]

नेकपा सचिवालय बैठक बस्दै: मन्त्रिपरिषद पुनर्गठनबारे अन्तिम गृहकार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक बस्दै: मन्त्रिपरिषद पुनर्गठनबारे अन्तिम गृहकार्य.

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्न लागेको बैठकमा मन्त्रिपरिषदबाट बाहिरिने मन्त्री र नयाँ नियुक्त हुने नेताबारे छलफल हुने बताइएको छ। सुरुमा ९ बजेका लागि तय भएको बैठक ११ बजेका लागि सरेको थियो। […]

मन्त्रिपरिषद हेरफेर गर्ने विषय प्रधानमन्त्री ओलीको हातमा छ: अध्यक्ष प्रचण्ड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद हेरफेर गर्ने विषय प्रधानमन्त्री ओलीको हातमा छ: अध्यक्ष प्रचण्ड.

काठमाडौं । अहिले नेपालमा सीमा विवाद, उपनिर्वाचनसँगै मन्त्री हेरफेरको विषयले चर्चा पाएको छ । अहिले मन्त्रिपरिषद पुनर्गठनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा भइरहेको छ । दुई जनाबीच यस विषयमा समझदारी हुन बाँकी रहेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले त्यस्ता भ्रमहरुमा नपर्न अनुरोध गरेको छ । प्रचण्डको निजी […]

 विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on  विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन् । आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताएका हुन् । आज माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको […]

कालापानीबाट विदेशी सेना हटाउँछौः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कालापानीबाट विदेशी सेना हटाउँछौः प्रधानमन्त्री ओली.

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनाको कब्जामा रहेको नेपाली भूमि फिर्ता लिने बताएका छन् । प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गरे । आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको कार्याक्रममा बोल्दै नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरे । ‘हाम्रो […]

आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लब समूहलाई नेम्वाङको आह्वान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लब समूहलाई नेम्वाङको आह्वान.

मेचीनगर । तत्कालीन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताले जनताकै लागि बनाएको संविधानमार्फत् सबै विचारलाई अटाउन सकिने भएकाले प्रतिबन्धित विप्लब समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउन आह्वान गरेका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २७औं वार्षिक साधारणसभाको उद्घाटन समारोहका प्रमुख अतिथि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले यस्तो आह्वान गरेका […]

असल समाज निर्माण गर्न सहकारीको भूमिका महत्वपूर्णः सांसद निरौला

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on असल समाज निर्माण गर्न सहकारीको भूमिका महत्वपूर्णः सांसद निरौला.

बिर्तामोड । बिर्तामोडस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा आठ आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । प्रतिवेदनमा संस्थाले गत आर्थिक […]