Sajhamanch Archive

केर्खा–क्याम्पा सडक निर्माणमा ढिलासुस्ति भएको भन्दै स्थानीयले गाउँपालिकामा बुझाए ज्ञापन पत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on केर्खा–क्याम्पा सडक निर्माणमा ढिलासुस्ति भएको भन्दै स्थानीयले गाउँपालिकामा बुझाए ज्ञापन पत्र.

कमल । कमल गाउँपालिकाको केर्खा, क्याम्पा बजार हुँदै बैगुनधुरा जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै शुक्रबार स्थानीयले कमल गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । “बाटो ” कि राम्रो बनाउ, कि नक्सा मेटाउ , भन्ने प्ले कार्डसहित स्थानीय गाउँपालिका पुगेका थिए ।  सडक निर्माणका लागी ३ वर्ष अगाडी ठेक्का लागेपनि सडक निर्माणका लागी जिम्मा पाएको रोशन– […]

इलामको महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार ढकाललाई प्रदान

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलामको महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार ढकाललाई प्रदान.

इलाम । स्वर्गीय महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार नमीन ढकाललाई प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रवर्धन गर्न भूमिका निर्वाह गरेको ठहर गर्दै माइभ्याली फुटबल क्लबले नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । क्लबको चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा आज ढकाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । इलामका […]

नेकपाका शिर्ष नेता मन्त्री मण्डल पुनर्गठनबारे छलफलमा, ८ जना मन्त्रिहरुले बिदा पाउँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाका शिर्ष नेता मन्त्री मण्डल पुनर्गठनबारे छलफलमा, ८ जना मन्त्रिहरुले बिदा पाउँदै.

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनबारे अन्तिम निर्णय लिन ओलीले बैठक बोलाएका हुन् । मन्त्रिमण्डल हेरफेरका क्रममा झण्डै ८ जना मन्त्रिहरुले बिदा पाउने बालुवाटार श्रोतले जनाएको छ । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने […]

कुटनीतिक तरिकाले प्रधानमन्त्रीस्तरबाटै सीमा विवाद सुल्झाउन कांग्रेसको सुझाव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कुटनीतिक तरिकाले प्रधानमन्त्रीस्तरबाटै सीमा विवाद सुल्झाउन कांग्रेसको सुझाव.

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारले पार्टीकै संरक्षणमा चरम भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै जनताको अपेक्षा अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा आज सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले बालुवाटार जग्गा प्रकरण, सून तस्करी, बाइडवडी, एनसेल, फोरजी सेवा लगायतका ठूला–ठूला भ्रष्टाचार […]

सिमा विवादको दशी प्रमाणसहित भारतसँग तत्काल वार्ता गर्नुपर्नेः कांग्रेस नेता पौडल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सिमा विवादको दशी प्रमाणसहित भारतसँग तत्काल वार्ता गर्नुपर्नेः कांग्रेस नेता पौडल.

विर्तामोड । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सिमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा विहीबार सम्पन्न पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले वार्ताबाट समाधान नभए दोस्रो चरणमा मात्रै सिमा विवादको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिएका […]

सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने संसदीय समितिको निर्णय

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने संसदीय समितिको निर्णय.

काठमाडौं । संघीय संसद अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याउने निर्णय गरेको छ। हरेक वर्ष ६र६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने कानुनी व्यवस्था गर्ने निर्णय संसदीय समितिले गरेको हो। संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीहरुको उमेर अहिले […]

मेउवासंघले धुलाबारीमा अन्तर्राष्ट्रिय औधोगिक, व्यापार महोत्सव गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेउवासंघले धुलाबारीमा अन्तर्राष्ट्रिय औधोगिक, व्यापार महोत्सव गर्ने.

मेचीनगर । मेची उद्योग वाणिज्य संघ झापाले आगामी पौषमा ९ दिवसीय तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार मेला आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही पुष ९ गतेदेखि १७ गतेसम्म धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औधोगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने तयारी गरेको हो । संघले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन […]

वार्षिकोत्सवको अवसरमा संजिवनीले गर्‍यो रक्तदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on वार्षिकोत्सवको अवसरमा संजिवनीले गर्‍यो रक्तदान.

बिर्तामोड । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५ जना महिलासहित ४३ जनाले रगत दान गरेको संस्थाका व्यवस्थापक कृष्णप्रसाद खरेलले जानकारी दिए । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम प्रमुख अतिथी झापा […]

पाँचथरमा टिपर दुर्घटना‚ चालकसहित दुईजनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पाँचथरमा टिपर दुर्घटना‚ चालकसहित दुईजनाको मृत्यु.

पाँचथर । निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रालिको बा २ ग २९२० नम्बरको टिपर चालक धादिङ घर भएका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङ रहेका छन्। हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम […]

सताक्षीधाममा फ्रि वाइफाई, एकै पटक १२ सय ५० जनाले प्रयोग गर्न सक्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सताक्षीधाममा फ्रि वाइफाई, एकै पटक १२ सय ५० जनाले प्रयोग गर्न सक्ने.

शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामा मंगलबादेखि इन्टरनेट सेवा पुगेको छ । भोली बुधबारदेखि सञ्चालन हुने १०८ कुण्डीय कोटिहवनमा आउने श्रद्धालु भक्तजनहरुलाई सहज होस भन्ने उद्देश्यले इन्टरनेट सेवा विस्तार गरेको हो । महोत्सव भरी वाईफाई फ्रि गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा आउने भक्तजनहरुले वाइफाई एक पटकमा १२५० जनालाई प्रयोग गर्न […]