झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२ गोलले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ […]
अर्जुनधारा । प्रदेश १ का नवनियुक्त प्रमुख सोमनाथ अधिकारी प्यासी आज झापा आएका छन् । उनले झापाको अर्जुनधारा र इलामको माई जोगमाईको सीमानामा रहेको सुखानी शाहदतस्थलको भ्रमण गरे । प्रदेश १ को प्रमुखमा नियुक्ति पछि आज झापा आएका उनले शहीद शहादतस्थल सुखानी र सुखानी पार्कमा रहेका शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सो अवसरमा […]
काठमाडौं । आउँदो मंसिर १४ मा मा हुने उपनिर्वाचनका आज (बिहीबार) मनोनयन दर्ता हुँदैछ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका हुन लागेको चुनावका लागि आज मनोनयन पत्र दर्ता हुना लागेको हो । आज अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र […]
कनकाई । झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ वर्षदेखि कार्यरत हरिप्रसाद तिम्सिनालाई बिना कारण क्याम्पसबाट निकालेको भन्दै विद्यार्थी र प्राध्यापकहरु आन्दोलित बनेका छन । प्राध्यापक संघका अध्यक्षसमेत रहेका तिम्सिनालाई क्याम्पस सञ्चालक समितिको वैठकमा नियमित ३ पटक अनुपस्थित भएको भन्दै निष्कासनको पत्र थमाइएको थियो । प्राध्यापक संघका अध्यक्ष क्याम्पस सञ्चालक समितिको पदेन सदस्य रहने व्यावस्था छ […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाद्वारा सञ्चालित डिपार्टमेन्टल स्टोरले दशैं, तिहार एवम् छैठ पर्वको अवसरमा उपभोक्ता आकर्षणका लागि वितरित ग्राहक कुपनको आज लक्की ड्र गरी उपहार प्रदान गरेको छ । उपभोक्ताले १५ सय रुपैयाँको सामग्री खरिदमा एउटा कुपन पाउने र लक्की ड्रमार्फत् छानिएका ६३ जनाले विभिन्न उपहार प्राप्त गर्ने व्यवस्था मिलाएको संस्थाका सहप्रवन्धक चक्रबहादुर […]
झापा । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी अभियानले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नेे बताएका छन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिप्रेक्ष्यमा अब राजनीतिक दलहरुसँग काम गरेर देखाउनमात्र बाँकी रहेकाले सहकारी अभियान यसको लागि सार्थक बन्नसक्ने उनको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाको बिर्तामोडमा आज आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा […]
काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि आज अपरान्ह राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । जसमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाई (झापा), गोविन्द कलौनी (डढेल्धुरा), र […]
विर्तामोडमा । झापा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको आइतबार भएको खेलमा नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु दर्शकको समर्थन पाएको झापा ११ एफसीमाथि शानदार जीत हासिल गर्दै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा खेलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापा ११ लाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनल खेलको यात्रा गरेको हो । […]
झापा । सूचना प्रणलीको उचित उपयोग गर्न नसक्दा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमले झापालीलाई आकर्षण गरेको पाइएको छैन । वितरण सुरू गरिएको चार महिना पूरा भए पनि राष्ट्रिय परिचयपत्र बनाउने झापालीको सहभागिताले फड्को मार्न सकेको छैन । यो अवधिसम्म आइपुग्दा नागरिकको चहलपहल भने घट्दै गएको देखिन्छ । नागरिकले यसको महत्व चाल नपाएर र प्रचार प्रसार पनि […]