विराटनगर । साविक मेची अञ्चलका पहाडी तीन जिल्लामा सडक पुगेसँगै वन मासेर बस्ती बस्ने क्रम बढ्दो छ। वन क्षेत्र हुँदै गएका सडकका दायाँ बायाँका धार्मिक क्षेत्र आसपासमा यो क्रम अझै उच्च छ। ताप्लेजुङ, पाँचथर र इलाममा यात्रु र पर्यटकलाई सेवा दिने बहानामा बसेका टहराले बजारको रूप लिएको छ भने पछिल्लो समय तीनवटै स्थानमा पक्की घर […]
काठमाडौं । झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् । उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख […]
बिर्तामोड । साना मझौला व्यवसायी सहकारी संस्था बिर्तामोडले आज एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । झापाको कन्काई नगरपालिका वडा नं ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ३४३ जनाले स्वास्थ्य परीक्षण गराएको संस्थाका अध्यक्ष देवी निरौला बस्नेतले जानकारी दिइन । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कन्काई , बिर्तामोड र अर्जुनधारा नगरपालिकाका आफ्ना […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका आज (शुक्रबार) सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । प्रनिनिधिसभा सदस्यतर्फ कास्की–२ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र […]
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले मासिक रुपमा लिंदै आएको पारिश्रमिकलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई तलव खुवाउन बनेको कानून सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चले असंवैधानिक रुपमा जनप्रतिनिधिलाई मासिक रुपमा प्रदान गरिंदै आएको पारिश्रमिक वितरण रोक्न आदेश दिएको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, […]
हामी नेपालीहरुको जीवनस्तरमा आएको परिवर्तनले हाम्रो उपभोग शैली बदलिदैछ । आयश्रोत बढेसँगै खर्च गर्ने क्षमता बढने नै भयो । सामाजिक मूल्यमान्यतामा परिवर्तन हुने नै भयो । जीवनस्तर र समाजमा आएको परिवर्तनसँगै बस्तु र सेवाको उपभोगमा धेरै खर्च हुन थालेको छ । यो स्वभाविक हो । यसरी उपभोग गरिने बस्तु वा सेवाका लागि श्रोत अर्थात आम्दानी […]
झापा । झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहवन सरकारी स्तरबाटै हुने भएको छ । महाभारतकालीन इतिहाससँग जोडिएको शताक्षीधाममा आयोजना हुन लागेको कोटिहवन सञ्चालनका लागि झापाका १५ वटै स्थानीय तह तत्पर भएपछि सरकारी स्तरबाटै कोटिहवन हुन लागेको बताइएको छ । यस अघि गोलोक गोवद्र्धन गौशालाले कोटिहवनको आयोजनाको भव्य तयारी गरेको थियो । साविकको आयोजक […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणका लागि आज (बुधबार) त्यसतर्फ प्रस्थान गरेकी छन् । विगतमा विदेश भ्रमणका लागि गाडी लिएर निस्कँदा काठमाडौंको सवारी अस्तव्यस्तै जस्तै हुने गरेको तर, यस पटक राष्ट्रपतिको सवारीले सर्वसाधरणलाई कुनै असर गरेन । भण्डारी हेलिकोप्टरमार्फत् विमानस्थलसम्म पुगेकी थिइन् । जसका कारण भीभीआइपी सवारीका कारण सर्वसाधारणले जुन सास्ती खेप्नु पथ्र्यो त्यो […]
भद्रपुर । नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० लाई लक्षित गरी हल्दीबारी गाउँपालिकाले प्रथम हल्दीबारी महोत्सवको आयोजना गर्ने भएको छ । फेरि पनि घुम्न जाउँ हल्दीबारी गाउँको नारालाई लिएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो कात्तिक ९ देखि १७ गतेसम्म महोत्सवको आयोजना गर्ने भएको हो । गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको नेतृत्वमा सोमबार बिहान लोकतान्त्रिक शहीद […]
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन्। ुमैले क्रिकेटको कप्तान […]