बिर्तामोड । यहाँस्थित मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले यो वर्षको तीज मिलन कार्यक्रम परोपकार तथा अुसन्धान केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुसँग मनाएको छ । सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त सामाजिक सेवा कार्यअनुसार मातृ भाग्यरेखा साकोसले वृद्धाश्रमका ज्येष्ठ महिलासँग तीज मिलन कार्यक्रम गरेको संस्थाको महिला समितिका संयोजक नैनकला भट्टराईले बताइन् । संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा परोपकार […]
सिक्किम (नाम्ची) । दक्षिण सिक्किमस्थित नाम्चीमा रहेको चारधाम पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषक गन्तव्यका रुपमा परिचित हुदैं गएको छ । एकै स्थानमा धेरै धामको दर्शन गर्न पाइने भएकाले पनि यहाँ भगवानको दर्शनका आउनेहरुका कारण चारधाम आन्तरिक एवम् बाह्य पर्यटकले भरीभराउ हुने गरेको छ । यो धाम सिद्घेश्वर धाममका नामले समेत परिचित छ […]
इटहरी । सुनसरी जिल्लाको इटहरीस्थित हाँसपोसाको आमा समूहले गत तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट समूहका महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ । लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिनसम्म देउसीभैलो खेलेर संकलन गरेको एक लाख पैंतालिस हजार रुपैयाँ खर्चेर आत्मनिर्भर उन्मुख तालिम दिइएको समूहकी संस्थापक अध्यक्ष कमला खड्काले जानकारी दिइन् । समूहले […]
कम्प्युटर एशोसिएसन नेपाल क्यान महासंघ झापाको आज भदौ ७ गते सम्पन्न वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका झलकहरु । सम्पन्न अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । सर्वसम्मत छानिएको क्यान झापाको उपाध्यक्षमा शुभ कुमाई पाठक, सचिव कृष्ण घिमिरे, सहसचिव रोशन बुढाथोकी र कोषाध्यक्षमा विनोद प्रधान चयन भएका छन् […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा बसोवास गर्ने आदिबासीहरुले ददीकाद खेल खलेर श्री कृष्णाअष्टमी पर्व मनाएका छन् । श्री कृष्ण जन्माष्टमीको अवशरमा खुसी साटासाट गरी ददिकाद खेल यस बर्ष पनि मनाएका हुन । ददी अर्थात दही र हिलोलाइ काद भनी दही र हिलोसँग नरिवल खेलेर यो पर्व मनाईने गरिन्छ । तराईका विभिन्न स्थानहरुमा कृष्ण भगवानको मन्दिरमा पुजाआजा […]
झापा । नेपालमा वर्षेनी हुने प्राकृतिक एवम् दैवी विपत्तीहरुमध्ये सबैभन्दा धेरै मानिसको मृत्यु चट्याङबाट हुने गरेको एक अनुसन्धानकर्ताले औंल्याएका छन् । चट्याङ कसरी पर्छ र यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विद्यावारिधि गरेका नेपालकै एकमात्र विज्ञ श्रीराम शर्माले यस्तो तथ्याङ्क बाहिर ल्याएका हुन् । स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र स्विडेनबाट शर्माले चट्याङमा विद्यावारिधि गरेका छन् […]
सिक्किम । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुने मिति नजिकिँदै गर्दा निजीक्षेत्र पनि प्रचारप्रसारमा अग्रसर भएको छ । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्रायाउने महत्वकांक्षी योजना अघि सारेकाले सो को कार्यान्वयनका लागि पर्यटन व्यवसायी पनि सक्रिय भएका हुन् । सोही प्रयोजनका लागि ट्राभल संघ झापाको अग्रसरतामा […]
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ । नेता नेपालले सहयोगी नगर सामुदायिक समाजद्वारा शुक्रबार आयोजित कार्यक्रममा कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो । विषयवस्तुमाथिको […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताएकी छन् । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्रालयले मर्जर अभियान थालेको बताउँदै क्षेत्र, भेग, कामको प्रकृति […]
काठमाडौं । मिर्गौलाको क्षमता बढाउने उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिंगापुर प्रस्थान गरेका छन् । ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको सबै उपचार नीजि खर्चमै हुने सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता […]