Sajhamanch Archive

भन्सार अधिकृतसहित १५ जनाविरुद्ध ४८ करोड राजश्व छलीको मुद्दा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भन्सार अधिकृतसहित १५ जनाविरुद्ध ४८ करोड राजश्व छलीको मुद्दा.

काठमाडौं । हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य मुख्य कारोबारी वनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध ४८ करोड राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनको मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले उनीहरुविरुद्ध ४७ करोड ८९ लाख विगो माग दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दर्ता गरिएकाहरुमध्ये चार जना सरकारी कर्मचारी […]

इलाममा नयाँ पर्यटकीय गन्तब्यः स्वागत झरना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलाममा नयाँ पर्यटकीय गन्तब्यः स्वागत झरना.

इलाम । इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । प्रदेश नम्बर १मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा लिने गरिन्छ । इलामको बिभिन्न स्थानमा रहेका पर्यटकीय गन्तब्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह््रैमास पर्यटक आउने गरेका छन् । इलामको प्राकृतिक सौन्दर्य, सूर्योदयको दृष्य अवलोकन, वाताबरण, कृषि उत्पादन, लोपोन्मखु तथा आदिवासी […]

झापामा बोटलिङ गरिएका अधिकांश पिउने पानी न्यून गुणस्तरका

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा बोटलिङ गरिएका अधिकांश पिउने पानी न्यून गुणस्तरका.

बिर्तामोड । पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशतसम्म हुनुपर्नेमा झापाका केही उद्योगले उत्पादन गरेको पानीमा पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ । आज बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमूना संकलन गरी पिएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो । ‘पिउने पानीको गुणस्तर: अवस्था र […]

रवि लामिछानेलाई थप २० दिन हिरासतमा राख्न माग, अदालतमा बहस जारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on रवि लामिछानेलाई थप २० दिन हिरासतमा राख्न माग, अदालतमा बहस जारी.

चितवन। चितवन प्रहरीले चितवन जिल्ला अदालतसँग रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान पूरा नभएको जनाउँदै उनीहरुलाई थप अनुसन्धानको लागि २० दिन हिरासतमा राख्न माग गरेको छ । सरकारी वकिल कार्यालयमार्फत प्रहरीले यस्तो माग गरेको हो । यसअघि शुक्रबार यी तीनै जना अभियुक्तलाई अदालत पेश गरिएको थियो । शुक्रबार थुनछेकको बहसपछि अदालतले ५ दिन […]

सिम्रिक साकोसमा कर्मचारीसँग वार्षिक बजेटमाथि समीक्षा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसमा कर्मचारीसँग वार्षिक बजेटमाथि समीक्षा.

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा आफ्ना कर्मचारीहरुका लागि उत्प्रेरणामुलक समीक्षा गोष्ठी गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आर्थिक वर्ष २०७५/०७६ का लागि निर्धारित लक्ष्य र भए गरेका वित्तीय प्रगतिको समीक्षा गरिएको हो । त्यस्तै चालू आर्थिक वर्षका लागि कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका एवम् वित्तीय सूचांक […]

“यो राइनो हैन गैंडा हो” यसको मौलिक नाम नबिगारौंः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on “यो राइनो हैन गैंडा हो” यसको मौलिक नाम नबिगारौंः प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन्। एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताए । “अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र […]

डेंगु नियन्त्रणका लागि प्रदेश १ सरकारले विद्यार्थीकेन्द्रित अभियान सञ्चालन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डेंगु नियन्त्रणका लागि प्रदेश १ सरकारले विद्यार्थीकेन्द्रित अभियान सञ्चालन गर्ने.

विराटनगर । डेंगु रोग नियन्त्रण गर्न एक नम्बर प्रदेश सरकारले परिवार र विद्यार्थी केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न तरिका अपनाएर जनचेतना जगाउने प्रयास गर्दा पनि डेंगु रोग नियन्त्रण हुन सकेन नसकेपछि अब विद्यार्थी र परिवारलाई केन्द्रित गरेर प्रदेश सरकारले अभियान सञ्चालन गर्ने भएको हो । पछिल्लो पटक सुनसरीको धरानबाट फैलिएको डेंगु रोग […]

झापा स्पोर्टस् अवार्ड असोज दोस्रो साता

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापा स्पोर्टस् अवार्ड असोज दोस्रो साता.

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न पहिलो बैठकले अवार्डको निर्णय गरेको हो । अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ । मञ्चले विगत दुई वर्षयता […]

आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री.

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उनले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताए । केहीले प्रधानमन्त्री लगलग/लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उनले भने , […]

संजिवनीको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on संजिवनीको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम.

बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका शिक्षा उपसमिति संयोजक तारा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अडानका झापा जिल्ला सल्लाहकार संयोजक हरिकिशोर आचार्य रहेका थिए । संस्थाका अध्यक्ष याम कुमार चुडालले साकोसको संक्षिप्त परिचय साथै आर्थिक वर्ष २०७५/०७६ को प्रगति सहित […]