काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर भत्किएका छन् । केही घर पुरै पुरिएका छन् । पहिरोको कारण २ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी नायब निरीक्षक ( सई) बद्री नेपालीले जानकारी दिए । सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय […]
मेचीनगर । सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पाठेघर (आङ खस्ने) रोगीहरूका लागि ल्याएको निःशुल्क शल्यक्रिया अन्तर्गतको दुईलाख बढी रकम फ्रिज भएको छ । सरकारले स्वास्थ्यकेन्द्रमा यसको निःशुल्क शल्यक्रिया तथा औषधीको व्यवस्था गरेको छ । शल्यक्रिया गरेका र बिरामीका कुरुवालाई समेत सरकारले निःशुल्क खानपिनको व्यवस्था गरेको छ । सरकारले पाठेघर खस्ने महिलाहरूलाई लक्षित गरी ल्याएको कार्यक्रम […]
विराटनगर । प्रदेश नम्बर १ सरकारले माटो परीक्षण गर्ने घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको छ । साउनदेखि प्रदेश सरकारले बसमा जडान गरिएको २ वटा घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको हो । माटो तथा मल प्रयोगशाला झुम्का र सुरुङ्गाबाट घुम्ती प्रयोगशाला सञ्चालामा ल्याएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रयोगशालाले गाउँ–गाउँ पुगेर कृषकको चाहाना अनुसार माटो […]
बितामोड । बिर्तामोडस्थित स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्प्रिङडेलका प्रिन्सिपल निरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई होटल म्यानेजमेन्ट विषयका विविध आयामहरुबारे जानकारी दिइएको थियो । मनकामना माविमा यसै वर्षदेखि कक्षा ११–१२ मा थप गरिएको होटल म्यानेजमेन्ट विषयका बारेमा […]
बिर्तामोड । उत्पादन र गुणस्तर दुवैमा विश्वको नम्बर एक नेपाली अलैंचीको विश्व बजारीकरणमा ध्यान दिन नसक्दा भारत र भूटानका उत्पादनले चुनौती दिन थालेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । विश्व बजारसम्म नेपाली व्यवसायीको पहुँच स्थापित हुन नसक्ता भारतीय ब्यापारीहरुलाई बेच्नु परेकाले विश्वकै गुणस्तरीय बस्तुले पनि उचित मूल्य र बजार पाउन नसकेको हो । अझ […]
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराईले विहिबार बिहान भोलिपल्ट पुगेर पेरीसडाडाँमा पुगेर शहीदहरुको स्मारकमा माल्यार्पण गरेका हुन् । पेरिस डाँडामा जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा भट्टराईले फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे । तत्कालीन […]
काठमाडौँ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हाल्नुअघि मन्त्री योगेशलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरे । त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतले बताएअनुसार नवनियुक्त मन्त्री भट्टराईले आजै शपथग्रहण गर्नेछन्। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते उपचारका लागि सिंगापुर […]
झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था मंगलबारदेखि ८औं वर्षमा प्रवेश गरेको छ । सात वर्षे सञ्चालन अवधिमा सो संस्था प्रदेश १ का सहकारीमाझ उत्कृष्ट सूचीको १०औं मध्येमा पर्न सफल भएको सो अवसरमा जनाइएको छ । झापामा सञ्चालित सहकारीमध्ये छोटो समयमा प्रगति गरेको हाम्रो नेपाल प्रदेश कै गणनामा पर्ने सहकारी बन्न सकेको झापा […]
झापा । पूर्वप्रधानमन्त्री तथा नेकपालका बरिष्ठ नेता झलनाथ खनालले मिडियामा आए जस्तो स्कुल बिभागको बारेमा कुनै बिवाद नभएको बताएका छन् । प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा खनालले स्कुल बिभागको जिम्मेवारी पार्टी चाँडै टुङग्याउने बताए । नेकपाका वरिष्ठ नेता खनालले स्कुल बिभागका लागि नेकपाका ईश्वर पोखरेल, नारायण काजी र झलनाथ खनाल लगायत धेरै नेता […]