Sajhamanch Archive

झापाका उद्योगी व्यवसायी अन्यौल मै !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापाका उद्योगी व्यवसायी अन्यौल मै !.

झापा । सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनमा व्यवहारिक कठिनाई देखा परेको भन्दै झापाका उद्योगी व्यवसायीले निकास खोजिदिन सरकार समक्ष सुझाव राखेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आइतबार भद्रपुरमा भएको श्रम नीति तथा ऐन कानून विषयक छलफल गोष्ठीमा सहभागी उद्योगीहरुले के गर्ने […]

मेची भन्सार कार्यालयः मुद्धा फस्र्याेटबाट मात्रै ३ करोड बढी राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सार कार्यालयः मुद्धा फस्र्याेटबाट मात्रै ३ करोड बढी राजस्व संकलन.

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका मुद्घा फस्र्याेटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ बाट सरी आएका १७ तथा वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका ५ सय ३२ गरी कुल ५ सय ४९वटा मुद्घामध्ये ५ सय ३० वटा […]

कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने.

काठमाडौं ।  नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा. जगदीशचन्द्र पोखरेलको […]

पाङ्ग्रे भीरमा पहिरो, मेची राजमार्ग अवरुद्ध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पाङ्ग्रे भीरमा पहिरो, मेची राजमार्ग अवरुद्ध.

पाँचथर। फाल्गुनन्द गाउँपालिका–३, पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग खुलाउन सकिएको छैन। बिहीबारदेखि नै पहिरो झरिरहेको र झरेको पन्छाउँदा पनि फेरि झर्ने अवस्था रहेकाले राजमार्ग सञ्चालनमा आउन नसकेको हो। पहिरो पन्छाउन भन्दै पहिरोग्रस्त क्षेत्रमा स्काभेटर, लोडरलगायतका सामान पुर्‍याइएको छ। तर अलिकति पन्छाउने बित्तिकै पहिरो झर्ने गरेको छ। पहिरोग्रस्त क्षेत्रमा पाखा नै बगेर झर्ने […]

कर्णाली साकोसमा शक्ति पृथकीकरणको सिद्धान्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसमा शक्ति पृथकीकरणको सिद्धान्त.

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षका लागि जिल्लाका १७ वटै सेवा केन्द्रमा व्यवस्थापन उपसमिति गठन गरी आजदेखि कार्यभार दिएको छ । आज बिर्तामोडमा आयोजित व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्यहरुको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममार्फत् सेवा केन्द्र सञ्चालनको कार्यादेशसहित मनोनयन पत्र प्रदान गरिएको हो । संस्थाका अध्यक्ष […]

बन्दको अवज्ञा गरेको भन्दै झापामा बस तोडफोड

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on बन्दको अवज्ञा गरेको भन्दै झापामा बस तोडफोड.

विर्तामोड । बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बस तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको सूर्योदय यातायातको बस तोडफोड भएको हो। तीन वटा मोटरसाइकलमा माक्स […]

मेची भन्सार कार्यालयले राजस्व संकलनमा बार्षिक लक्ष्य पुरा गर्न सकेन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सार कार्यालयले राजस्व संकलनमा बार्षिक लक्ष्य पुरा गर्न सकेन.

मेचीनगर । अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ मा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ मा १५ प्रतिशत कम राजस्व असुली गरेको छ । भन्सार अधिकारीहरुका अनुसार लक्षित राजस्व संकलन नहुनुको मुख्यः कारण भारतको कोलकत्ताबाट यो नाकाहँुदैं भित्रने कोइला, क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेय पदार्थमा […]

‘खेलकुदमा नपत्याएको नेतृत्वले काम गरेर देखायो’

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘खेलकुदमा नपत्याएको नेतृत्वले काम गरेर देखायो’.

बिर्तामोड । झापा जिल्ला खेलकुद विकास समितिले आजदेखि बिर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु गरेको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले सोको जानकारी गराउन तथा काता र कुमुतेजस्ता प्राविधिक प्रदर्शनीहरुलाई समयानुकूल बनाउन टेक्निकल सेमिनार गरिएको उपाध्यक्ष प्रशान्त भण्डारीले बताएका छन् । आज साउन ३ गतेदेखि ५ गतेसम्म सञ्चालित समर क्याम्पमा ब्राउन बेल्ट […]

मोफसलको टप कोरियोग्राफरमा जिताउन प्रणितको भोट अपील

Published: in टिप्स/जानकारी, मुख्य समाचार by . Leave a Comment on मोफसलको टप कोरियोग्राफरमा जिताउन प्रणितको भोट अपील.

झापा । मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेशनलले आयोजना गरेको फेशन मोडल अवार्डमा मोफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् । आगामी साउन २३ गते काठमाडौंमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी पर्न सफल भएका हुन् । बिगत पाँच वर्षदेखि झापामा इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन गर्दै आएका प्रणितले अवार्ड जित्नका लागि भोटको अपील […]

मेचीनगरमा कालाजारको रोगी फेला, कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरमा कालाजारको रोगी फेला, कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान सञ्चालन.

झापा । झापाको मेचीनगर—१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा […]