Sajhamanch Archive

मोरङको पथरीमा सवारी दुर्घटना, २ को मृत्यु ३० घाइते

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङको पथरीमा सवारी दुर्घटना, २ को मृत्यु ३० घाइते.

मोरङ। मोरङको पथरी शनिश्चरेमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोरङको रमाईलोबाट झापाको काँकरभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिक भ्यानलाई ठक्कर दिएर सडकमा पल्टिँदा नाम तथा वतन नखुलेका एकजनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ । दुर्घटनामा ३० जना घाइते […]

एनएमसीमा मेहेन्दी कार्यक्रम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा मेहेन्दी कार्यक्रम.

बिर्तामोड । महिला सदस्य संख्या अधिक रहेको सहकारी संस्था एनएमसीले नयाँ आर्थिक वर्षको पहिलो दिन मेहेन्दी कार्यक्रमबाट सुरु गरेको छ । संस्थाका सञ्चालक सदस्य सिता श्रेष्ठको अध्यक्षतामा बिर्तामोड कार्यालयमा आयोजित मेहेन्दी कार्यक्रममा संस्थाका ६० जनाभन्दा बढी महिला सदस्यले मेहेन्दी लगाउने सीप पनि सिकेका छन् । बिर्तामोड कार्यालय प्रमुख पारसचन्द्र भट्टराईले सञ्चालन गरेको मेहेन्दी कार्यक्रमको उद्घाटन […]

झापाको कचनकवलमा ४७ करोड ६० लाख बजेट, कक्षा १२ सम्म निशुल्क शिक्षा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापाको कचनकवलमा ४७ करोड ६० लाख बजेट, कक्षा १२ सम्म निशुल्क शिक्षा.

कचनकवल । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक स्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजश्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार रुपैयाँको आय अनुमान गरिएको छ । यस्तै, शसर्त अनुदान […]

काँकरभिट्टाबाट धेरै विदेशी नेपाल छिरे, राजश्व बढ्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, by . Leave a Comment on काँकरभिट्टाबाट धेरै विदेशी नेपाल छिरे, राजश्व बढ्यो.

मेचीनगर । अध्यगमन कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७५/०७६ मा कूल एक करोड १९ लाख ५० हजार २१२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । पूर्वी नाका भएर पैदलमार्ग हुँदै नेपाल घुम्न आउने विदेशीको संख्या बढेसँगै राजश्वमा समेत उल्लेख्य वृद्घि भएको हो । नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमति पत्र (भिजा) जारी गरेवापत कार्यालयले उक्त रकम […]

साउने संक्रान्ति पर्वसँगै शिवालयहरुमा मेला सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउने संक्रान्ति पर्वसँगै शिवालयहरुमा मेला सुरु.

झापा । आज साउन १ गते, देशभर साउने संक्रान्ति पर्व मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन […]

झापाको सैनिक बन्यो मुख्यमन्त्री कप च्याम्पियन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापाको सैनिक बन्यो मुख्यमन्त्री कप च्याम्पियन.

धरान । सैनिक युथ क्लब, झापा मंगलबार सम्पन्न मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको विजेता बनेको छ । उपाधि जित्ने क्रममा झापाले फाइनलमा बेलबारी एफसी, मोरङलाई २-१ ले हरायो । सैनिक युथ क्लब झापाका रेजिन माझीले खेल सुरु भएको १ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलमा पछि परेका बेलबारी एफसी […]

पहिलो हाफमा झापालाई १ गोलको अग्रता

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on पहिलो हाफमा झापालाई १ गोलको अग्रता.

धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ सकिँदा सैनिक युथ क्लब झापाले अग्रता लिएको छ । विपक्षी बेलबारी एफसी मोरङविरुद्ध झापाले १–० गोलले अग्रता लिएको हो । झापाका लागि रेजिन माझीले खेलको २ मिनेटमै गोल गरेर अग्रता दिलाएका हुन् । फाइनल विजेता टिमले नगद ५ लाख पाउनेछ । […]

‘खलासी जस्तो’ भएर आउने भन्दै प्रिन्सिपलले कुटे शिक्षक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘खलासी जस्तो’ भएर आउने भन्दै प्रिन्सिपलले कुटे शिक्षक.

भोजपुर। भोजपुरका एक शिक्षक आफ्नै प्रिन्सिपलबाट कुटिएका छन् । सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि कुटपिट गरेका हुन् । आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी गरिरहेका बेला आफूलाई प्रिन्सिपल आलेले आफ्नै चेम्बरमा बोलाएर टाइ र कोट किन नलगाएको भन्दै कुटपिट […]

कमल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण, दर्जन बढी कर्मचारी पुरस्कृत र विदाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण, दर्जन बढी कर्मचारी पुरस्कृत र विदाई.

कमल । झापाको कमल गाउँपालिकाले सोमबार एक कार्यक्रमकको आयोजना गरी आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभा सदस्य अर्जुन राईले गाउँपालिकाले तयार पारेको बजेट, नीति तथा कार्यक्रम समेटिएको पुस्तक सार्वजनिककरण गरेका हुन् । गाउँपालिकाले ६१ करोड ७९लाख २१ हजार रुपैयाको बजेट सार्वजनिक गरेको हो । बजेटमा […]

सचिवालयको विस्तारित बैठकमार्फत् एनएमसीले माग्यो सुझाव

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सचिवालयको विस्तारित बैठकमार्फत् एनएमसीले माग्यो सुझाव.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमाथि आइतबार आयोजित सचिवालय समितिको विस्तारित बैठकमा छलफल चलाएको छ । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थापनाको २६औं वर्षमा यात्रारत एमएमसीले आफ्नो बहुव्यवसायलाई कसरी उन्नत बनाउने र सदस्यलाई समृद्धिको बाटोमा कसरी अग्रसर गराउनेजस्ता विषयमाथि […]