काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, […]
एनएमसीको नयाँ नेतृत्वलाई सपथसहित पदभार हस्तान्तरण झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद वडालले सहकारी ऐेन २०७४ संशोधनको आवश्यकता देखिएकाले सोको तयारीमा रहेको बताएका छन् । व्यवस्थापिका संसदबाट सहकारीकर्मीहरुले सोचेअनुुसारको ऐन बनाउन नसकिएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता खड्किएको अध्यक्ष बडालले बताएका हुन् । आइतबार झापाको बिर्तामोडमा आयोजित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को पद हस्तान्तरण तथा […]
काठमाडौं । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरिएको हो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् […]
दोस्रो टी – २० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एकै ठाउँमा मर्ज भएपछि पहिलो पटक भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम शुरु भएको छ । आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्म जयन्तीका अवसरमा शनिबार झापाको मेचीनगरमा प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको वृहत साहित्य गोष्ठी सम्पन्न गरेको हो । प्रतिष्ठानले तीन दिन भानु जयन्ती मनाउने निर्णय […]
क्वालालम्पुर । मलेसियाविरुद्ध टी–ट्वीन्ट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले ७ विकेटले जीत हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई उसैको मैदानमा हराएको हो । मलेसियाको किनरारा मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ […]
दमक । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगर पालिकाको शुक्रबार भएको नगर सभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख साथै बजेट […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संविधान, ऐन, कानून र अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानून निर्माण गर्ने बताएकी छन् । मन्त्री अर्यालले देशभर १४ हजारभन्दा बढीको संख्यामा रहेका बचत तथा ऋण सहकारीहरूलाई व्यवस्थित गर्न छुट्टै कानून निर्माण गर्ने घोषणा गरेसँगै यसको बारेमा छलफल […]
झापा। देशभरका २५ जिल्लामा भारी वर्षा भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भारी वर्षात् भए पनि जिल्लामा आपतकालीन अवस्था नआएको बताएका छन् । ‘यद्यपी झापाको दक्षिणी बेल्टमा वाटर लक भएको छ, तर पानी गाउँ पसेको छैन’ सभापति ढकालले भनेका छन् । पहाडमा पानी परेमात्र झापाको नदीमा पानीको वहाव बढ्ने र बाढीको […]
बिर्तामोड । निर्माणाधिन बिर्तामोड–चन्द्रगढी सडकको बिर्ताबजार खण्डमा सडक सीमाभित्र परेर घर भत्काएका थप सातजना घरधनीहरुले आज क्षतिपूर्ति पाएका छन् । सडक सीमाभित्र घर टहरा परेकाले आफैं भत्काउने ७ जना घरधनीहरुले दोस्रो चरणमा एक करोड ३२ लाख ७३ हजार ७६३ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । यसअघि पहिलो चरणमा ६ जनाले ४४ लाख ७ हजार ५७२ रुपैयाँ […]