काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज आइतबार सुरु हुँदैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा छलफल हुने एजेण्डा बनाइएको छ । बैठकमा पार्टीको संशोधित […]
काँकरभिट्टा । यहाँस्थित चर्चित सामाजिक संस्था नाइट चेस क्लबको १३औं अधिवेशनबाट राजु कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको प्रथम उपाध्यक्ष रहेका कार्कीको नेतृत्वमा कार्यसमिति चयन गर्ने सहमति भएको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र बुढाथोकी, द्वितिय उपाध्यक्षमा बाबुराम विष्ट, महासचिवमा अशोक राई, सचिवमा विमला देवकोटा तथा कोषाध्यक्षमा मणिकुमार लिम्बू सर्वसम्मत चयन […]
भद्रपुर । नगर क्षेत्रका पत्रकारलाई लक्षित गर्दै भद्रपुरमा सञ्चालित पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण शनिबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा प्रेस क्लब भद्रपुरको आयोजनामा तालिम कार्यक्रम सम्पन्न भएको हो । नगर क्षेत्रमा बसोबास गरी विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कर्मचारी र जनप्रतिनिधि गरी ४० जनाले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका […]
दूधे । पछिल्लो समय शहरी क्षेत्रमा भौतिक निर्माणको काममा वृद्धि भएसँगै खुला तथा शान्त वातावरण घट्दै गइरहेको छ । बढ्दै गएको बजारीकरणसँगै बालबालिका खेल्ने खुला ठाउँको आवश्यकता महशुस हुन थालेको छ । झापाको विभिन्न पर्यटकीय स्थलहरुमा बालबालिका लागि शान्त तथा खेल्ले पार्कहरुको निर्माण हुन थालेको छ । बालबालिकाहरुलाई मध्यनजरर गर्दै शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखमा निर्माणाधिन […]
भद्रपुर । झापा कारागारको सुरक्षार्थ खटिएका प्रहरी पदीय आचरण विपरित महिला हिंसामा लाग्ने गरेको पाइएको छ । कैदीबन्दी भेट्न आउने महिलाहरूलाई कारागार सुरक्षार्थ खटिएका प्रहरीले यौनिक हिंसात्मक नजरले हेरेर पीडा थप्ने काम गरेको आरोप लागेको हो । चन्द्रगढीस्थित झापा कारागारमा थुनुवा तथा कैद भुक्तान गरिरहेका व्यक्तिलाई भेट्न आउने आफन्त युवती तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने […]
बिर्तामोड । बिर्तामोड १ स्थित मनकामना माद्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ र १२ मा कानून विषयको पठनपाठन सुरु गरेको छ । ‘मनकामना स्कूल अफ ल’ को नामबाट ७०० पूर्णाङ्कको पठनपाठन हुने भएको हो । ‘एजुकेशन फर कल्चर एण्ड डिग्निटी’ लाई मूल मन्त्र बनाएर बिर्तामोडमा २० वर्षदेखि छुट्टै विशेषताका साथ शैक्षिक सेवा प्रवाह गरिरहेको मनकामनाले […]
काँकरभिट्टा । आगामी आर्थिक वर्ष २०७६।०७७ देखि सरकारले अनिवार्यरुपमा लागू गर्न लागेको ‘वेभमा आधारित ढुवानी प्रणाली’का विषयमा विहीबार झापाको मेचीनगरमा जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । साउन १ गतेदेखि लागू हुने ‘वेभमा आधारित ढुवानी प्रणाली’का बारेमा सरोकारवालाहरुसँग छलफल भएको थियो । असार मसान्तसम्ममा निर्यातकर्ताहरुले यो प्रणाली प्रयोग गरेर साउनबाट लागु गर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् […]
काँकरभिट्टा । दुईसातादेखि पूर्वीनाका हुँदै भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको छ । २ असारमा उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र आयात गर्नुपर्ने व्यवस्था गरेपछि यो नाकाबाट तरकारीको आयात शुन्य […]
काठमाडौं । स्थानीय तह कर्मचारी युनियन, नेपालले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । युनियनको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाले जारी गरेको १४ बुँदे काठमाडौं घोषणा पत्रमा वर्षौदेखि स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिने उल्लेख गरिएको हो । […]
काँकरभिट्टा । ३६ वर्षीय वाङ्दा शेर्पाको परिचय यतिखेर सर्लक्कै फेरिएको छ । कुनै बेला लागुऔषधको कुलतमा थिए उनी । त्यसवेला समाजले उनीप्रति हेर्ने दृष्टिकोण कहिल्यै सकरात्मक बनेन् । समाजमा राम्रा राम्रा काम गरेर यो लागुऔषधको कुलतमा फसेर विगारेको आफ्नो परिचय बद्ल्न चाहान्थे शेर्पा । तर समाजले उनको यो कुरालाई कहिल्यै पत्याएन् । यस कुराले कहिले […]