झापा । राष्ट्रिय खेलकुद परिषदले नियुक्त गरेको सितोरियो करातेका राष्ट्रिय प्रमुख प्रशिक्षक मदन उप्रेतीलाई झापाका कराते खेलाडीहरुलाई सम्मान गरेका छन् । आज बिहान महेन्द्ररत्न डोजो बिर्ताबजार र सुरुङ्गा डोजोमा तालिमरत ससना प्रशिक्षार्थीहरु, प्रशिक्षकसहित डोजो व्यवस्थापन समितिले फूलगुच्छा, खादा अबिरसहित प्रमुख प्रशिक्षक उप्रेतीलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै प्रमुख प्रशिक्षक उप्रेतीले यही भूगोलबाट आफूले […]
भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिहीबार झापाका उद्योगी–व्यवसायीसँग आर्थिक विधेयक २०७६ का प्रावधान सम्बन्धी छलफल गरेको छ । झापा उद्योग संघको आयोजनामा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले आर्थिक विधेयक २०७६, आयकर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क करसम्बन्धी जारी गरिएका नयाँ प्रावधानका विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो । अन्तरक्रियामा उद्योगीहरुले विधेयकमा उल्लेखित कतिपय प्रावधान व्यावहारिक रुपमा […]
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहिलो […]
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राखे । उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा […]
झापा । सन् २०१९ को जुन महिना सम्ममा झापाका २६ जना डेंगु ज्वरोबाट संक्रमित भएका छन् । पहिले पहिले अगष्ट महिना पछिमात्र डेंगु ज्वरोका रोगी भेटिने गरेको भए पनि यो वर्ष हिउँदबाटै रोग फैलिएको हो । जनस्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन जीवन चौंलागाईंले यो वर्ष आजसम्मको तथ्याङ्कमा २६ जना डेंगु ज्वरोका कारण प्रभावित भएको […]
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खुला सिमानाका कारण लागु औषधको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको बताएका छन् । बुधबार लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै प्रमुख आचार्यले यस्तो […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले चौथो नगरसभा मंगलबार सम्पन्न गरेको छ । नगरपालिकाले आगामी २०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा गरेको हो । नगरले आउँदो आवका लागि ८७ करोड ५४ लाख बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका […]
काठमाडौं । सरकारले गुठी विधेयक २०७५ संसदबाट फिर्ता लिएको छ ।राष्ट्रियसभाको मंगलबार बसेको बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले राखेको गुठी विधेयक २०७५ लाई फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा फिर्ता भएको छ । नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा सञ्चालन नियमावलिको नियम १ सय […]
झापा । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई आजदेखि तीन दिनसम्म देवानी संहिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा नारी सञ्चार गृह झापाले तालिमको आयोजना गरेको हो । गृहका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आज बिहान नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले तालिमको उद्घाटन गरिदिए । नगरपालिकाकै आर्थिक सहयोगमा पत्रकारको संस्थाले आयोजना गरेको […]
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य निरु परियारको बाल्यकालमा बिहान र बेलुका खानको लागि त्यति दुख नभए पनि विवाह पछिका शुरुवाती दिनहरुमा उति खुसी मिलेन । कक्षा १० मा पढ्दै गर्दा विवाह गरेकी निरुलाई विवाह पछि दुई छाक खान र एकसरो लगाउन निकै धौधौ भएको अझै झल्झली सम्झना आउँछ । त्यतिखेरका दिनमा पेटभर खाना खाएको उनलाई त्यति […]