बिर्तामोड । शनिवार साझ बिर्तामोडमा एक बालिका भागेर अपहरण हुनबाट बचेकी छ्न । बिर्तामोड – ४ बस्ने ८ वर्षीय एक बालिका भागेर अपहरण मुक्त भइन । घरमुनि सडकमा खेलिरहेको अवस्थामा एक जना ब्यक्तिले बालिकालाई फिरफिरे चकलेट किन्दिने भन्दै फकाइ फुलाइ बिर्तामोड पश्चिम बस स्टयाण्ड पुर्याएका थिए। बिर्तामोडस्थित होटल बिनायक पछाडिबाट बालिकालाई अपहरण गरि लगिएको थियो […]
बिर्तामोड । मेरो रेडियो शनिश्चरेको प्रबन्ध निर्देशक, पत्रकार कुमार भट्टराईले लेखेको नविनतम् कृति अश्वत्थामाको आज विमोचन गरिएको छ । विर्तामोडमा आयोजित विमोचन समारोहमा साहित्यकार गणेश रसिकसहित लेखक भट्टराईले अश्वत्थामा उपन्यासको विमोचन गरेका हुन् । विमोचन चरणमा अग्रज पत्रकार चन्द्र भण्डारी तथा साहित्यकार मिश्र बैजयन्तीले साथ दिएका थिए । पत्रकार तथा साहित्यकार भट्टराईको यो छैठौं कृति […]
भद्रपुर । झापामा धान सुपरजोन मार्फत कृषिमा आधुनिकीकरण गर्दै यान्त्रिकीकरणको सफल प्रयोग गरेपछि व्यवसायिक धान खेती शतप्रतिशत बढेको छ । तर अबैध रूपमा भारतबाट भित्रिने धानका कारण नेपाली किसानको उत्पादन झापाली धानले मूल्य नपाउँदा समस्यामाको चाङ थुपरिन पुगेको छ । नेपाली कृषि उपज सरकारले नकिन्ने र व्यापारीले भाउ नदिएपछि सुपरजोन क्षेत्रका किसानले फलाएको धानले मूल्य […]
झापा । राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाले आफ्ना सदस्य सहकारी संस्थाहरुसँग आज बिर्तामोडमा अन्तरक्रिया गरेको छ । बैंकका सञ्चालक तथा एक नम्बर प्रदेश इन्चार्ज महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा बैंकको परिचय, लक्ष्य, उद्देश्य तथा वित्तीय कारोबार बारे बिर्तामोड शाखा प्रमुख मुना घिमिरेले प्रस्तुति गरेकी थिइन् । मुलुकभरका १० हजार ९०७ वटा सहकारी संघ–संस्था शेयर सदस्य […]
काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् । अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने जानकारी दिए । “योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो” […]
धादिङको गल्छी गाउँपालिका वडा नं ६ माँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का […]
झापा । सिमित स्रोत, साधन र जनशक्तिका बावजुत पनि भद्रपुर भन्सार कार्यालय झापाले १० महिनाको लक्षित राजस्व भन्दा बढी नौ महिनामै पुरा गरेको छ । यस अघि मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको भद्रपुर भन्सार कार्यालय ९ महिना अघिमात्र मुख्य भन्सार कार्यालयको रुपमा स्थापित भएको हो । २०७५ भदौ १९ गते अर्थमन्त्री […]
सर्लाही । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ताको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको प्रदेश–२ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए […]
काठमाडौ । सरकारले संसदमा प्रस्तुत गरेको गुठी ऐनविरुद्धको आन्दोलन अझै नरोकिने प्रष्ट भएको छ । सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ तरपनि आन्दोलन झनै चर्किरहेको छ । कारण के होला भन्ने सबैमा थियो । यही बेला राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जारी आन्दोलनलाई नरोक्ने बताउँदै कारण खुलाएको छ । समितिले उक्त विधेयक ल्याउने भूमिसुधारमन्त्री पद्मा […]
धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ । कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ […]