विराटनगर । आर्थिक वर्ष २०७६/७७को बजेट महत्वकांक्षी भएपनि उद्योग तथा व्यबसाय क्षेत्रको लागि भने सकरात्मक रहेको सरोकारवालाहरुले बताएका छन् । बजेट वक्तव्य लगत्तै मोरङ व्यापार संघमा संक्षिप्त प्रतिकृया दिदै उद्योगीहरुले यस्तो बताएका हुन् । नेपालमै उत्पादन हुने बस्तु आयातमा थप कर, कच्चा पदार्थमा भन्दा निर्मित सामाग्रीमा कर बढि लगायतका कारणले उद्योग व्यबसाय प्रर्वद्धनमा सहयोग पुग्ने […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताएका छन् । बुधबार गणतन्त्र दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् । उनले भने गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै अघि बढ्न पनि सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन । हाम्रा सम्पूर्ण पाइला […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गरे । उक्त क्रममा ओलीले विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गर्दै गणतन्त्रको परिभाषा दिँदै व्याख्या गर्ने प्रयास गरे । प्रधानमन्त्री ओलीको सम्वोधनमा गणतन्त्र भनेको जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्थाका रुपमा चित्रण […]
बिर्तामोड । अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि उत्कृष्ट शैक्षिक परामर्श दिँदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले यहाँ एक दिने वृहत सेमिनार आयोजना गरेको छ । एक्सपर्टका बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाका अनुसार यही जेठ १९ गते कार्यालय परिसरमा नै सेमिनारको आयोजना गरिएको हो । उक्त सेमिनारमा सहभागी हुन आउने विद्यार्थी र अभिभावकहरुलाई अष्ट्रेलियाका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएकका छन् । गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवम् सुरक्षा हो ।’ प्रधानमन्त्रीले आफ्नो सन्देशमा […]
बिर्तामोड । झापामा स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षका लागि बनाइने नीति, कार्यक्रम तथा बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिइने बताएका छन् । स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था र दायित्वका विषयमा जनप्रतिनिधिहरुले मंगलबार बिर्तामोडमा आयोजित छलफलमा यस्तो प्रतिवद्धता जनाएका हुन् । आगामी दिनमा अझ प्राथमिकताका साथ यस्ता सवालमा सम्बोधन गर्ने उनीहरुको प्रतिवद्धता […]
काँकरभिट्टा । अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु भएपछि चार दिनदेखि भारतको पश्चिम बंगलास्थित पानीट्याँकी भन्सारमा रोकिएका तेलवाहक नेपाली ट्याङकरहरु मंगलबार विहानदेखि नेपाल प्रवेश गरेका छन् । यो सँगै केही समयअघि पूर्वमा देखिएको पेट्रोलियम पदार्थको अभाव टरेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल […]
भद्रपुर । सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घुस रकमसहित दुईजना कर्मचारी आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार घुस रकमसहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । अख्तियारबाट खटिएका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले कार्यालय प्रमुख मण्डल […]
दूधे । झापाको दूधेमा केही बेर अघि शंकास्पद बस्तु फेला परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी न.पा. ९ स्थित झरना पुल छेउमा उक्त शंकास्पद बस्तु फेला परेको हो । पुलको पूर्वी मुखमा खतरा लेखिएको बस्तु फेला परेपछि यहाँको जनजिवन आतंकित बनेको छ । उक्त बस्तु देखेपछि राजमार्गमा कुनैपनि यातायातका साधन चल्न सकेका छैनन् […]
बिर्तामोड । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत सहकारी विभागले जेठ १३ र १४ गते झापाको बिर्तामोडमा कोपोमिस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । झापा, मोरङ र सुनसरीका १०० वटा प्रारम्भिक सहकारी संस्थाका सञ्चालक एवम् कर्मचारीहरुलाई लक्षित गरी सञ्चालित दुई दिने कोपोमिस अभिमुखीकरण तालिममा आज ५० वटा संस्थाको सहभागिता रहेको छ । […]