काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि समयअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको शक्तिमा ह्रास आएको बताए पनि गृहमन्त्री रामबहादुर थापा बादलले भने विप्लव समूहले सेना र जनसरकार बनाइसकेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको वैठकमा आइतबार विप्लव समूहले गराएको बम विष्फोटबारे जानकारी दिने क्रममा गृहमन्त्री थापाले विप्लवले सेना निर्माण गर्नुका साथै जनसरकार समेत बनाइसकेको खुलासा […]
काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कार्यकर्ताको ज्यान लिएको विरोधमा विप्लव समूहले आज सोमबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दमा हुने सम्भावित गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् । नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी […]
भद्रपुर । नक्कली बावु बनेर वंशजको आधारमा भारतीयलाई नागरिकता दिलाउन प्रशासन कार्यालय आएको घटनामा पक्राउ परेका भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ । भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिलाउन खोज्ने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ चाहिँ धरौटी बुझाएर तारिखमा छुटेका […]
भद्रपुर । झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा अभियान कागजमा फष्टाए पनि व्यवहारमा प्रहरी प्रशासनका चंखे चतुरेलाई कमाइखाने गतिलो भाँडो बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व तथा जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा १५ वटै स्थानीय तहका जनप्रतिनिधिले मदिराजन्य पदार्थ नियन्त्रित जिल्लाको रूपमा घोषणा गर्न गत वर्ष कात्तिक ७ गते झापाको कनकाइ नगरपालिकामा १२ […]
धरान । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ । […]
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता खनालले द्वन्द्वपीडितहरूको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गरे। द्वन्द्वपीडित साझा चौतारीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले […]
सुरुङ्गा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज सुरुङ्गा सेवा केन्द्र अन्तरगतका बाल बचतकर्ता सदस्यहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सो सेवा केन्द्रमा ३५६ जना बाल बचतकर्ता रहेकोमा १८० जना नियमित रहेका छन् । उनीहरुलाई बचतमा अझ प्रोत्साहित गर्न र अनियमित बचतकर्तालाई नियमित बन्न उत्प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको सेवा केन्द्र […]
बिर्तामोड । झापाजिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रले आफ्ना सदस्य गोमादेवी बरालको निधन पछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएको छ । बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने बरालको जेठ ४ गते निधन भएकाले उनको नाममा संस्थाले दिएको कर्जामध्ये बाँकी रहेको एक लाख ३९ हजार ४१२ रुपैयाँ मिनाहा गरिदिएको […]
काठमाडौं । प्रहरीले करोडौंको भारतीय जाली नोटसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीन जना पाकिस्तानीबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको जाली नोट बरामद गरेको हो । तीन पाकिस्तानी नागरिक सहित ६ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ […]
सिक्किम । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ । सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी […]