काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरुले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको थियो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरु तीन धारमा विभाजित देखिएका […]
काठमाडौं। सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराएर सहमतिको वातावरण बनाउन पहल गर्ने आश्वासन दिएका छन् । विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आज बुझाएको ज्ञापनपत्र लिँदै सभामुख महराले सञ्चारमन्त्री र राष्ट्रियसभा अध्यक्षसँगसमेत आफूले यो विषयमा कुरा गर्ने बताए । उनले पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत रहेको भन्दै विधेयक पूर्णरुपमा फिर्ता नभए संशोधनका माध्यमबाट […]
झापा । झापाका जनप्रतिनिधिहरुले संसदबाट विनियोजित बजेटलाई व्यवहारिक कार्यान्वयन गर्न थालेका छन् । आज वैशाख ३० गतेमात्र क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँले क्षेत्र पूर्वाधार कोषबाट विनियोजन गरेको १९ लाख रुपैयाँले भद्रपुर ४ मा सडक निर्माणको शिलान्यास गरिएको छ । भद्रपुर ४ को मन्त्रीचोक (साविक महेशपुर) बाट ज्ञानेचोक (साविक पृथ्वीनगर) जोड्ने सडक निर्माणको […]
हल्दिबारी । सतासी बहुमुखी सहकारी संस्थाले वैशाख २९ गते जलथलको बडाबारीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सेवाग्राहीहरुको बाक्लो सहभागिता रहेको थियो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र बिस्तारित सतासीको हल्दिबारी सेवा केन्द्रले स्वास्थ्य शिविरको आयोजना गरेको हो । बिर्तामोडको मनमोहन अस्पताल र काँकरभिट्टाको मेची नेत्रालयका चिकित्सकहरुले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका हुन् । हल्दिबारी […]
बिर्तामोड । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा प्राविधिक र सिपयुक्त बनाउने बताएका छन् । शिक्षालाई परम्परागत प्रणालीबाट मात्र नभई आधुनिक बनाउन जरुरी रहेकोले सरकारले योजनावद्ध कार्यक्रम अगाडि बढाएको जानकारी दिएका हुन् । आज बिहान झापाको बिर्तामोडमा प्रेस संगठन नेपाल झापाले आयोजना गरेको पत्रकारसँग भेटमा शिक्षामन्त्री पोखरेलले चाँडै नै शिक्षा नीतिको टुङ्गो लाग्ने समेत आश्वासन दिएका […]
बिर्तामोड नगरपालिका वडा नं. १ को वडाध्यक्ष हुनुभएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु सम्पादन भए ? म विगत २० वर्षदेखि निरन्तर यही वडाको बासिन्दा रहेकाले जनताका बीचमा नै रहेर काम गरिरहेको अवस्था हो । यो वडामा कुन ठाउँमा के समस्या छ, कुन कुन योजना कहाँ कहाँ गर्नुपर्ने भन्ने […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानु पर्ने बताए। श्री पशुपतिनाथ एवं वाग्मती गंगा आरति सेवा समिति नेपालले शनिबार राजधानी काठमाडौंमा गरेको कार्यक्रममा नेता खनालले मुलुकभित्रका धार्मिक तीर्थ स्थलहरूको विकास र प्रवर्द्धन गरी धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताए। पशुपतिनाथ, मुक्तिनाथ, बराहक्षेत्र लगायत धार्मिक तीर्थस्थलको विकास […]
बिर्तामोड । सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धी प्रावधानको खिल्ली उडाउँदै विभिन्न ऐनमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेको बताइएको छ । नेपाल प्रेस युनियन झापाको आयोजना तथा डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको सहआयोजनामा शुक्रबार सम्पन्न विद्युतीय कारोबार ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । लोकतान्त्रिक शासन ब्यवस्थामा स्वतः प्रेस स्वतन्त्रतालाई स्वीकार गर्नुको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २, रामचोकमा रहेको सामुदायिक वनमा कल्पचन्द्र आरोग्य धाम सञ्चालन गरिने भएको छ । कल्पचन्द्र हर्बल बाल उद्यान मार्फत पर्यटन विकास तथा प्रवर्धन विषयक अन्तरक्रिया मार्फत् आरोग्यधाम सञ्चालनका बारेमा जानकारी दिइएको हो । नेपाल पर्यटन बोर्डसमेतको सहभागितामा आज आयोजित कार्यक्रममा पर्यटन विकास तथा प्रवर्धनका लागि कल्पचन्द्र आरोग्य धामले बनाएको कार्ययोजना […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ४ को कार्यालय भवन निर्माणका लागि २४ लाख मूल्य बराबरको ४ कट्ठा जग्गा जमिन निःशुल्क प्राप्त भएको छ । वडा कार्यालय भवन निर्माणका लागि बिर्तामोड १ निवासी लक्ष्मण बस्नेतले चलनचल्तीमा २४ लाख रुपैयाँ पर्ने ४ कट्ठा जमिन प्रदान गरेका वडाध्यक्ष दुर्गाप्रसाद दाहालले जानकारी दिए । वडा नं. ४ स्थित […]