Sajhamanch Archive

संघीय संसदका दुवै सदनमा आजदेखि पूर्वबजेट छलफल सुरु

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संघीय संसदका दुवै सदनमा आजदेखि पूर्वबजेट छलफल सुरु.

काठमाडौं । संघीय संसदका दुवै सदनमा आजदेखि पूर्वबजेट छलफल सुरु हुँदै छ। दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल प्रारम्भ हुनेछ। पूर्व बजेटमा कर प्रस्ताव बाहेकमा छलफल हुनेछ। पूर्व बजेट छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि […]

कांग्रेसको जनजागरण : सभास्थलमै कुटाकुट, अर्को गुटको कार्यक्रममा जान निषेध

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on कांग्रेसको जनजागरण : सभास्थलमै कुटाकुट, अर्को गुटको कार्यक्रममा जान निषेध.

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सुरु भएको छ। अभियान सफल पार्न कांग्रेसका नेतादेखि कार्यकर्तासम्म गाउँ जाने तयारीमा छन्। तर, सिन्धुपाल्चोकमा जागरण अभियान थालेकै दिन दुई गुटको विवाद कुटाकुटसम्म पुगेको छ। सिन्धुपाल्चोक कांग्रेसका सबै कार्यक्रममा विवाद सिर्जना हुने गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच किचलो रहने गरेको […]

छुवाछुत अन्त्य अभियन्ता महाकालीबाट हिडेर झापा आइपुगे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छुवाछुत अन्त्य अभियन्ता महाकालीबाट हिडेर झापा आइपुगे.

झापा । ‘महाकाली–मेची नेपाल पदयात्रा २०१९’ का तीनजना अभियन्ता गएराति झापा आइपुगेका छन् । महाकालीको चाँदनी दोधाराबाट चैत ३ गते शुरु गरेको पदयात्रा ५३ दिन पछि बुधबार राति बिर्तामोड आइपुगेका हुन् । भेदभाव र छुवाछुतको अन्त्यका लागि सचेतना फैलाउँदै महाकालीबाट पैदल यात्रामा निस्किएका तीनजना अभियन्ताहरु समाजशास्त्री हेमराज आचार्य, समाजिक अभियन्ता रिता परियार र पत्रकार अशोक […]

प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै छन् । औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहने छिन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय […]

किरणलाई न्याय माग्दै पूर्वीनाकामा प्रदर्शन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on किरणलाई न्याय माग्दै पूर्वीनाकामा प्रदर्शन.

काँकरभिट्टा । बालमैत्री हिरासत कायम र मृतक किरण कार्की डोली दर्जीलाई न्यायको माग गदैं बुधबार पूर्वीनाकामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मेचीनगर नगर स्तरीय बाल सञ्जालको अगुवाईमा मेचीनगर— ६ स्थित भट्टराई चोकबाट सरकार तिमी कहाँ छौ बालक यहाँ पीडित छ, बालमैत्री हिरासत कायम गर, बाल अधिकारको सुनिश्चित गर, पिडीतलाई न्याय दे, बाल हिसाँ अन्त्य गर, […]

सिम्रिकमा लघुवित्त केन्द्रप्रमुखहरुको गोष्ठी धमाधम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकमा लघुवित्त केन्द्रप्रमुखहरुको गोष्ठी धमाधम.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तरगत लघुवित्त कार्यक्रमका केन्द्र प्रमुखहरुको गोष्ठीसहित सहकारी शिक्षा तालिम गराइएको हो । संस्थाका सचिव एवम् शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए । […]

कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दै छ । सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय […]

झापाका चिया मजदूर आज दिउँसो सडकमै सुते (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका चिया मजदूर आज दिउँसो सडकमै सुते (भिडियोसहित).

बिर्तामोड । झापाको बिर्तामोडमा चिया मजदूरहरुले सडकमा सुतेर आन्दोलन गरेका छन् । सरकारले तोकेको न्यूनतम तलब साथै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरिएको भन्दै मजदूरहरु ३८औँ दिनदेखि आन्दोलित छन् । झापाका विभिन्न चिया बगानमा काम गर्ने सयौंको सङ्ख्यामा आएका मजदुरहरुले विभिन्न नारासहित मुक्ति चोक परिक्रमा पनि गरेका थिए । गत चैत […]

छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा.

काठमाडौं। आगामी वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिुलाई वास्ता नगरी जवाफ दिन्छु भनेपछि संसदमा लफडा भएको हो । त्यसपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले उभिएर संसद अवरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमाथि […]

नीति तथा कार्यक्रमप्रति ध्यान दिनुपर्ने सुझावहरु केही नआएको :प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नीति तथा कार्यक्रमप्रति ध्यान दिनुपर्ने सुझावहरु केही नआएको :प्रधानमन्त्री ओली.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति ध्यान दिनुपर्ने सुझावहरु केही नआएको बताएका छन् । यसले नीति तथा कार्यक्रम अत्यन्त राम्रो रहेको पुष्टि भएकोले आफूलाई खुशी लागेको प्रधानमन्त्री बताए । ‘नीति तथा कार्यक्रममा केही कमजोरी छन् कि भन्ने लागेको थियो । तर त्यस्तो केही छैन । खुशी के लाग्यो भने […]