काठमाडौं । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएको सरकारले सोही लक्ष्यलाई भेट्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याउँदै तयारी गरिरहेको छ । सरकारले अबको चार वर्ष मुलुकको समृद्धिका लागि खर्च गर्ने गरी मुलुक र नेपालीलाई समृद्ध बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम आउने दावी गरिरहेको छ । सरकारले आज दिउँसो ४ बजे आगामी आर्थिक […]
काठमाडौं। शक्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित […]
काठमाडौं । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका […]
बिर्तामोड । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारले अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले मुलुकमा हत्या हिंसाका घटनाहरु दैनिक बढिरहे पनि मौन बस्नुले सरकार अपराधीको पक्षपाती भएको बताए । आज बिहीबार नेपाल प्रेस युनियन झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केसीले सरकार संरक्षक भएकै कारण मुलुकमा […]
मेचीनगर । झापाका स्थानीय तहका महिला जनप्रतिनिधिहरुले पुरुष जनप्रतिनिधिको तुलनामा आफुहरुलाई काम गर्न समस्या भएको दुःखेसो व्यक्त गरेका छन् । उनीहरुले जनताले मत दिएर जिताए पनि अधिकार नपाएको गुनासो गरेका छन् । अधिकार विहीन भएपछि चुनावताका जनतालाई दिएको आश्वसन पुरा गर्न नसकेको भन्दैं चिन्ता समेत व्यक्त गरेका छन् । विहीबार मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको […]
विराटनगर । प्रदेश १ को नाम र राजधानीको टुंगो तत्काल नलाग्ने भएपछि प्रदेशसभामा प्रस्ताव गर्ने समयावधि थप गर्ने सर्वदलीय सहमति बनेको छ। विराटनगरस्थित बिग होटलमा बसेको सर्वदलीय बैठकले प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने समय २२ गतेसम्म बढाउने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए। बैठकमा सबै दलको […]
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विद्युत सट भएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुने २२ वर्षिय भुपाल विक रहेको संखुवासभा प्रहरीले जनाएको छ। विद्युत सट भएर तारा वि।क भगवती वि।क र मञ्जु वि।कसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। विद्युत सट हुदाँ करेन्ट गाँउभरी फैलिएको थियो। घाइतेहरुको जिल्ला […]
बिर्तामोड । १३०औं अन्तर्रारिष्ट्रय श्रमिक दिवस मे १ को दिन आज पेशागत महासंघ झापाले जिल्लास्तरीय अन्तरपालिका हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जिल्लाका पालिकाहरुमा सेवारत कर्मचारीहरुबीच आपसी परिचय विस्तार गर्न, कर्मचारीहरुको अन्तरसम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको हो । कर्मचारीहरुलाई समसामयिक राजनीतिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक विषयहरुबारे जागरणका लागि पनि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष […]
काठमाडौँ।‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको […]
मेचीनगर । मेची नदीमा बनाइँदै गरेको नयाँ पूलका कारण भोगचलन गरिरहेको जमिन नासिएपछि विस्थापितको सूचीमा परेकाहरुमध्ये चार घर परिवारलाई मंगलबार मुआवजा वापतको रकम प्रदान गरिएको छ । मेचीनगर नगरपालिकाको मुआवजा निर्धारण समितिको निर्णयानुसार निर्धारित रकम चार घर परिवारलाई प्रदान गरिएको हो । निर्धारित रकम एक करोड १७ लाख २० हजार रुपैयाँमध्ये दुई लाख ९३ हजार […]