Sajhamanch Archive

माधवकुमार नेपाल कार्यक्रम छाडेर बाहिरिए पछि …..

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माधवकुमार नेपाल कार्यक्रम छाडेर बाहिरिए पछि …...

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको ७०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमस्थलबाट एकाएक बाहिरिएका छन । राजधानीको प्रज्ञा पतिष्ठानमा आयोजित कार्यक्रमबाट नेता नेपाल एक्कासी बाहिरिनुलाई सबैले आश्चार्य मानेका छन् । तर यसको अन्तर्य असन्तुष्टी रहेको नेपाल पक्षीय नेताहरुको भनाई छ । नेकपाको सचिवालयले हिजो टुंग्याएको ७७ जिल्लाका अध्यक्ष र सचिवको […]

धुलाबारी खानेपानीमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल, उम्मेद्वारी घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on धुलाबारी खानेपानीमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल, उम्मेद्वारी घोषणा.

धुलावारी । संघीय सरकाको नेतृत्व गरिरहेको नेकपा र त्यसको कडा प्रतिपक्षका रुपमा रहेको नेपाली काँग्रेस झापामा भने एक भएर नेतृत्व हुत्तयाउने दाउमा लागेका छन् । यसअघि अन्य दलसँग साँठगाँठ गदैं अस्तित्वको लडाई लड्दैं आएका यी दुई ठुला दल अहिले अन्य साना दललाई एकतातिर पारेर शनिबार हुन गईरहेको धुलावारी खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि नेकपा र […]

९ वैशाखमा एकता टुंग्याउने नेकपाको सैद्धान्तिक सहमति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ९ वैशाखमा एकता टुंग्याउने नेकपाको सैद्धान्तिक सहमति.

काठमाडौं।११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताबीच सैद्धान्तिक समहति भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक समहति भएको हो । ‘उहाँहरुले शुक्रबार र शनिबार केही गृहकार्य गर्नुभएको छ, औपचारिक छलफल गर्न बाँकी छ,’ […]

प्रधानमन्त्री भन्छन्, ‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री भन्छन्, ‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’.

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् । शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन् । ‘तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनुपर्छ भनेर मैले भन्या हो । गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ,’ ओलीले भने […]

देश सुशासन र समृद्धितर्फ अघि बढिसक्योः प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देश सुशासन र समृद्धितर्फ अघि बढिसक्योः प्रधानमन्त्री ओली.

नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढेको दाबी गरेका छन् । नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुसासन र समृद्धितर्फ देश अघि बढेको दाबी गरेका हुन् । ‘केहिदिन अघि मात्र शिलन्यास गरिएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा काम तीब्र गतिमा अघि बढेको छ’, ओलीले भने, […]

खोटाङ सेवा समाज कतारमा नयाँ नेतृत्व

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोटाङ सेवा समाज कतारमा नयाँ नेतृत्व.

कतार । खोटाङ सेवा समाज कतारको १९ अप्रिल शुक्रबार सम्पन्न १०औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समाजको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन भएका छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, दितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन भएका छन् । २१ […]

सरकारले जनताको अधिकार खोस्न खोजेको : देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले जनताको अधिकार खोस्न खोजेको : देउवा.

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले शनिवार राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताएका हुन् । सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले […]

ललितानिवास प्रकरण : २४ वटा सरकारले नदेखेकोे हिनामिना

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ललितानिवास प्रकरण : २४ वटा सरकारले नदेखेकोे हिनामिना.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए । सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिले सिफारिसअनुसार प्रधानमन्त्री ओलीले व्यक्तिका नाममा गराइएको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी फिर्ता ल्याउन […]

हावाहुरी पीडितलाई शिवसताक्षी नगरपालिकाको सहयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on हावाहुरी पीडितलाई शिवसताक्षी नगरपालिकाको सहयोग.

शिवसताक्षी । गएको चैत्र १७ गते प्रदेश नम्बर २ को बारा र पर्सामा भिषण हावाहुरीको कारण जनधनको क्षति भएको परिवारलाई शिवसताक्षी नगरपालकाले सहयोग गरेको छ । बिहीबार शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मालगायतको टोलीले प्रदेश नं. २ मुख्य मन्त्री लालबहादुर राउतलाई ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । टालीले त्यहाँको अवस्था बारे समेत जानकारी लिएका थिए […]

घर भत्काइदिएको भन्दै सुकुम्बासीले जनप्रतिनिधिलाई कार्यालयमा थुने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on घर भत्काइदिएको भन्दै सुकुम्बासीले जनप्रतिनिधिलाई कार्यालयमा थुने.

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीय कार्यकक्षमा थुनेका छन् । सुकुम्बासीको घर भत्काइदिएको विरोधमा आक्रोशित बनेका स्थानीयले शुक्रवार बिहान केही समय जनप्रतिनिधिसहितका कर्मचारीलाई कार्यकक्षमा नै थुनिदिएका हुन् । शुक्रबार बिहान १० बजेदेखि वडा कार्यालयमा ताला लगाएका थिए । वडा कार्यालय नजिकै ८ जना सुकुम्बासीले ऐलानी जग्गामा […]