पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयबाट अभिभावक खुसी भएका छन् । नागरिक दैनिकबाट ।
मेचीनगर । मेचीनगरका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनिय रहेको छ । धेरै विद्यालयमा दरबन्दी अनुसारका विषयगत शिक्षक नहुँदा ज्यादैं ठुलो समस्या व्यहोर्नु परेको विद्यालयको भनाई छ । यो समस्या नगरका हरेक सामुदायिक विद्यालयको साझा हो । कति वटा विद्यालयमा एकजनामात्र माध्यमिक विद्यालयका शिक्षकको दरवन्दी छ । ती शिक्षकले एक्लै विद्यालय धान्नु परेको तीतो याथर्थ स्थानीय […]
काठमाडौं ।अज्ञात समुहले देशका विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले भने “नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ । ” “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका […]
काठमाडौं । भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ । राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको […]
महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा नेतृत्वको वर्तमान सरकारले एक महिनामा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले यो अवधी सम्म सरकारले ठुल ठुला आश्वासन मात्रै बांडेर जनतालाई भुल्याउने काम मात्रै गरेको बताए । ‘वर्तमान सरकारले एउटा गतिलो काम गरेको छैन,’ मंगलवार प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको […]
मेचीनगर । दुईसाताअघिदेखि बन्द भएका पूर्वका चिया बगानहरु खुलाउन संघीय र प्रदेश सरकार निष्क्रिय भईरहेका वखत स्थानीय सरकारको पहलमा झापाको मेचीनगर—६ र ७ मा रहेको राज तथा सतिघट्टा टि स्टेटका केही भाग मंगलबारबाट खुलेको छ । मेचीनगर— ६ मा रहेको सतिघट्टा र ७ मा रहेको राज टि स्टेट मंगलबार खुलेका हुन् । सरकारले तोकेको ज्याला […]
काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेकपा एकताको प्रक्रिया सकारात्मक दिशामा पुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको गृहकार्यलाई अन्तिम चरणमा पुर्याएका हुन्। गत बिहीबार राती चन्द्रागिरी हिल्स रिसोर्टमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलसहित आवासीय बैठक गरेका […]
काठमाडौँ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । […]
काठमाडौँ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ । साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको […]