Sajhamanch Archive

एनसेललाई ३९ अर्ब ६ करोड कर तिर्न सात दिनकाे म्याद, ६२ अर्ब ६३ करोड कर निर्धारण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एनसेललाई ३९ अर्ब ६ करोड कर तिर्न सात दिनकाे म्याद, ६२ अर्ब ६३ करोड कर निर्धारण.

काठमाडौं   । सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ । सर्बोच्च अदालतको पूर्ण पाठ आए लगत्तै सरकारले एनसेलको लाभकर निर्धारण गरेको हो । अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो । ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको […]

भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’.

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो । भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ बर्ष पहिल्यै सकिएको हो […]

बलात्कार गर्न प्रयास गर्ने बिर्तामोडका प्रकाश प्रहरीको नियन्त्रणमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कार गर्न प्रयास गर्ने बिर्तामोडका प्रकाश प्रहरीको नियन्त्रणमा.

झापा । ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंगलबार दिउँसो घरबाट किराना पसल गएकी बालिकालाई तोलाङ्गीले फकाएर आफ्नो कोठामालगेका थिए। कोठा लगेर तोलाङ्गीले बालिकाको […]

नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो […]

सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छः प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छः प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्नुभएको छ । आज बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो । प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताउनुभयो […]

विद्यार्थी भर्ना अभियान आजदेखि सुरु हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्यार्थी भर्ना अभियान आजदेखि सुरु हुँदै.

काठमाण्डौ।आजदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो । अभियान अन्तर्गत आजदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार […]

पत्रकार माधव विद्रोही र रघु मैनाली प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार माधव विद्रोही र रघु मैनाली प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित.

विर्तामोड । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरेका थिए । यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ मरणोपरान्त र वाङ्मय शताब्दी […]

वृद्ध भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on वृद्ध भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । आइतवार ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको बजेटमा वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् । उनले भने, ‘यस वर्षको बजेटमा वृद्धभत्ता बढ्छ । यो गोप्य राख्ने कुरै होइन । ‘वृद्धभत्ता […]

समिट एयरको विमान लुक्लामा दुर्घटना, पाइलटसहित तीनको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on समिट एयरको विमान लुक्लामा दुर्घटना, पाइलटसहित तीनको मृत्यु.

काठमाडौं  । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो […]

लुक्लामा विमान दुर्घटना,

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on लुक्लामा विमान दुर्घटना,.

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको बिमान दुर्घटना भएको छ। पार्किङ गरि राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको बिमान ठेक्किदा दुर्घट्ना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए। विमानमा के कति यात्रु सावर थिए भन्ने पुष्टि भएको छैन्। प्रत्यक्षर्शी जितबहादुर कार्कीका अनुसार विमान ठोक्किए लगत्तै आगो लागेको छ। वृस्तृत विवरण आउँन […]