Sajhamanch Archive

लोटसले मनायो अभिभावक दिवस

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लोटसले मनायो अभिभावक दिवस.

बिर्तामोड । बिर्तामोड–३ स्थित लोटस प्रि–स्कुल एन्ड चाइल्ड केयर सेन्टरले सोमबार अभिभावक दिवससहित दिक्षान्त समारोह सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाका शिक्षा प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि युकेजीसम्मका नानीबाबुहरुले राइम्स तथा नृत्य प्रस्तुत गरेका थिए । समाजसेवी रामचन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरु भुर्तेल, कुलप्रसाद संग्रौला, डीआर कडरिया, बिर्तामोड […]

सिम्रिकको सदस्य शिक्षा तालिमका बीच सम्मान र राहत प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकको सदस्य शिक्षा तालिमका बीच सम्मान र राहत प्रदान.

बिर्तामोड । सिम्रिक साकोस झापाले आज बिर्तामोडमा नयाँ शेयर सदस्यहरुलाई स्वागतसहित सदस्य शिक्षा तालिम प्रदान गरेको छ । प्रदेशसभा सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा आयोजित तालिममा उनले सहकारीका सदस्यलाई सहकारी व्यवसायको आधारभूत ज्ञान हुनैपर्ने आवश्यकता दर्शाएका छन् । नेपालको संविधानमा नै सहकारीलाई अर्थतन्त्रको एउटा आधारस्तम्भ स्वीकार गरिएकाले सहकारी ऐन, नीति एवम् विधि र मूल्य मान्यताहरु […]

श्रमिक आन्दोलनका कारण झापाका चिया उद्योग बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on श्रमिक आन्दोलनका कारण झापाका चिया उद्योग बन्द.

भद्रपुर । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै चैत्र १७ गतेदेखि चरणबद्ध आन्दोलन सुरू गरेपछि चिया बगान तथा उद्योगहरू बन्द भएका छन् । नेपाल चिया बगान श्रमिक संघ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदूर संघले संयुक्तरूपमा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि सरकारद्वारा […]

बिर्तामोडको मनकामना कलेजमा ६५ ले गरे रक्तदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडको मनकामना कलेजमा ६५ ले गरे रक्तदान.

बिर्तामोड । यहाँस्थित मनकामना कलेजको सामाजिक कार्य विभाग तथा सामाजिक कार्यका लागि युवाले आज विश्व स्वास्थ्य दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको उद्घाटन सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईले रक्तदान गरी गरेका हुन् । सिद्धार्थ व्लड बैंक, दमक शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ जना महिला तथा ३३ जना पुरुष […]

‘डिजिटलाइज’ बन्दै ‘एनएमसी को–अप’

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘डिजिटलाइज’ बन्दै ‘एनएमसी को–अप’.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आजदेखि ‘एनएमसी स्मार्ट’ नामको ‘मोवाइल एप्लीकेसन’ प्रयोगमा ल्याएको छ । एनएमसीका ६२ हजारभन्दा बढी सदस्यहरुलाई विद्युतीय भुक्तानीका साथै आधारभूत बैंकिङ सुविधा जुनसुकै समयमा देशैभरबाट प्राप्त गर्न मिल्ने विशेषताका साथ ‘एनएमसी स्मार्ट’ कार्यान्वयनमा ल्याइएको अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । बिर्तामोडमा आयोजित ‘मोवाइल एप्लीकेसन लञ्चिङ’ तथा अन्तरक्रिया […]

अर्जुनधारा नगरपालिका र पूर्वार्ध डेरीबीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी सम्झौता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरपालिका र पूर्वार्ध डेरीबीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी सम्झौता.

अर्जुनधारा । पूर्वार्ध कृषि सहकारी संस्था र अर्जुनधारा नगरपालिकाका बीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी आज ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रम समूहमा उत्पादित दूध खरिद गर्ने कार्यका लागि पूर्वार्ध कृषि सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगसँग शुक्रबार सम्झौता गरिएको हो । उक्त सम्झौतामा अर्जुनधारा नगरपालिकाद्वारा सञ्चालित पशु […]

झापामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते.

भद्रपुर, । झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन्। शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ […]

आदिवासी महोत्सवको आकर्षणमा जातीय पहिचानका खाद्यवस्तु तथा भेषभुषा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आदिवासी महोत्सवको आकर्षणमा जातीय पहिचानका खाद्यवस्तु तथा भेषभुषा.

भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्यसहित महोत्सव सुरू गरेको छ । प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव २०७५ नाम दिएर आयोजना गरेको महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुनेगरी सुरू गरेको हो । महोत्सवको अवसरमा विविध जातीय पहिचानसहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर […]

प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा आजदेखि पुनः सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा आजदेखि पुनः सुरु.

जनकपुर । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा सुरु भएको हो । प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि […]

नेपाली भूमिमा भारतीयले बनाएको स्तम्भ स्थानीयले भत्काइदिए

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली भूमिमा भारतीयले बनाएको स्तम्भ स्थानीयले भत्काइदिए.

मेचीनगर । नेपाली भूमिका भारतीय पक्षले राखिएको स्तम्भ भत्काइएको छ ।  पूर्वी नाका काँकडभिट्टामा नेपाल–भारत जोड्ने निर्माणाधीन नयाँ मेची पुलको छेउमै भारतीय ठेकेदारले एउटा ‘माइल स्तम्भ’ ठड्याएका थिए। स्तम्भमा लेखिएको ‘एनएच ३२७ बी सिलिगुढी ३२ र बागडुग्रा १९ किलोमिटर’ लेखिएको छ । भारतीय पक्षले स्तम्भ बनाएपछि स्थानीयले त्यसको विरोध गरेका थिए । स्थानीयले खबर दिए […]