काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् । प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् । झापा र मोरङका […]
झापा । झापामा चालु आर्थिक वर्ष २०७५÷०७६ को चैत १७ गतेसम्मको साढे ८ महिनाको अवधिमा १६१ दूर्घटनामा भएको छ भने ५९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गएको साउनदेखि हालसम्म १६१ वटा दूर्घटनामा परेर ५२ जना पुरुष, ६ जना महिला र १ जना बालकको ज्यान गइसकेको छ । कार्यालयका अनुसार […]
झापा । पश्चिमी न्यूनचापीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । संलग्न वेदर फोरकास्टको चित्रमा देखाइएअनुसार झापामा भोलि आइतबार बिहानैदेखि वर्षा हुनेछ । शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै केही दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका […]
झापा । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षका लागि पुरस्कृत गरिने प्रतिभाहरु छनोट गरी आज सार्वजनिक गरेको छ। भद्रपुरमा कार्यालय रहेको प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कारका लागि चयन भएका व्यक्तिहरुको नाम तथा तिनको क्रियाशिलताबारे विवरण सार्वजनिक गरेको हो। २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले छैटौ संस्करणको पुरस्कार प्रदान गर्नका लागि नाम छनोट गरेको अध्यक्ष […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाको भावी कार्यदिशा एवम् लक्ष्य निर्धारण गर्ने उद्देश्यले आजदेखि दुई दिने दीर्घकालीन रणनीतिक योजना कार्यशाला सुरु भएको छ । आज र भोलिका लागि सञ्चालन गरिएको रणनीतिक योजना कार्यशालामा सञ्चालक समिति, लेखा समिति, विभिन्न विभागीय समितिहरु एवम् शाखा समिति र कर्मचारीहरुको सहभागिता रहेको प्रबन्धक सन्तोषकुमार श्रेष्ठले बताएका छन् । कार्यशालाको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा नेपाल लगानी सम्मेलनको समुद्घाटन गरेका छन् । नेपाल सरकारले लगानी सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । यहाँको प्राकृतिक स्रोत साधन र उद्योग धन्दाका लागि अहिले उपयुक्त वातावरण रहेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षाका साथ लगानी सम्मेलन आयोजना गरिएको हो। लगानी सम्मेलनमा उद्घाटन […]
भद्रपुर । झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा बालमैत्री क्रियाकलापले तीब्रता पाएका छन् । यसै आर्थिक वर्षभित्र भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने तयारी गर्दै नगरभित्र बालमैत्री क्रियाकलापलाई तीब्रता दिइएको नगरप्रमुख जीवनकुमार श्रेष्ठको भनाई छ । बालमैत्री नगरपालिका घोषणा गर्नुअघि बालबालिका सम्बन्धी २७ वटा सूचक पूरा गर्नुपर्ने कार्यतालिका अनुसार बालबालिका लक्षित क्रियाकलाप गरिँदै आएको हो […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन् । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव […]
बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा आज गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, […]
काठमाडौं । सिंगापुर एयरलाइन्सको एक उडानमा मंगलवार बमको हल्ला चलेपछि यात्रीहरू त्रस्त भएका छन् र विमानको आपतकालीन अवतरण गराइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार, सिंगापुरबाट मुम्बई जाने फ्लाइट स्थानीय समयअनुसार साढे ११ बजेतिर एयरलाइन्स उड्नेबित्तिकै एउटा फोन कल आयो । फोन गर्ने मानिसले विमानमा बम भएको दाबी गरे । फोनकल आएलगत्तै पाइलटले बमको […]