झापा । झापाको दक्षिणी भेगमा रहेको कचनकवल गाउँपालिका अन्तरगत बनियानी बजार व्यस्थापनका लागि नेपाल सरकारबाट १ करोडबजेट विनियोजन गरिएको छ । झापा क्षेत्र नम्बर ३ का प्रदेश सांसद वसन्त बानियाँको पहलमा एक महिना अघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरिएको बजार व्यवस्थापनको प्रपोजललाई नेपाल संघीय सरकारले पास गरेको हो । उक्त रकमबाट बनियानीको […]
फिक्कल । सूर्योदय नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने उद्देश्यले शनिबार नगरका विपन्न नागरिकलाई जस्तापाता वितरण गरेको छ । नगरका १४ वडाका बिपन्न तथा जीर्ण घरमा जीवनयापन गर्न बाध्य नगरबासीको घरलाई खरबाट टिनमा परिणत गर्दै नगरबासीको जीवनयापन सहज बनाउने उदेश्यले नगरले प्रत्येक वडाबाट वडा समितिले छनोट गरेका बिपन्न घरधुरीलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकामा […]
बिर्तामोड । यहाँस्थित स्प्रीङडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्टमा आज विन्टर फुड एण्ड फन फेट्ससहित अभिभावक भेला सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भोजराज सिटैलाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको विन्टर फुड एण्ड फन फेट्समा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सहभागी अभिभावक तथा अतिथिहरुलाई विभिन्न परिकार बनाएर खुवाएका छन् । कार्यक्रमको उद्घाटन पछि […]
दूधे । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले तीन वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै १३ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी आगामी तीन वर्षमा सदस्य तथा संस्थालाई समृद्ध बनाउने रणनीति सार्वजनिक गरेको हो । संस्थाले वित्तिय रुपमा दिगो, सक्षम र सुरक्षित सहकारी संस्थाको […]
कमल । झापाको कमल गाउँपालिकाले आज अगुवा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार वितरण गरिएको गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जनाइएको हो । गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका कृषकहरुलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन तथा कृषिको क्षेत्रमा लाग्न थप मद्धत पुगोस भन्ने उद्देश्यले कृषि औजार […]
भद्रपुर । कुनै समय सार्कस्तरीय प्रतियोगितामा नेपालका लागि मेडल प्राप्त मुख्य खेल बनिसकेको तर पछिल्लो समय सुस्ताउँदै गएको कराते खेललाई पुनः जगाउने प्रयास झापामा गरिएको छ । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी झापाको सदरमुकाम भद्रपुरमा प्रदेश १ स्तरीय सितेरियो कराते प्रतियोगिता बिहीबार शुरु भएको हो । भद्रपुर नगरपालिका वडा नं २ को संयोजन, […]
बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारसँग प्रसस्त पैसा भएर पनि खर्च गर्न नपाएको गुनासो गरेका छन् । प्रदेश सरकार नेपालको सन्दर्भमा नयाँ अभ्यास भएको तथा इतिहास र अनुभव नभएका कारण अप्ठ्यारोमा रहेको पनि उनले जिकिर गरेका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, बिर्तामोड शाखाको उद्घाटन मंसीर २६ गते […]
बिर्तामोड । अटिजम केयर नेपाल सोसाइटीले बिर्तामोडमा अटिजम सम्बन्धी अभिमुखिकरण गरेको छ । अटिजम केयर नेपालका प्रशासन प्रमुख सुरेन्द्र बज्राचार्य तथा अन्जु महर्जनको टोलीले बिर्तामोडमा बुधबार गरेको जनचेतनामुलक अन्तरक्रिया कार्यक्रममा अटिजमको अवस्थाका बारेका छलफल गरिएको छ । अटिजम खास रोग नभएको तथा यसको उपचार एकैचोटी सम्भव नभएकाले यसलाई बिस्तारै व्यवहार तथा सामाजिकरणले कम गर्दै निराकरण […]
दुहागढी । एशियाली विकास बैंकको एक प्रतिनिधि मण्डलले मेचीनगर—१४ दुहागढीमा रहेको हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकनका साथै उपभोक्ताहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार वैंक प्रतिनिधि विनिता साहा खड्काको नेतृत्वमा झापा आइपुगेको प्रतिनिधि मण्डलमा अधिकाँश सञ्चारकर्मी र वैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । १४ नम्बर वडा कार्यालयमा आयोजित अन्तरक्रियाको प्रमुख अतिथि बैंक प्रतिनिधि विनिता साहा […]
शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एक कै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा) र गुम्बाको संरचना निर्माणकार्य अहिले धमाधम भइरहेको छ । साविक टिमाई शिविरको मध्यभागको २३ कट्ठा जमिनमा पेनोर रिन्पोक्षे बुद्ध धर्मावलम्वी […]