बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिमा बुधबारदेखि ७ दिने डकर्मी तालिम शुरु भएको छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका डकर्मीहरुको दक्षता अभिवृद्धि गर्नका लागि तालिम शुरु गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले सात दिने डकर्मी तालिमबाट गाउँपालिकाका डकर्मीहरु प्राविधिक रुपमा दक्ष हुने विश्वास व्यक्त गरिन् । गाउँपालिकाका […]
झापा । माछामा आत्मनिर्भर बन्दै गएको नेपाल अन्य खाद्य वस्तुमा भने भारत लगायतका तेस्रो देशसँग निर्भर छ । माछाको आयात घटे पनि अन्य खाद्य वस्तुमा भारतको भर छ । यसबाहेक तेस्रो देशबाट आयात हुने खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ । भारत, बंगालादेश, क्यानडा, अष्ट्रेलियालगायतका मुलुकबाट तरकारी, फलफूल, चामल लगायतका खाद्यवस्तु नेपाल भित्रिन्छन् । तिनको आयात […]
बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले सबल सहकारी अभियानका लागि ‘झापा कुप्स स्टेण्डर्ड’ तयार गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयन गर्ने गरी तय गरिएको मापदण्ड पत्रकार सम्मेलन गरी संघले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको अध्ययन र झापाली सहकारी आन्दोलनको विष्लेषण गरी मापदण्ड तयार पारिएको जिल्ला संघका अध्यक्ष गणेश ढकालले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधार भएको दाबी गरेका छन् । चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउँदै उनले भनेका छन्, भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध सुधारेर विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण बनाउन सरकार सफल भएको छ । मंगलबारको संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले छिमेकीहरुसँग समबन्ध सुधारेका छौं । […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी’ वा सोभन्दा तलको ग्रेड ल्याउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीका लागि पूरक ग्रेडवृद्धि परीक्षा लिने भएको छ। परीक्षा साउन २३ देखि भदौ २ गतेसम्म हुनेछ। परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सोमबार गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । उनले अब भोली (मंगलबार) मात्र संसदलाई सम्बोधन गर्ने भएका छन् । ६ दिने चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, तयारी नपुगेपछि स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले […]
काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिलो पटक हुने लागेको यस […]
प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर । सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा बस्यालको परिचय बर्दी पहिरिएको प्रहरी होइन, खेलाडी र कलाकारको रुपमा स्थापित भयो । छोरीलाई खेलकुद र नृत्यलगायतका क्षेत्रमा प्रोत्साहन भन्दा […]
काठमाडौं l नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो । […]
हेटौँडा l नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ। भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। छलफलमा […]