Sajhamanch Archive

यो हो प्रदेश १ मा नेकपा एमालेले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on यो हो प्रदेश १ मा नेकपा एमालेले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची.

झापा । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूचीआयोगले सार्वजनिक गरेको हो। प्रदेश १ को प्रदेशसभामा पठाउन नेकपा एमालेले ३६ जनाको नाम पेस गरेको छ । हेर्नुहोस् सूची :  

बिर्तामोडको वान स्टप मलमा आगलागी भइरहेको छ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडको वान स्टप मलमा आगलागी भइरहेको छ.

बिर्तामोड । झापाको बिर्तामोड ४ मुक्तिचोक भन्दा केही पश्चिम रहेको वानस्टप मलमा आगलागी भएको छ । आगलागीको कारण थाहा भएको छैन । र, धुँवाको मुस्लो देखिए पनि कुन सटरबाट आगलागी भएको हो यकिन हुन नसकेको प्रत्यक्षदर्शीले जनाएका छन् । क्युएफएक्स सिनेमा हल रहेको सो मलमा सिनेमा हेरिरहेका दर्शकहरुलाई हल बाहिर निकालिएको छ । अहिले बिर्तामोड […]

झापा क्षेत्र नं १ ‘क’ मा रविन कोइरालाका प्रतिष्पर्धी कांग्रेसका गोपाल तामाङ ‘ख’ मा एमाओवादीका श्यामबीर लिम्बू

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on झापा क्षेत्र नं १ ‘क’ मा रविन कोइरालाका प्रतिष्पर्धी कांग्रेसका गोपाल तामाङ ‘ख’ मा एमाओवादीका श्यामबीर लिम्बू.

मेचीनगर । भोलि असोज २३ गते उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनमात्र नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रदेशसभाका उम्मेदवार तय गरेको छ । आगामी मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनका लागि झापा क्षेत्र नं १ ‘क’बाट नेपाली कांग्रेसका गोपाल तामाङ्ग र ‘ख’बाट एमाओवादीका श्यामबीर लिम्बूको उम्मेद्वारी पक्का भएको हो । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरु मध्ये […]

प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा.

काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका […]

एमाले अध्यक्ष ओली झापामा, झापाका असन्तुष्टसँग छलफल हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले अध्यक्ष ओली झापामा, झापाका असन्तुष्टसँग छलफल हुँदै.

झापा । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा ओली झापा आइपुगेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी […]

घनश्याम भूसालको यो स्टाटस, आवेग कि सन्देश !

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on घनश्याम भूसालको यो स्टाटस, आवेग कि सन्देश !.

झापा। आसन्न निर्वाचनमा उम्मेदवारी नपाएको झोंकमा आज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपमहासचिव घनश्याम भूसालले फेसबुक टाइमलाइनमा स्टाटस लेखेर एमाले त्यागेको घोषणा गरेका छन् । माक्सवादका अध्येता तथा विचारक मध्येका अध्यययनशील एवम् वौद्धिक नेताको परिचय बनाएका नेता भुसालले जानी बुझी सामाजिक सञ्जालमा स्टाटस राखेका हुन् कि आवेगमा ! प्रश्न विचरणीय छ । उसो त […]

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति.

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको मंसीर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले आज बिहान सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर […]

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने । अस्पताल उपनिर्देशक डा। निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार.

झापा । नेकपा एमालेले मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश १ का लगभग सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी तय गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम फाइनल भएको जानकारी दिए । केही निर्वाचन क्षेत्रमा भने अन्तिम नाम आउन बाँकी […]

प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा, ३ ख मा प्रसाई कि चुँडाल !

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा, ३ ख मा प्रसाई कि चुँडाल !.

झापा । पार्टी केन्द्रले प्रदेश सांसद उम्मेदवार बन्न गरिएकाे आग्रहलाई एमाले केन्द्रीय सदस्य रविन काेइरालाले अस्वीकार गरेका छन् । संघीय सांसदका लागि क्षेत्र नं. १ बाट एकल नाम सिफारिस भएका काेइरालालाई पाखा लगाउँदै स्थायी कमिटी सदस्य अग्नि खरेललाई केन्द्रले उम्मेदवार बनाएकाे छ । साेकाे प्रतिवाद गर्दै काेइरालाले आफू सहमत नरहेकाे बताएका हुन् । यस्तै क्षेत्र […]