बिर्तामोड। सदस्यप्रति अभिभावकत्व दर्शाउँदै बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)ले मृतक सेयर सदस्यको नाममा रहेको कर्जा मिनाहा गरिदिएको छ । संस्थाका शेयर सदस्य ज्ञानबहादुर लिम्बूको निधनमा शोक व्यक्त गर्न मेचीनगर ५ स्थित लिम्बू निवासमा पुगेर परिवारजनलाई दुई लाख रुपैयाँ ऋण मिनाहा गरिएको पत्र हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष […]
मेचीनगर । एसियाली राष्ट्रबीच सडक सञ्जाल विस्तार गर्ने सहमति अनुरूप ‘एसियन हाइवे’ केही महिना पहिले नेपालको पूर्वी सिमानासम्म आइपुगेको छ । भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तारको काम सम्पन्न गरेको हो । ‘एसियन हाइवे’ सडक सञ्जालमा जोडिएसँगै नेपालको ग्रामीण स्तरको व्यवसायले पनि अन्तर्राष्ट्रिय बजारको सम्भावना बोक्ने आशा व्यवसायीको छ । एसिया […]
झापा । नेपालको मुक्तिनाथ विकास बैंक युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२० बाट पुरस्कृत भएको छ । विश्वका ३७ राष्ट्रबाट ७० वटा माइक्रोफाइनान्सले अवार्डमा सहभागिता जनाएका थिए । प्रतियोगिताको लागि छानिएका उत्कृष्ट तीनमध्ये नेपालबाट मुक्तिनाथ विकास बैंकसहित वेनिन र इथियोपियाका एक–एकवटा लघुवित्त संस्थाहरु रहेका थिए । लक्जमवर्गमा हालै आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० मा उक्त तीन माइक्रोफाइनान्समध्ये […]
मेचीनगर । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारणले धेरैले आर्थिक संकट खेप्नु पर्यो, व्यापार व्यवसाय चौपट भयो घरभाडादेखि बैंकको ब्याज समेत तिर्न सकेनन् । व्यवसायीहरुले मात्र होइन् धेरैले आफनो रोजगारी समेत गुमाए तर मेचीनगरका युवाहरुलाई भने कोरोना कहर एउटा अवसर बनेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.३ स्थित बडागाउँमा १३ […]
नायिका आँचल शर्माको बिहेपछि पनि म्यूजिक भिडियोको रफ्तार कम भएको छैन । उनले, म्यूजिक भिडियोमा सफलता पाइरहेकी छिन् भने चलचित्रको अफर पनि उनलाई आइरहेको छ । आँचल श्रीमान् उदिप श्रेष्ठसँग मिलेर चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् । साथै, आँचलले मिलन चाम्सको निर्देशनमा बन्ने एक चलचित्रमा पनि काम गर्नेछिन् । आफूले गरिरहेको काम सुखद तरिकाले […]
झापा । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम)को शाखा आजदेखि झापाको बिर्तामोडमा सञ्चालन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रदेश १ मै पहिलो पटक बिर्तामोडमा नाथम कलेजको कार्यालय उद्घाटन गरेका हुन् । ४२ वर्षदेखि सञ्चालनमा रहेर पनि हालसम्म काठमाडौंमा मात्र सिमित रहेको नाथम कलेजका शाखाहरु […]
मेचीनगर । झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा आज सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाले कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गदैं आउदैं गरेको […]
झापा । जिल्ला प्रशासन कार्यालय झापाले देउसी–भैलो र नाचगान माथि रोक लगाउने निर्णय गरेको छ । त्यस्तै छठ पूजाको लागि खोला, ताल पोखरी, नदीमा गएर स्नान गर्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने हुँदा नदी, खोला,पोखरी, तालमा गई पण्डाल बनाएर पूजाआजा नगरी यस वर्ष आ–आफ्नै घर ,आँगनमा कुण्ड बनाएर सुरक्षित तरिकाले छठ पूजा गर्न समेत अनुरोध […]
बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा तथा दमकस्थित कान्तिपुर साकोससँगको एकीकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीका कारण संक्रमण फैलनबाट जोगिन ठूलो संख्यामा हुने उपस्थितिलाई घटाएर […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना विभिन्न सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई मोटो रकम उपचार सहयोग प्रदान गरेको छ । सहकारी तथा लघुवित्त कार्यक्रममा समावेश भएका सदस्यहरुले शेयरमा योगदान एवम् बचत कारोबारमा निरन्तरताका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने संस्थाको नीति रहेको जनाइएको छ । संस्थाका तालिम विभाग प्रमुख प्रेम बस्नेत विभिन्न सेवा केन्द्र […]