बिर्तामोड । क्रिएटिभ नेप्लिज युथको आयोजनामा बिर्तामोडमा आज आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मनतरङ्ग परियोजना अन्तर्गत नाटक हेडलाइन मञ्चन गरिएको थियो । आयुस प्याकुरेलले निर्देशन गरेको नाटकमा रोहित घटराज, कल्याण थापा, रिया प्रसाई, सिमरन बुढाथोकी, ओसिन श्रेष्ठ, नेहा भण्डारी, सुचित पाण्डे लगायतले अभिनय गरेका छन् । आत्महत्या न्युनिकरण गर्न सञ्चारमाध्यम […]
शिवसताक्षी । ठूलै तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि शिवसताक्षी नगरपालिकाको प्रमुख बजार दूधेमा सार्वजनिक शौचालय छैन । शौचालयको अभावमा बजार भर्न आउने जो कोहीले घण्टौंसम्म दिसापिसाव च्यापेर बस्नुको विकल्प छैन । या त यसो झाडी जंगलतिर लुकेर शौच नगरे बाँच्नै कठिन । अनि खुल्ला ठाउँमा दिसा पिसाव गरे पछि खुल्ला दिसामुक्त क्षेत्र […]
मेचीनगर । नेपाल विद्यार्थी मेचीनगरले विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा आज बालबालिकाहरुलाई भोजन वितरण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा अवस्थित सुबोध साधना केन्द्र (बालआश्रम) मा पुगेर त्यहाँ रहेका १३ जना अनाथ बालबालिकाहरुलाई खाना तथा फलफूल वितरण गरको हो । नेविसंघ मेचीनगरका सचिव रुपक पराजुलीको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपपप्रमुख पवित्रा महतारा प्रसाईले न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासँगले आफ्नो व्यक्तिगत प्रतिष्ठमाथि आँच पुर्याएको बताएकी छन् । कार्यक्रमका प्रस्तोता रवि लामिछाने र तिनको समूहले नितान्त भ्रामक र कपोलकल्पित सामग्री उत्पादन गरी प्रसारण गरेको उनको भनाई छ । आज नगरपालिकामा पत्रकार सम्मेलन गरी उपपप्रमुख प्रसाईले मानिसले चासो दिएर हेर्ने […]
शिवसताक्षी । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुम्बासी ३१ परिवारलाई खाद्यान्न वितरण गरेको हो । एक परिवारलाई भने नगद पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । स्थानीय महिला अगुवा शोभा राई पौडेलको संयोजनमा […]
टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा समाचार वा कार्यक्रम प्रस्तुत गरिरहँदा कहिलेकाहीँ निकै अप्ठ्यारा तथा अनौंठा घटनाक्रमहरू आइलाग्छन् ।हालै युक्रेनमा एक महिला पत्रकारले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकलाई भावुक बनाएको छ । समाचार पढिरहँदा उनको अगाडिपट्टि […]
काठमाडौं । मनसुन सुरु भएताका ३८ दिनमा प्राकृतिक विपतबाट देशभर १५३ जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता छन् भने २०७ घाइते भएका छन् । ३० करोड २७ लाख रुपैयाँ बराबरको धनमालमा क्षति भएको छ । यस वर्ष ३० जेठदेखि मनसुन सुरु भएको हो । गृह मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म सबैभन्दा धेरै १११ जनाको पहिरोबाट ज्यान गएको छ । बाढीमा […]
बुद्धशान्ति । बुधबारे जेसीजले आफ्ना नयाँ सदस्यहरुलाई सोमबार तालिम दिएर जेसीज सेवाकार्यको अभिमुखीकरण गरेको छ । कार्यक्रममा वीरता जेसीज वर्ष २००३ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २००४ का राष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवालले जेसीजबारे नयाँ सदस्यहरुलाई प्रशिक्षण गरेका हुन् । अग्रवालको प्रशिक्षणमा पछिल्लो समय बुधबारे जेसीजको नयाँ सदस्यका रुपमा आएका जेसीहरुलाई जेसीजका बारेमा बुझ्न सहज होस् […]
बुद्धशान्ति । नेपाल इङ्लिस ल्वाङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) झापाद्वारा बुधबारेमा संचालन गरिएको ६ दिने अनलाइन तालिम आज शुक्रबार सम्पन्न गरिएको छ । बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाको आयोजनामा सो शाखाका प्रमुख कमलप्रसाद निरौलाको प्रमुख आथित्यमा तालिम सम्पन्न गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै कोभिड–१९ को महामारीमा वैकल्पिक विधि, विषयवस्तुको ज्ञान, प्रविधि एवम् शिक्षक विद्यार्थी मनोविज्ञानका […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. २ मा रहेको कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयलाई सरकारले नमूना विकासका लागि छानौट गरेको छ । देशभरका १०० वटा विद्यालयलाई यस आर्थिक वर्षमा सरकारले नमूना विकासका लागि छनोट गरेको हो । विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड […]